२१ पुष २०८२, सोमबार

Author: तुफान न्यूज

मार्क्सको सम्झनामा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले निकाल्यो विज्ञप्ति

मार्क्सको सम्झनामा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले निकाल्यो विज्ञप्ति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : चैत्र १ गते अर्थात् मार्च १४ तारिक मार्क्सवादी दर्शनका आविष्कारक कार्ल मार्क्सको निधन भएको दिन हो । त्यसैले आजको दिनलाई संसारका किसान र मजदूरहरुले स्मरण गर्दै आएका छन् । यसै अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कार्ल माक्र्सलाई स्मरण गरेको छ । सो संगठनका तर्फबाट अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै कार्ल मार्क्सको निधन भएको १४१औं जन्मदिनको अवसरमा स्मरण गर्दै मार्क्सको योगदानलाई स्मरण गरेका छन् । यस्तो अध्यक्ष केसीद्धारा जारी गरिएको विज्ञप्ति : १४ मार्च १८८३ । आज मार्च १४ हो । आजकै दिन अर्थात् सन १८८३ मार्च १४ दिन वैज्ञानिक साम्यवादका सिद्धान्तकार, सर्वहारा वर्गको मुक्तिको सिद्धान्त  मार्क्सवादका प्रतिपादक, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका अन्वेषक कार्ल  मार्क्सको देहावसान भएको थियो । आज  मार्क्सको देहावसान भएको १४१ वर्ष पुरा भएको छ । उह...
आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, शिक्षा
बिषय प्रवेश :अहिले जाजरकोट सदरमुकाम खलंगाको बजारमा अतिक्रमित जग्गामा बनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको फैसला र गृहमन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालयले फागुन २० गते केहि स्थानीयको नाम र केहि कित्ता नम्वरहरुमा रहेका जग्गाहरुको क्षेत्र तोकेर ती क्षेत्रमा वनेका घरटहराहरु भत्काउन सार्वजनिक सुचना जारी गरेपछि यहाँ विभिन्न थरिका हल्लाहरु फैलिएका छन् ।स्थानीय प्रशासनको सुचना, अख्तियारको फैसला,गृहमन्त्रालयको पत्र र विभिन्न समयमा वसेका जिल्ला स्तरका सर्वदलीय तथा सर्वपक्षीय वैठकहरुले पनि विकल्प नदिएर गरेका निणर्यहरुका आधारमा स्थानीय प्रशासन अघि वढेको छ । जाजरकोट सदरमुकाम खलंगाको वजार क्षेत्रमा अहिले भर्खरै भन्दा पनि तीस चालिस वर्...
राष्ट्रिय सभा अध्यक्ष मा दाहाल विजयी

राष्ट्रिय सभा अध्यक्ष मा दाहाल विजयी

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं ;राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।  
राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदान हुँदै

राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदान हुँदै

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज मतदात हुँदैछ । साेमबार सत्ता गठबन्धनको तर्फ बाट नेकपा माओवादी केन्द्र का नेता नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका थिय। बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।   ...
ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं : ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमितिको आयोजनामा भएको ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला भब्यताको साथ सम्पन्न भएको छ ।भेलाले देशैभर बाट प्रतिनिधित्व हुने एक कार्यसमिति समेत चयन गरेको छ । भेलाले ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालकी महिला उपाध्यक्ष बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा बिष्णुमाया उचही (काठमाडौं),उपाध्यक्षमा देवी कार्की (रुपन्देही),सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं,कोषध्यक्षमा सरिता प्रधान(मकवानपुर) तथा सदस्य हरुमा सम्झना सिलवाल (चितवन),सृजना भट्टराई(सुनसरी),प्रभा घिमिरे (पश्चिम नवलपरासी),तारा बुढाथोकी (पोखरा),गिता खम्चा (नवलपुर) सर्व सहमत निर्वाचित भयका छन्। प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेप...
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माकाे उम्मेदवार दर्ता

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माकाे उम्मेदवार दर्ता

Breaking News
काठमाडौं ;राष्ट्रिय सभा अध्यक्ष पद लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। भोलि मंगलबार राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क भयकाे बताउछन।    ...
तिमी आइरहनु है :- सत्या पहाडी

तिमी आइरहनु है :- सत्या पहाडी

कविता, विचार, शिक्षा
कविता : आमा प्रति समर्पित । आज पनि देखिरहेकी छु दुर क्षितिजमा फैलिएको घना बादलकालाई च्यातेर टिलपिलाइरहेछ एउटा तारा स्मृतीको चिमनीबाट मनभरी चियाउँदै कल्पना गर्छु तिम्रो अनुहार जस्तै चम्किलो छ हरेक अन्धकारलाई चिर्न सक्ने निरासताको पर्दा छेडेर हरेक मन मस्तिष्कमा आशाको प्रकाश भई छुन सक्ने ओइलाएका पुष्पहरुमा वहार छर्न सक्ने आँचलमा अगालेर बात्सल्यता भर्न सक्ने उज्यालोको अद्भुत अनुभुती मन भरी हुन सक्ने अजर अनि अमर तिमी त्यही तारा हौं हर मनहरुमा हर जंघारहरुमा जोस बनेर जगाइरहने स्मृतीको अमिट विम्व हौ तिम्रो प्रतिविम्व त के वन्न सकुला र तिम्रो अभावमा आउने ऐठनहरुलाई नियन्त्रण गर्दै तिम्रो यादको आगनमा सजाइरहेकी छु तिम्रो तस्वीर कहिले कहि जिन्दगीका भिर र पिर पखालेर दृढताको मन धोइरहेकी हुन्छु तिमीलाई गुमाएको पल मेरो खुशी खोसिएको क्षण भाव विहलताको औसी च्यातेर सम्झाना...
महिला दिवसको दिन क्रान्तिकारी महिला संगठनकाे ६ नम्बर प्रदेशको भेला सम्पन्न

महिला दिवसको दिन क्रान्तिकारी महिला संगठनकाे ६ नम्बर प्रदेशको भेला सम्पन्न

Breaking News, राजनीति, शिक्षा, समाचार
सुर्खेत :माेहन वैद्य ‘किरण’ नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर प्रदेश ६ को एकता भेला सम्पन्न गरेको छ ।शुक्रबार सम्पन्न भेलाले लक्ष्मी चौलागाईंको संयोजकत्वमा १९ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश संयोजक हिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले संयोजकमा लक्ष्मी चौलागाई, सहसंयोजकमा कोहिला बिस्ट र सदस्यहरूमा जानकी चन्द, सुमित्रा बस्याल, मिना बिक, हनिफा बेगम, गङ्गा न्यौपाने, बिमला सुनार, शुस्मा लामिछाने, ममता नेपाली, निर्मला धमला, झरना सेर्पाली, लिला ज्ञावाली, रैमाया गुरुङ, ममता गौतम, चन्द्रा रोकाय मगरलगायतलाई निर्वाचित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि हिमाल, अतिथिहरू विनोद लामा लगायतले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा...
विप्लवले जुम्ला पुगेर स्याउ खेतिकाे उद्घाटन गरे,१० हजार विरुवा राेप्ने

विप्लवले जुम्ला पुगेर स्याउ खेतिकाे उद्घाटन गरे,१० हजार विरुवा राेप्ने

Breaking News, अर्थवाणिज्य, कृषि, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जुम्ला : नेपाल  कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्ला पुगेर स्याउ रोपणको उद्घाटन गरेका छन ।शुक्रबार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पुगेर  विप्लवले पार्टी र देशलाई आत्मनिर्भर बनाउने योजनाका साथ  स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गरेका हुन। विप्लवले चन्दननाथ नगरपालिका वडा नम्वर २ भण्डारीबाडामा ‘राजेश फलफुल नर्सरी एण्ड स्याउ प्रशोधन उद्योग’ संचालन गरेका दम्पती हरी वहादुर कामी र मंगला विकको हातबाट १५४ वटा सहयोग स्वरुप उपलब्ध गरेका स्याउका विरुवा ग्रहण गर्दै र रोप्दै स्याउ रोपण अभियानको उद्घाटन गरे । बिहिवार विप्लवकाे नेतृत्वमा उत्तर कर्णाली व्यूरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालिकोट बाजुरासहितका नेकपा नेता कार्यकर्ताको टोली जुम्ला पुगेको थियाे। नेकपाका नेता भरत बमका अनुसार "२२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । पहि...
अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको इतिहास

अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनको इतिहास

Breaking News
-विश्वको जनसंख्याको आधा हिस्सा महिलाले ओगटेका छन् । मानव समाजको विकासको इतिहासमा के पाइन्छ भने आदिम साम्यवादको अन्त्यतिर त्यस समाजमा मातृ सत्ता सञ्चालनमा थियो । जसलाई मातृसतात्मक समाज भनिन्छ । त्यतिबेला समाजका मालिक महिलाहरु थिए । जब मानव समाज वर्गको उत्पत्ति भयो , त्यसै बखत मातृसत्तालाई अपदस्त गरेर पृतिसतात्मक समाजको स्थापना भयो । पुरुषहरु सम्पत्तिका मालिक बन्न पुगे । त्यो दास युगिन राज्यसत्ताको उदय भयो जसलाई दासस्वामी समाज वा राज्य व्यवस्था भनिन्छ । त्यसपछि पुरुषले महिलाहरुलाई दासदासीको रुपमा प्रयोग गर्न थाल्यो र पुरुषले महिलालाई यौन भोकको साधन र सन्तान जन्माउने मेसिनको रुपमा प्रयोग गर्न थाल्यो । त्यसपछि ( दास युगदेखि आजसम्म ) महिलाहरु सम्पत्तिविहिन बन्न पुगे । पैत्रिक सम्पत्तिको हकदार छोरा बन्ने प्रथा शुरु गरेपछि छोरीहरू सम्पत्तिविहिन बन्न पुगे । यो अवस्था आजसम्म पनि कायमै छ । महिलाल...