११ श्रावण २०८१, शनिबार

कुशे ८ मस्टा प्रा.वि मा भयकाे आर्थिक अनियमितता बारे आरसिपि जाजरकोटकाे ध्यानाकर्षण पत्र

जाजरकोट :जाजरकोट जिल्लाको कुशे गाउपालिका – ८ कफल्लाकाे मस्टा प्राथमिक विद्यालयमा भयकाे आर्थिक अनियमितता बारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटले गम्भीर ध्यानाकर्षण भयकाे जनायकाे छ ।

बिहिवार जिल्ला ईन्चार्ज प्रेम बहादुर चलाउने “अनन्त” र संयाेजक ठगेन्द्र बहादुर सिंह हिमालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा मार्फत बिद्यालयकाे प्रअ द्वारा भयकाे आर्थिक अनियमितता बारे पार्टीको ध्यानाकर्षण भयकाे जनायकाे छ ।

बिद्यालयका शिक्षक,बुद्धिजीवी र अबिभावककाे राेहबरमा २०८० असाेज ५ गते बसेकाे बैंठकले साेहि बिद्यालय का प्रअले रु ५,७८,१८८ रुपैया अनियमितता गरेकाे प्रमाणित गरेकाे थियाे । उक्त बिषयलाई स्थानीय सरकार र शिक्षा इकाईले समेत संरक्षण गरेकाे विज्ञप्तिमा उल्लेख गरियकाे छ । विज्ञप्तिमा भनियकाे छ “आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा गरिएको अनियमितता र भ्रष्टाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भयकाे ब्यहाेरा जानकारी गराउदै उक्त कार्यलाई तत्काल नसच्याइयमा त्यसबाट निस्कने परिणामकाे जिम्मेवारी स्वयंम ब्यक्ति र स्थानीय सरकार रहने ब्यहाेरा समेत उल्लेख गरिन्छ ।” विज्ञप्तिमा भनियकाे छ ।

विज्ञप्ति यस्तो छ :