३१ भाद्र २०८१, सोमबार

जनताले हरेक लडाइँ जित्दै आयका छन,नेतृत्वले धाेका दिदै आयका छन : समरजंग

बारा :श्रमिक कम्युनिस्ट पार्टी नेपाल का संयोजक पुर्ण बहादुर सिंह समरजंगले जन्ताले कुनै पनि लडाइँ नहारेकाे बतायका छन ।

जन्तामा जाओैं जन्ताकाे सेवा गराै भन्ने नारा सहित पश्चिम अभियान पछि पुर्वि अभियानकाे क्रममा बारा जिल्लाकाे भेला तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै संयोजक सिंहले उक्त कुरा बतायका हुन ।

शुक्रबार बारा जिल्लाकाे सुवर्ण गाउपालिका – ६ मझेरिया गाउमा  जिल्लाको भेला तथा प्रशिक्षण कार्यक्रम भयकाे थियाे । कार्यक्रममा बारा जिल्ला अन्तर्गत विभिन्न गाउँ तथा नगरपालिकाबाट हजारौंको संख्यामा पार्टीका कार्यक्रता तथा जन्ताहरुकाे सहभागीता रहेकाे थियाे । उक्त कार्यक्रमकाे संचालन पार्टीका केन्द्रीय महाधिवेशन आयाेजक कमिटी सदस्य तथा पुर्वि कमान्ड संयाेजक रमण घिमिरेले गरेका थिय भने स्वागत मन्तब्य पार्टीका केन्द्रीय सदस्य जगतले गरेका थिए।

कार्यक्रमका फाेटाहरु :