११ श्रावण २०८१, शनिबार

सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

जाजरकोट : जनयुद्धका सहिद ललित बहादुर सिंह ( मण्डल)काे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भयकाे छ ।तत्कालीन जनयुद्धको क्रममा आजकै दिन २०६२/ साल फाल्गुन १६ गते पाल्पा जिल्लाको तीन गिरे भन्ने ठाउँमा जनमुक्ति सेना र तत्कालीन शाहि नेपाली सेना बिच दाेहाेराे भिडन्त भयकाे थियाे । साेहि भिडन्तमा कम्पनी कमाण्डर ललित बहादुर सिंह ( मण्डल ) काे सहादत भयकाे थियाे ।

प्रत्येक बर्ष फाल्गुन १६ गते सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा हुँदै आयकाेमा आज पनि विभिन्न कार्यक्रम गरि सहिद मण्डलको १८ ओै स्मृति दिवस सम्पन्न भयकाे हाे।

ललित बहादुर सिंह ( मण्डल) २०५५ सालमा तत्कालीन जनयुद्धमा भुमिगत भई ,वाइसीएल सदस्य , हुदै कम्पनी कमान्डर काे जिम्मेवारी मा काम गर्दै आयका एक शाहासिक र निडर कमान्डर थिय । उनकाे  सानै देखिकाे बिद्रोहि स्वभाव र अन्याय कहिलै नसहने न्यायका लागि सधै आवाज बुलन्द गर्ने बालापन देखिका स्वभाव थिय।