३१ भाद्र २०८१, सोमबार

श्रमिक कम्युनिस्ट पार्टीले रुपन्देही खेलकुदको कार्यलयमा टाँग्याे कालाेब्यानर

बुटवल :  श्रमिक कम्युनिस्ट पार्टी नेपालले जिल्ला खेलकुद बिकास समितिकाे कार्यलय बुटवल,रुपन्देहीमा कालाेब्यानर टाँगेकाे छ । पार्टीले सार्वजनिक सम्पत्ति माथि लुटखसाेट मच्याएकाे भन्दै विज्ञप्ति मार्फत चेतावनी पनि दिएकाे थियो । उक्त पार्टीले थप कार्य नराेकिए पछि आज चरणबद्ध कार्यक्रम अनुसार कालाेब्यानर टाँगिएको बताएको छ ।

यति गर्दा पनि लुटखसाेट थप संघर्ष गर्ने भन्दै ब्यानरमै चेतावनी दिदै लेखेको छ – “पुनश्च : यो हाम्रो अनुरोधलाई बेवास्ता गरिए श्रृखलाबद्ध पुनः कडा संघर्ष गर्न बाध्य हुनेछौं ।” उक्त पार्टीले कालाेब्यानरमा टाँग्नुका ११ बुँदे कारणहरु जस्ताको त्यस्तै
“सार्वजनिक सम्पत्ति माथिको लुटखसोट तुरुन्तै बन्द गर !
१) कालीलेक कन्सट्रक्सन प्रालि मध्यपुर ठिमी १ भक्तपुर ठेकेदार कम्पनीले अवैधानिक रूपमा बिना सुचना सटरवालासंग गरेको सम्झौतापत्र र बैंक भौचर अनुसार खातावालाको नाम ईन्द्र बहादुर पुन र कार्यलय सचिव राजेन्द्र श्रेष्ठको संयुक्त नाममा खाता देखिएकोले ।
२) अवैधानिक कार्य मार्फत कार्यलय सचिव राजेन्द्र श्रेष्ठ उनको नाम ठेकेदार कम्पनीमा आउनुले आर्थिक हिनामिना र चलखेल पुष्टि भएकोले ।
३) खेलकुद जस्तो गरिमामय सार्वजनिक सम्पत्तिलाई सटर निर्माण गरि व्यापारमा परिणत गर्न खोजेकोले ।
२) खेलकुद ऐन, नियमावली र सार्वजनिक खरिद ऐन विपरीत सिलबन्दीको सुचना नै प्रकाशित नगरि ठेक्का सम्झौता गरेकोले ।
४) संस्थालाई विकास र संरक्षण गर्न चाहाने दल वा संस्थाहरुलाई प्रलोभन दिई आफ्ना कर्तुतहरू लुकाउन खोजेकोले ।
५) नागरिकको नैसर्गिक अधिकार संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उप दफा १ बमोजिमको सुचना हकलाई कुण्ठित गरेकोले ।
६) कार्यलयमा पठाएका पत्रहरुको कार्यलय कार्य सम्पादन विपरीत अभिलेख तथा दर्ता कार्यहरू नगरेकोले ।
७) गत बर्षको कार्यसमिति भङ्ग भएको अवस्थामा पनि हामी नै छौं भन्दै उक्त अवैधानिक कार्यसमितिबाट कार्यसम्पादन गरेकोले ।
८) खेल खेल्न आउने खेलाडी, स्वयंसेवी प्रशिक्षकहरूलाई स्थान अभावको कारण खेल्न नपाइरहेकोले । ५) खेल विकास र पूर्वाधारमा जोड दिनुको साटो समितिले अहिले व्यावसायिक सटर भवन निर्माण गरेकोले ।
१०) नेतृत्व बिहीन हुँदा कर्मचारीहरू र केही अमुक राजनीतिक दलका व्यक्तिहरुले लाभ लिन अग्रसर भएकोले ।
११) जग्गा खेलकुदको सम्पत्ति हो त्यसलाई इन्डोर स्पोटर्स खेल्ने प्रयोजनमा प्रयोग गर्नुको साटो व्यवसायीक भवन निर्माण गरेकोले ।
पुनश्च : यो हाम्रो अनुरोधलाई बेवास्ता गरिए श्रृखलाबद्ध पुनः कडा संघर्ष गर्न बाध्य हुनेछौं ।”