३१ भाद्र २०८१, सोमबार

एस.एल.सी. ब्याच २०५५ द्वारा बालबालिका हरुलाई सम्मान वितरण तथा सामाजिक अक्षयकोष घोषणा

काठमाडौं । श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसे सिन्धुपाल्चोकका एस.एल.सी.ब्याच २०५५ समुहले यो बर्ष एस.ई.ई. तथा कक्षा १२ पास भएका सो ब्याचका विद्यार्थिहरुको आफ्ना बालबालिकाहरु लाई सम्मान तथा सामाजिक अक्षयकोष घोषणा गरेको छ ।
काठमाडौंको पेप्सिकोला टाउनप्लानिङ स्थित सिलौटो सेकुवा घरमा एक भव्य कार्यक्रमबिच यो बर्ष एस.ई.ई. तथा १२ कक्षा पास गरेका एस.एल.सी.ब्याच २०५५ का विद्यार्थिहरुका नानिबाबु हरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसे सिन्धुपाल्चोकका पुर्व प्रधानाध्यापक उद्धवलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा एस.एल.सी.ब्याच २०५५का अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को शभापतित्वमा भएको कार्यक्रममा त्यसै विद्यालयकी पुुर्व शिक्षिका समा श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित एस.एल.सी.ब्याच २०५५ का पुर्व विद्यार्थिहरुको समुहले एक सामाजिक अक्षयकोष खडा गरि बिभिन्न समाजिक तथा शैक्षिकक्षेत्रमा समेत सहयोगको हात अगाडी बढाउने योजना बनाएका छन् ।
एक सदस्य प्रतिदिन छ रुपैयाँ छैसट्ठि पैसा संकलन गरेर अक्षयकोष खडा गर्ने र सो कोषले सामाजिक कार्यहरु गर्ने निर्णय भएको अध्यक्ष अम्बर बहादुर श्रेष्ठले बताएका छन् ।
एक बर्षमा चार किस्ता गरि पैसा संकलन गर्ने र सो संकलित रकमबाट शारदा मा.वि.मा अध्ययन गर्ने विपन्न परिवार तथा जेहेन्दार बालबालिका मध्य १० जनालाइ विद्यालयको बार्षिकउत्सबको बेलामा छात्रवृति प्रदान गर्ने ।बार्षिक एस.इ.इ. उतिर्णा २०५५ ब्याजी को बालबालिकाहरूलाइ सम्मान कार्यक्रम गर्ने । हिमाली माथिल्लो भेगका बर्षमा १ वटा विद्यालयमा प्रा.वि का विद्यार्थिहरू ५ जनालाइ छात्रवृति प्रदान गर्ने । विद्यालय परिवारमा कुनै सदस्यको परिवारको देहान्त भएमा मृतकका परिवारलाइ नगद तथा समबेदना पत्र प्रदान गर्ने निर्णय गरेको छ ।
एस.एल.सी.ब्याच २०५५ का पुर्व विद्यार्थिहरुको समुहले प्रतेकबर्ष वनभोज, भ्रमण लगायतका बिभिन्न कार्यक्रमहरु मार्फत सो ब्याचका पुर्व विद्यार्थिहरुलाई एक आपसमा पारिवारिक माहोलमा रमाउने वातावरण बनाउँदै आएको छ ।
यस्ता कार्यक्रमहरुले पुराना यादहरुलाई पुनर्जागृत गराएर सामाजिक सेवामा लाग्ने भाव समेत पैदा हुने भएकोले बिभिन्न साथिहरुको पहलमा यो कार्य थालनि गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । हाल सम्म यो समुहमा ५० जना भन्दा जोडिई सकेका र बाँकी साथिहरुलाई पनि खोजि गर्दै जोड्न पहल भईरहेको अध्यक्ष श्रेष्ठले बताए ।