१९ चैत्र २०८१, मंगलवार

माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिका जाजरकोटकाे अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार देखि शुक्रबार सम्म कुशे गाउँपालिकाकाे वडा नम्बर २ टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो ।

अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा विकास रोकाया,उपाध्यक्षमा प्रेमजंग शाही र गोरख बहादुर नेपाली रहेका छन । त्यस्तै सचिवमा चण्डिका आर.सी, सह सचिवमा धन बहादुर सिंह, कोषाध्यक्षमा गोरख बहादुर सिंह रहेको नेकपा माओवादी केन्द्रका कुशे इन्चार्ज जनकराज गौतमले जनाएका छन् ।

गौतमका अनुसार दुई दिनसम्मा चलेको अधिबेशनले सर्वसहमत पालिका नेतृत्व चयन गरेको हो । पालिका अधिवेशनका लागि अतिथिका रुपमा टेक बहादुर रावल, गणेश प्रसाद सिंह, ढकविर राना, ईमाश्वर देवकाेटा, पार्वती थापा लगायत पार्टीका केन्द्रीय,प्रदेश जिल्ला स्तरका नेताहरुकाे उपस्थिति र ९ वटै वडा बाट एक सय भन्दा बढि प्रतिनिधिहरुकाे सहभागीता रहेकाे नव निर्वाचित अध्यक्ष जैशिले जानकारी दिए।