३१ भाद्र २०८१, सोमबार

टालेगाउँकाे प्रभु शिवालय,मान्ने ढुङ्गा,मन्दिर बारे : अशाेक बहादुर सिंह

लेखक : अशाेक बहादुर सिंह

जाजरकोट :करिब तीन शताब्दी अगाडि पुर्खा प्रदिप सिहं साइला र काईला कालु सिहं दुई भाइकाे युगवाट जाजरकोट जिल्लाको कुशे गाउपालिका -२काे प्रभु शिवालय मान्नुे ढुङ्गा देवता मन्दिरकाे उत्पति भएको थियोे ।त्यतिबेला एक अर्का पुर्खा अदली करू सिहं पनि समावेश थिए । उनी संग भएको विध्या मन्तर हनुमान उत्पति गर्ने र जाेगाउने उनी नै हुन । काईला बाजेका छाेरा एक शक्तिशाली ब्यक्ति, हनुमानकाे जन्म भएको थियोे । त्यस पछि कालु सिहंकाे छाेरा एउटा अनाैठा व्यत्तिकाे जन्म पछि तीन महिना पछि कसैकाे दुध नखाएर मृत्युु भयो । त्यस पछि अरू भाईहरू पनि हैजा महामारीमा परि मृत्युु भयो त्यसलाई हेराउदा काेराउदा मृत्युु भई गाडेकाे खडार उधिन्दा खेरी त्यहाँ खडारमा काँसाकाे खपण्ड भेटियो । त्यहाँ वाट हाम्रा सन्तान राम जुगाैँ राम भन्दै आउँदा याे देवता प्रख्यात भएको हाे ।
त्यस पछि खड्का देवता उहाँकै युग वाट उत्पति हनुमान जाेदा खड्का देवता यिनी दुवै बाईस हजार जुम्ला तेह्र हजार अहुल प्रख्यात आयो। यो प्रभु शिवालय मान्ने ढुङ्गा देवताकाे मन्दिर जाजरकोट जिल्लाकाे पुर्व भगवती देखि ,पश्चिम भेरी कंचाली, उत्तर जलजला, दक्षिण छेडाँगाड सम्मा फैलिएको र यसकाे शक्ति हाल सम्मा धेरै प्रख्यात छ । पुर्व धारपानी,पश्चिम तेह्रथुम मालिका, उत्तर पाथिभारा, दक्षिण झारगाउँ सम्मा यहीँ चारकिल्ला भित्र याे प्रभु शिवालय मान्ने ढुङ्गा देवाताकाे मन्दिर अबस्थित छ ।यसमा तेह्रथुम वाट बग्ने खाेला खारा खाँडा खाेलावाट बग्ने पानी याे त्रिवेणी चाेकमा मन्दिर रहेको छ। याे पश्चिम जाजरकोटकाे चर्चित धार्मिक तिर्थस्थल पनि पर्दछ । याे कुशे गाउँ पालिका २ साविक टालेगाउँ गा.वि.स काे अधाैगिक क्षेत्र जमिन अति मिलेको छ। यहाँ पाईने फलफूल खेेती, माछा मासु,नगदे बाली, मास, मसुराे लगाएत थुप्रै बालि नालि नालिहरूकाे लागि उत्तम छ । याे देवताकाे पर्व हरेक बर्षकाे मंक्रर महिनाकाे अन्तिम दिन कान्छी मागे संग्रेतीकाे बेला मेलामा मध्यपश्चिम लगाएत थुप्रै ठाउँहरू वाट दर्शनार्थीहरु यहाँ आउने र हामी मान्ने व्यत्तिहरूले आउने तिर्थ यात्रीहरूलाई स्वागत सत्कार गर्दछौं । यहाँका मुल धामीले देवता काडेर प्रभुकाे खुडा खेलाउदै नाच्छन् अन्य देवताका धामीहरू याे शेराेमा नाच्न पाउदैनन् । अन्य दर्शनार्थीहरुले विभिन्न कला साँस्कृति प्रस्तुत गरि मनाेरन्जन गर्ने गर्दछन् । यति सम्मन प्रख्यात हुदै आउँदा यो प्रभु देवता बाह्रै महिना पुजाआजा पाठ चलि आएका छन् । साथै मान्ने देवताकाे नाम गरेर शरण बहादुर सिहं प्रधान पंचले अहिले संचालनमा रहेको मावि मान्ने दुङ्गा नामकर गरिएको छ । यहि देवताले गर्दा हाम्रा सन्तानमा बाहुलेता छ । याे देवता अहिलेसम्म सत्य साँचो भएकोले मैले इतिहास खाेज अनुसन्धान गर्दा हाम्रा ठुलाे बुवा आदरणीय अनु सिहं जेष्ठ नागरिक प्रभुकाे पुजारी वाट लेख लिने माैका पाएको थिए ।

११,भदाै २०८१