११ श्रावण २०८१, शनिबार

कम्युनिस्ट नेता तथा माक्र्सवादी बिचारक कृष्ण दास श्रेष्ठको ५ओैँ स्मृति सभा तथा स्मृतिग्रन्थ लाेकार्पण कार्यक्रम सम्पन्न

ललितपुर : क्रान्तिकारी कम्युनिस्ट नेता तथा राजनीति बिचारक कृष्णदास श्रेष्ठको ५ ओैं स्मृति तथा स्मृतिग्रन्थको लाेकार्पण कार्यक्रम सम्पन्न ।शुक्रबार ललितपुरकाे कुपोन्डोलमा रहेकाे  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ३ नम्बर प्रदेश कार्यलयकाे सभा हलमा भयकाे कार्यक्रममा कृष्णदासका आफन्त र सुभ चिन्तकहरुकाे बाक्लाे सहभागीतामा रहेका थियाे । कार्यक्रममा नेता कृष्ण दासकाे फाेटामा फुलमालाले सबै सहभागी हरुले श्रदासुमन ब्यक्त गरेका थिय , भने कृष्ण दासका स्मृति ग्रन्थ (किताब)को बिमाेचन पनि गरियकाे थियाे । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष माेहन वैद्य किरण प्रवक्ता धर्मेन्द्र बास्ताेला कन्चन , पार्टीका कार्यलय सदस्य राम सिङ श्रिस ,हेमन्त प्रकाश ओली सुदर्शन , सिताराम तामाङ , दिनेश शर्मा सागर नेकपा (माओवादी केन्द्र)का सल्लाहकार समितिका अध्यक्ष ऐनके प्रसाई, बरिष्ठ वामपन्थी बुद्धिजीवी हिरण्यलाल श्रेष्ठ,पुष्पलाल अध्ययन प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराई, लगायत थुप्रै नेता कार्यक्रताहरुकाे सहभागीतामा कार्यक्रम सम्पन्न भयकाे थियाे । कार्यक्रममा कृष्ण दासलाई सम्झिदै  मोहन वैद्य ‘किरण’ भावुक हुँदै भने “कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु भनेको प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लडेर क्रान्तिको तयारी गर्नु हो । र कमरेड कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको एउटा स्कूल नै रहेको चर्चा गर्दै कैयौं मानिसहरु उहाँकै अनुदित र मौलिक कृतिहरु पढेर कम्युनिस्ट आन्दोलनमा लागेको बताउनु भयो ।

उहाँले नेपालको कम्युनिस्ट आन्दोलनभित्रका वैचारिक, राजनीतिक, सांगठनिक, संघर्ष, साहित्यक र सौन्दर्य चिन्तनका क्षेत्रमा रहेका समस्याहरुको गम्भीर रुपमा अध्ययन गरेको र निकै महत्वपूर्ण योगदान पुर्याएको भन्दै कमरेड कृष्णदास श्रेष्ठलाई आफूले एउटा इमान्दार नेता मानेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, “कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नुको अर्थ क्रान्तिको गोरेटेमा लाग्ने संकल्प गर्नु हो । उहाँले देखाएको मुख्य बाटो भनेको नै प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध लड्नु हो र नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्नु हो । उहाँले सँधै प्रतिक्रियावाद र संशोधनवादको विरुद्ध लड्न सिकाउनु भयो ।”

कार्यक्रमको अध्यक्षता गर्नुभएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल “गौरव”ले

नेपाली कम्युनिस्ट आन्दोलनमा कमरेड कृष्णदास श्रेष्ठको दक्षिणपन्थी संशोधनवादविरोधी तथा माक्र्सवादको व्याख्याको क्षेत्रमा निकै महत्वपूर्ण योगदान पुर्‍याउनु  भएको चर्चा गर्दै संशोधनवादका विरुद्ध नलडी क्रान्तिको प्रक्रिया अगाडि बढाउन नसकिने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोलाले कमरेड कृष्णदास श्रेष्ठसँगका सहकार्यका रोचक प्रसंगहरुको समेत चर्चा गर्दै माओवादी शान्तिप्रक्रियामा आएपछि पार्टीभित्र देखापरेको दक्षिणपन्थी संशोधनवाद तथा अवसरवादका विरुद्ध कमरेड कृष्णदास श्रेष्ठ डटेर लड्नुभएको बताउनु भयो । कमरेड कृष्णदास श्रेष्ठले तत्कालीन जनमुक्ति सेनाको क्याम्पमा गएर वैचारिक प्रशिक्षण दिएको र एउटा डिभिजनबाट अरु डिभिजनमा प्रशिक्षण गर्न जाँदा पार्टी नेतृत्वको सोच र दिएको प्रशिक्षणको तालमेल नमिलेको भन्दै रोक लगाएको प्रसंगको समेत खु्लासा गर्नुभएको थियो । उहाँले नयाँ जनवादी क्रान्ति पूरा गरेर वैज्ञानिक समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न काठमाडौं उपत्यकामा हजारौ कृष्णदास श्रेष्ठहरु जन्मनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै पार्टी कार्यालय सदस्य तथा पार्टी स्कुलिङ विभागका संयोजक रामसिंह श्रीसले कमरेड कृष्णदास श्रेष्ठका माक्र्सवादसम्बन्धी अनुदित तथा मौलिक कृतिबाट आफू गहिरोगरी प्रभावित भएको र उहाँको कृतिको सार भनेको नेपालमा संशोधनवादका विरुद्ध संघर्ष र नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्नु भएको कुरामा जोड दिनुभयो । उहाँका कृतिहरु अहिले बजारमा अभाव रहेको भन्दै त्यसको पुनःप्रकाशन र सम्पादन गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

त्यसैगरी पार्टीका कार्यालय सदस्य सीताराम तामाङले कमरेड कृष्णदास श्रेष्ठले कार्लमाक्र्सको अतिरिक्त मूल्यको सिद्धान्तको विषयमा सरल भाषामा निकै महत्वपूर्ण कृति प्रकाशित गर्नुभएको भन्दै नेपालको सिंगो कम्युनिस्ट आन्दोलनमा यो स्तरको र यस्तो खालको कृति कसैको पनि नआएको दावी गर्नुभयो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अर्का कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा सागरले कमरेड कृष्णदास श्रेष्ठको समग्र पक्षको बारेमा चर्चा गर्नुभएको थियो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का सल्लाहकार समितिका अध्यक्ष ऐनके प्रसाईले कमरेड कृष्णदास श्रेष्ठसँगको लामो सहकार्यका अनुभूति साट्दै कमरेड कृष्णदास श्रेष्ठले ‘माक्र्सवाद र संशोधनवाद’ कृतिको माध्यमबाट नेपाली कम्युनिस्ट आन्दोलनमा रहेको संशोधनवाद र अवसरवादका विरुद्ध डटेर संघर्ष गर्ने गरेको बताउनु भयो ।उहाँले नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी धारको नेतृत्व मोहन वैद्य किरणले गर्दै आउनु भएको चर्चा गर्दै मोहन वैद्य किरणकै नेतृत्व र राजनीतिक लाइनमा भए पनि नेपालका कम्युनिस्टहरु क्रान्तिका लागि एकताबद्ध हुनुपर्ने र त्यसका लागि पहल गर्न मोहन वैद्य लगायतका नेताहरुलाई अनुरोध समेत गर्नुभयो ।त्यसैगरी अर्का बरिष्ठ वामपन्थी बुद्धिजीवी हिरण्यलाल श्रेष्ठले कृष्णदास श्रेष्ठ आफ्नो एक अभिभावक र शिक्षक दुवै रहेको भन्दै उहाँले आफूलाई राजनीतिक रुपले अगाडि बढाउन ठूलो भूमिका खेल्नुभएको विषयमा चर्चा गर्नुभयो । उहाँमा मानवतावादी सोच र दृष्टिकोण रहेको भन्दै कमरेड कृष्णदास श्रेष्ठको ‘पत्रकारिता व्यक्तित्व’को आयामलाई पनि स्थापित गरिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी पुष्पलाल अध्ययन प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले कमरेड कृष्णदास श्रेष्ठ सरल, सहयोगी र विचार राजनीतिमा दृढ प्रतिबद्ध व्यक्तित्वको चर्चा गर्दै कमरेड कृष्णदास श्रेष्ठले देखाएको बाटोमा हिड्न अब सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले मोहन वैद्यको नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले विप्लव र मोहनविक्रम सिंहलाई समेत मोहन वैद्यकै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्न आव्हान समेत गर्नुभयो ।

कार्यक्रममा परिवारको तर्फबाट कमरेड कृष्णदास श्रेष्ठका जेठा ज्वाइँ गजेन्द्रबहादुर भुजुले स्मृतिग्रन्थ प्रकाशन गरेर कमरेड कृष्णदास श्रेष्ठको बहुआयामिक व्यक्तित्वलाई स्थापित गरिदिनु भएको भन्दै पार्टीको प्रकाशन समितिलाई धन्यवाद ज्ञापन  गर्नुभयो ।स्मृति तथा स्मृतिग्रन्थ कार्यक्रमको सुरुमा कमरेड कृष्णदास श्रेष्ठको फोटोमा अध्यक्ष किरण लगायत अतिथिहरुले माल्र्यापण गर्नुभएको थियो । कार्यक्रममा कमरेड कृष्णदास श्रेष्ठका छोरा तथा कृष्णदास श्रेष्ठ स्मृति प्रतिष्ठानका कोषाध्यक्ष संजीवदास श्रेष्ठले पार्टी कार्यालयलाई साउण्ड बक्स हस्तान्तरण गर्नुभएकाे थियो । कार्यक्रम काे संचालन प्रा.डा. जगदीश चन्द्र भण्डारीले गर्नु भयकाे थियाे ।