ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल हातमा हात र काँधमा काँध मिलाएर हर ब्यवसायीहरुको दुख सुखको साथि बनिरहेको छ — ठुलोबाबु श्रेष्ठ
काठमाडौं । पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसन कास्कीको २४ औं साधारणसभा तथा रजत जयन्तीको अवसरमा कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले आम ग्रील तथा स्टील फेब्रिकेटर्स हरुको हक हित र उत्थानको लागि यति लामो समय सम्म अभिभावकत्व निर्वाह गर्दे आएको यस संस्थाको २४ औं साधारणसभा सम्म आईपुग्दा यो संस्थाले धेरै आरोह अवरोहहरु पार गर्नु परेको र त्यसमा ग्रील तथा स्टील ब्यवसायीहरुको एकमात्र छाता संगठन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल हातमा हात र काँधमा काँध मिलाएर हर दुख सुखको साथि बनिरहेको बताउनु भयो ।
कारिब ११ हजार ब्यवसायीहरुलाई एउटै छातामुनि गोलबन्ध गर्दै १ लाख पचासहजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्न सफल हाम्रो महासंघ अन्तर्गतका प्रदेश, जिल्ला, क्षेत्र र इकाईहरुको भृुमिका पनि कम महत्वको छैन भन्नेकुरा महासंघले मुल्यांकन गरिरहेको पनि श्रेष्ठले बताउनु भएको छ...









