तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच घोषणा
काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच घोषणा गरिएको छ । ठमेल ज्याठामार्ग स्थित राज श्री डान्स एकेडेमीको हलमा घोषणा कार्यक्रम सम्पन्न भएको हो ।
एक्टिभ म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेको शभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ रहनु भएको थियो भने कार्यक्रम संचालन गायीका रासी रिजालले गर्नु भएको थियो ।
कार्यक्रममा सुप्रिम बोर्डिङ स्कुल सामाखुसीका प्रिन्सिपल ओमकार लम्साल,वरिष्ठ समाजसेवी राजु कार्की,संगीतकर्मी संघका पुर्व अध्यक्ष राजेन्द्र कुमार कार्की ,संगीतकार रमेश परियार ,ध्वनी मिश्रण तथा साउण्ड ईन्जिनियर मनोज परियार ,श्रृजनसिल अपांग पुनस्र्थापना केन्द्र बिशेष विद्यालयकी अध्यक्ष दुर्गा लम्साल , मिडियाकर्मी दुर्गा ओझा न्यौपाने लगायतका व्यक्तित्वहरुको बिशेष ...









