३१ भाद्र २०८१, सोमबार

तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच घोषणा

काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच घोषणा गरिएको छ । ठमेल ज्याठामार्ग स्थित राज श्री डान्स एकेडेमीको हलमा घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
एक्टिभ म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेको शभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि  नेपाल सरकारका पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ रहनु भएको थियो भने कार्यक्रम संचालन गायीका रासी रिजालले गर्नु भएको थियो ।
कार्यक्रममा सुप्रिम बोर्डिङ स्कुल सामाखुसीका प्रिन्सिपल ओमकार लम्साल,वरिष्ठ समाजसेवी राजु कार्की,संगीतकर्मी संघका पुर्व अध्यक्ष राजेन्द्र कुमार कार्की ,संगीतकार रमेश परियार ,ध्वनी मिश्रण तथा साउण्ड ईन्जिनियर मनोज परियार ,श्रृजनसिल अपांग पुनस्र्थापना केन्द्र बिशेष विद्यालयकी अध्यक्ष दुर्गा लम्साल , मिडियाकर्मी दुर्गा ओझा न्यौपाने लगायतका व्यक्तित्वहरुको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रलाई प्रायोजकको रुपमा बिरुवा गाउँपालिका स्याङ्जा,बिरुवा गाउँपालिका वडा नं. ६ स्याङजा ,हरिनास गाउँपालिका स्याङजा , गरिमा बिका बैंक लिमिडेड,मुक्तिनाथ बिकास बैक लिमिटेड, भट्ट रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.,डिजिटल काठमाडौं,सुप्रिम बोर्डिङ स्कुल सामाखुसी,मुस्कान ओभरसिज सामाखुसी,सोदिप ट्राभल्स एण्ड टुर्स गोंगबु ,वेलकम ईन्टरनेशनल , सुटमाला बागबजार ले सहयोग गरेको छ भने मिडिया पार्टनरको रुपमा सारखबर डटकम,मिलाप न्युज, रंग दर्पण ,जनआकाश साप्ताहिक तथा नेपाली मिडिया अनलाईन टिभि रहेको छ ।
कार्यक्रमको प्रशासनिक सपोर्टको कार्य सोसलमिडिया एण्ड लिगल सर्भिसले गरेको छ ।
सुप्रिम बोर्डिङ स्कुल सामाखुसीका प्रिन्सिपल ओमकार लम्सालले कलाकारीता क्षेत्रमा लागेकाहरुको उज्वल भविश्यकालागि सक्दो सहयोग गर्ने भन्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मनतब्य राख्दै संगीतकर्मी संघका पुर्व अध्यक्ष राजेन्द्र कुमार कार्कीले यो कार्यक्रमको मुख्य नाराको रुपमा रहेको “अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन,मौलिक गीत संगीत तथा कला संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान” नै हृदय स्पर्सी भएको बताउनु भयो । आईटिले बिश्व बजारलाई आफ्नो कब्जा गर्नै लाग्दा हामिले पनि आफ्नो स्तर उन्नति गरेर हाम्रा श्रृजनालाई विश्व बजारमा प्रतिस्पर्धा गर्न बनाउनु आजको आवश्यकता रहेको उहाँले बताउनु भयो ।
कलाकारहले कलाकारीताको माध्यमबाटै उत्कृष्ट जिवन यापन गर्न सक्ने वातावरण बनाउन सरकारले र राज्य सत्ताले नितीगतरुमै सुधार गर्नुपर्ने तथा अधिकार सम्पन्न बिकासबोर्ड बनाएर गीत संगीतको पनि सेन्सर गरेरमात्र बजारमा ल्याउनु पर्नेमा कार्कीले जोड दिनुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री परशुराम वाईबा तामाङले पछिल्लो समय कलाकारीतालाई प्रोत्साहनहुने खालका रोयल्टी लगायतका केहि सुधारका पक्षमा कार्य भएपनि अझ अपुग भएकोमा आफु चिन्तित भएको बताउनु भयो ।
यो क्षेत्रमा लागेका बरिष्ठ ब्यक्तित्वहरु समेत औषधि उपचार गर्न नसकेर अकालमा ज्यान जोगाउनु परेको भन्दै कमसेकम राज्यले कलाकाहरुको स्वास्थ्य बिमा गरिदिन सके धेरै राहत पुग्ने उहाँले बताउनु भयो ।
कलाकारीता संग सम्बन्धित रहेर खुलेका संघ संस्थाहरुले पनि अक्षय कोष र भलाई कोष मार्फत यो क्षेत्रमा योगदान पुर्याएका ब्यत्तिहरुको संरक्षण गर्नु पर्नेमा तामाङले जोड दिनु भएको थियो ।
एक्टिभ म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक तथा कार्यक्रमका शभापति बिजेन्द्र नौबागेले यो कार्यक्रम कम्पनि या आफ्नो लागि भन्दापनि समग्र गीत संगीत क्षेत्रलाई माथि उठाउन र यो क्षेत्रमा लागेका सर्जक,गायक,गायीका,एरेन्जर,मोडल लगायतलाई प्रोत्साहन गर्न आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रम मार्फत सर्जक सष्टाका प्रतिभाहरुलाई प्रचार प्रसार गराएर आम दर्शक श्रोता सम्म पुर्याउन यो कार्यक्रले निकै महत्वपुर्ण भुमिका निर्वाह गरेको उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा २७ बिधामा रहेका उत्कृट पाँच घोषणा गर्दै प्रमुख अतिथि तथा बिशिष्ठ अतिथिहरुको हातबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
उत्कृष्ट पाँच मा परेका बिधा ,गीत र पात्रहरु यस प्रकार छन् ।
सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत
१) रुपक डोटेल — म त नेपाली
२) मोहन कार्की — आउन साथि
३) दिपक बि.सी. — धर्ति मेरो
४) बिवेक पौडेल — नेपाल
५) नबराज जङ्ग थापा — जाग युवा जाग
सर्वोत्कृष्ट आधुनिक गीत गायक
१) सि.डि. बिजय अधिकारी — जीवनको रेल
२) गोविन्द मधुर आचार्य — म मरेको छैन
३) प्रताप दास — ओ माया
४) टिका बम्जन — हल्का हल्का
५) गंगाधर पराजुली — मैले हेर्ने आँखा
सर्वोत्कृष्ट आधुनिक गीत गायीका
१) जुनु रिजाल — न दोष तिम्रो
२) सदिक्षा कट्टेल — कलेजी खाईहाल्यो
३) एलिजा सिवाकोटी — तिमि बस्यौ मेरो मुटुमा
४) अनु चौधरी — झरी
५) समिक्षा अधिकारी — मलाई मात्र किन
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत गायक
१) चन्द्र परियार — मनकामनालाई फुलैको डोरी
२) अर्जुन दर्लामी मगर — सिंगापुरे लाउरे दाई
३) यज्ञ सापकोटा — पानी पँधेरीमा
४) बिजय सुनाम — छुट्नु परेन
५) प्रशान्त परियार — झझल्को
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत गायीका
१) पुर्णकला बि.सी. — आँशु
२) सुनिता बुढा क्षेत्री — मर्ने सुईलाईदेउ
३) कविता खत्री — देउन त्यो मन
४) सुमित्रा कोईराला — झम्के फुली
५ ) माया पार्दे — पिरैले सुकाउँछ ज्यान

सर्वोत्कृष्ट आधुनिक गीत नव गायक
१) गोपाल सुनाम — हेर्दा हेर्दै अन्माएर
२) शिव सागर खड्का — निष्ठुरी
३) एनिस एन्जल राई — कस्ले सक्छर
४) अनमोल प्रकाश — फिक्का मन
५) ईवेस तिरुवा — तिमि संग
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत नव गायक
१) कृष्ण प्रसाद गौतम — मुग्लिन हुँदै पोखरा
२) धुर्व रेग्मी — चिसो हावाले
३) हाकिम सुनार — सेती दोभान
४) सुरज अगस्ती — चिसो हावाले
५) पुस्कल छिनाल — खोलीको किनार
६) अभिषेक लम्साल — सुपारी कुटुक्कै
सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार
१) सुर्यस् गैरे — मिरा हुँ म तिम्रै
२) शन्तोष श्रेष्ठ — अनायसै अन्जान
३) शिसिर साधक — न दोष तिम्रो
४) दिवान किनार — माया एउटा संग
५) सुप्रिम राज विश्वकर्मा — धोकेबाज रैछौ माया
सर्वोउत्कृष्ट आधुनिक गितकार
१) शंकर अधिकारी (घायल) — सिम्पल सिम्पल कान्छीको
२) डा.रमिल अधिकारी — परिचय
३) गोविन्द भट्ट — सानै उमेर
४) आरती परियार — माया धोकेवाज
५) दुर्गा थापा — सुन्धाराको महल
सर्वोउत्कृष्ट लोक आधुनिक ÷पप÷र्याप गायक
१) लोकमान मोक्तान — हेर्दा हेर्दै
२) मनिष श्रेष्ठ — अनाएसै अन्जान
३) सुरेस राना — भिषा पास
४) चन्द्र शेखर साही – मलाई बिगार्यो
५) केशब तामाङ (लिल ब्रो) — छमी नक्कली
सर्वोउत्कृष्ट मौलीक संस्कृती गीत
१) खेम पुन — मै छोरीलाई गारो
२) मञ्जु विक — लम्जुङ्ग ठाडो भाका
३) दिनेस डाँगी — हर हर महादेव
४) बिन्दु बिहानी — दिलैको पियारी,
५) रञ्जना भुजेल ( आउ बहिनी फर्केर
सर्वोउत्कृष्ट तामाङ सेलो गित
१) मनि तामाङ — च्याङ्वा को माया
२) प्रविन्स मोक्तान (पतमलाल लामा) — हेटौडा बजार
३) सुर्य माम्वा — तमर मेहन्दो
४) मरिचमान तामाङ (एमआरसी) — स्यासु स्याउ दम्मे मह
५) शहभागी लामा — कोईराला काठैको डम्फु
सर्वोउत्कृष्ट लोक तथा दोहोरी शब्द संकलक
१) घनस्याम रिजाल — अलि अलि पातली
२) सामना शाह — आंशु बर्षात
३) अर्जुन सुवेदी — मर्नी सुई लाईदेउ
४) कृष्णा बस्याल — पानी परेको
८ आयन न्यौपाने — सोध्ने छैन किन
सर्वोउत्कृष्ट लोक तथा दोहोरी लय संकलन
१) चन्द्र परियार — मनकामना लाई
२) दिपक भट्ट — छुवाछुत
३) सुमन ढकाल — फुल रसैको
४) सुदिप परियार — आँखै गाजले
५) मिन प्रकाश वली — मुटु खायो
सर्वोउत्कृष्ट आधुनिक गित भिडियो निर्देशक
१) दिपेन्द्र तिमल्सिना — निरमोही
२) राहुल बराईली – छोडेर गरयौनी
३) देवेन्द्र पाण्डे — गाउले ठिटो
४) प्रकाश धिताल — परिचय
५) टेकेन्द्र कार्की — पराई

सर्वोउत्कृष्ट लोक तथा दोहोरी गित भिडियो निर्देशक
१) श्रृजन बराल (ऋषि) — झरी
२) विशाल धिमिरे — मर्नी सुई लाई देउ
३) बिनोद सुन्दास — पागल मान्छे
४) जीवन ज्ञवाली — सिताको माईती
५) राज कुमार मगर — माईजु ल्याउनु डोलिमा
सर्वोउत्कृष्ट संगित संयोजक (एरेन्जर)
१) सुनिल परियार — बनमा खयर
२) पुस्कर खत्री — मेरी मुना
३) कृष्णा के.सी. — किन लजाका
४) मदन के.सी.— म यसरी हेरी दिन्छु
५) अनमोल बस्नेत — डडेल्धुरामा
सर्वोउत्कृष्ट श्रृङ्गार
१) पार्वती सेवा — घर मेरो लम्जुङ
२) निर्मला आचार्य — निरमोही
३) सरिता मगर — ओ आमा जाम भन्यो
४) बिमला तामाङ — भन्दे बतास
५) मिना श्रेष्ठ — मत नेपाली
सर्वोउत्कृष्ट छायाङ्कार
१) बिरेन्द्र भट्ट — धोकेवाज हौ तिमी
२) दुर्गा पौडेल — भिर मौरी
३) केशब अधिकारी — खोई त दाई टोपी
४) ग्यान कुमार कटेल — मत नेपाली
५) नरेस आर्य — छोडेर गयौनी
सर्वोउत्कृष्ट बाल कलाकार
१) मञ्जली तामाङ् — मामा भान्जी
२) आरिया साही ठकुरी — रातो साडी
३) गृष्मा भट्ट — सानैछ उमेर

 

सर्वोउत्कृष्ट आधुनिक गीत भिडियो मोडल (पुरुष)
१) शिबन पोखेल — बनपालेको लौरी
२) दिपेन्द्र सोनाम — मायामा मायामा
३) आर्यन राउत — पिर पर्याछ
४) रमेस रम्तेल नेपाली — उडि उडी
५) दिपेन्द्र राज गिरी — जीवनको रेल
सर्वोउत्कृष्ट आधुनिक गित भिडियो मोडल (महिला)
१) सञ्जिता खतिवडा — माया लाईसक्यो
२) रेखा स्त्री — उसले जती माया
३) सुस्मिता श्रेष्ठ – ढाका टोपी
४) निरुता शाही — रावण
५) सदिक्षा पाण्डे — आंश आंशुको ताल
सर्वोउत्कृष्ट लोक तथा दोहोरी नव गायिका
१) कला गुरुङ्ग — दन्ते लहरा
२) लक्ष्मी वि.सि.— मुग्लिन हुँदै पोखरा
३) कमला घर्ती मगर — डुम्रे बजार
४) साबित्री मगर — गांउमा मेरो घर
५) सुनिता सुनार — घर झगडा छ
६) लक्ष्मी दाहाल — पछेउरीले जाडो छेक्छर
सर्वोउत्कृष्ट लोक तथा दोहोरी गित भिडियो मोडल (पुरुष)
१) लोमस शर्मा — गोरखे खुकुरी
२) बिजय पुन — अरे वा
३) दिपेस एस.के. — माछापोखरी
४) प्रतिक सिङ् – मुग्लिन हुदै पोखरा
५) गोबिन्द बिबस — सिस्ने हिमाल
सर्वोउत्कृष्ट लोक तथा दोहोरी गित भिडियो मोडल (महिला)
१)जुना गुरुङ — उजेली
२) सविना मगर — माछापोखरी
३) कृष्मा सुवेदी (श्रीनुर) — रीमै साईली
४) जुना कार्की — साच्चै होर माया
५) यशु भट्टराई — बन धुपी
सर्वोउत्कृष्ट लोक तथा दोहोरी गित भिडियो नव मोडल (पुरुष)
१) राज गजमेर — राजाको दरबार
२) बिष्णु कुंवर — सम्झी रुदै
३) प्रदिप प्रजा — सुपारी कुटुकै
४) अनिल लम्साल — आँखें गाजलु
५) टंक डुम्रे— आर्थीक मन्दी
सर्वोउत्कृष्ट लोक तथा दोहोरी गित भिडियो, नव मोडल (महिला)
१) तुल्सी गरुुङ्ग — रङ्गीन रात
२) निना बुढाथोकी — झरी
३) रोसनि विश्वकर्मा — समाई रानी
४) हिरा बि.क.— मुटु खायो
५) प्रभा नाथ — घर झगडा छ
बर्ष सर्वोउत्कृष्ट ध्वनी मिश्रण
१) बिनोद परियार – रेलिमै रेलिमै