३१ भाद्र २०८१, सोमबार

श्रमिक कम्युनिस्ट पार्टी नेपाललाई मधेस प्रदेशमा स्वागत

बारा, सिमरा : श्रमिक कम्युनिस्ट पार्टी नेपाल लाई मधेस प्रदेश , बारा जिल्ला अन्तर्गत सिमराका युवाहरुले स्वागत गरेका छन ।


बिहिवार बाराकाे सिमरा पुगेका श्रमिक कम्युनिस्ट पार्टीका संयाेजक पुर्ण बहादुर सिंह “समरजंग”पार्टी केन्द्रीय महाधिवेशन आयाेजक कमिटि सदस्य रमन,बद्री, लगायत केन्द्रीय नेताहरूलाई सिमराका युवाहरुले स्वागत गरेका हुन ।

“जन्तामा जाओै! जन्ताबाट सिकाै!! भन्ने मुल नारा सहित श्रमिक कम्युनिस्ट पार्टी नेपालका संयोजक पुर्ण बहादुर सिंह “समरजंग” सहित केन्द्रीय नेताहरु  तीन महिने अभियानका साथ जनभेटघाटमा ब्यस्त छन्।
केही दिन पश्चिम पुगेका पार्टीका संयोजक लगायतका केन्द्रीय नेताहरु अहिले पुर्वि जनभेटघाटमा दाैडेका छन।
“अहिले सम्म जन्तामा राजनीति भयाे अब जन निकास हुने गरि पार्टी लागेकाे” संयोजक सिंहकाे दाबि छ।नेपालमा विभिन्न कालखण्डमा आन्दोलन भय तर अन्तिममा सम्झौतामा गएर हरेक आन्दोलन टुङ्गिने भय। अबकाे श्रमिक कम्युनिस्ट पार्टी नै जन्ताकाे सेवक बन्ने संयोजक सिंहकाे भनाई छ।