३१ भाद्र २०८१, सोमबार

नेकपा बहुमतले पुर्व उपराष्ट्रपति पासाङ काे घरमा कालाे ब्यानर टाँगेकाे छ

काठमाडौं :पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) को घरमा नेकपा बहुमतले कालो ब्यानर टाँगेको छ।धर्मेन्द्र बास्तोला नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शनिबार पूर्वउपराष्ट्रपति पुनकाे काठमाडाैँ स्थित दहचोकमा रहेको घरमा  कालो ब्यानर लगाएको हाे

पुनले सुविधा सम्पन्न घर बनाएको भन्दै उक्त घर निर्माणको स्रोत के हो? भनेर नेकपा बहुमतले प्रश्न गरेको छ।
२०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न पनि पार्टीले माग गरेको छ, पूर्वउपराष्ट्रपति पुन १० वर्षे जनयुद्धको समयमा माओवादी जनमुक्ति सेनाका कमान्डर थिए। उनैले तालिम दिएका कार्यकर्ताले आफ्ना पूर्वकमान्डरकै घरमा कालो ब्यानर लगाएका हुन्। जनयुद्ध लडेका काेहि सडकमा माग्दै हिड्नु परेकाे छ, भने कसैका यतिठुला महल कसरी बने त्यस कारण याे कालाे ब्यानर चेतावनी स्वरुप टाँगिएको एक नेताले बताए।