जाजरकोट ।
निर्माण व्यवसायी संघ जाजरकोटको अध्यक्षमा रण बहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बुद्धिबहादुर खत्रीले ३७ मत प्राप्त गरेका थिय ।
१६ फाल्गुन जाजरकोट । जाजरकोटमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
मंगलबार देखि भेरी नगरपालिकाको वडा नं. १३ कुदुमा रहेको भगवति माद्यामिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ३ नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तहको सहभागिता रहेको छ ।
उद्घाटनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले सर्वांगीण विकासको आधार स्तभ खेलकुद क्षेत्र भएको बताए । राष्ट्रको शान गौरवलाई सदैव उच्च राख्ने खेलकुदको आर्दशलाई सबैले आत्मसात गर्ने बेला आएको बताए ।
३० स्वर्ण पदका लागि हुने खेलमा भलिवल, कबड्डी, तेक्वान्दो एथलेटिक्स, कराँते खेलको प्रतियोगिता हुने खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।
जिल्ला समन्वय प्रमुख, उपप्रमुख, जाजरकोटका सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष,प...
जाजरकोट । एन .आई. सि.लघुबित्त जाजरकोट शाखाका कर्मचारी लाई नेकपा का कार्यक्रताहरुले कालाेमाेसाे दलि कार्वाही गरेका छन ।
भेरि नगरपालिका वडा न ११ का स्थानीय बासिहरुले उक्त बित्तीय संस्थाले चर्काे ब्याजदर असुलेको , पटकपटक घरमा ताला लगाउने धम्की दियकाे ,घर छाेड्ने अवस्था मा पुर्यायकाेले स्थानीयकाे रिपोर्टकाे आधारमा कालाेमाेसाे दलि कार्वाही गरियकाे नेकपा बिप्लव जाजरकोट का सेक्रेटरी बिराजन सि ले बताए ।अझै जन्तालाई चर्काे ब्याजमा डुवाई स्थानीय लाई मारमा पार्ने यस्ता ठक बित्तीय संस्थाहरुलाई थप कार्वाही गर्ने सेक्रेटरी सि ले बिज्ञप्ति मार्फत ऐक्यबद्धता पत्र सार्वजनिक गरेका छन ।
...
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अमर जंग शाहको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
सम्पन्न प्रथम एकता जिल्ला अधिवेशनले उपाध्यक्षमा प्रेम प्रसाद न्यौपाने र मोहन खड्कालाई निर्वाचित गरेको छ भने, सचिवमा योज्ञेश्वर बस्नेतलाई निर्वाचित गरेको छ । सह–सचिवमा पदम रोकाय, कोषाध्यक्षमा भवानी मल्ल निर्वाचित भएकी छन् । त्यसैगरी सदस्यहरुमा काली बहादुर परियार, झरणा शाही, तप्त बहादुर चन्द, नरेन्द्र ध्यार, नेप्लिजा पुन, भिम बहादुर शाही, सन्दीप बुढा मगर, चन्द्र बहादुर पुन र प्रकाश नेपाली निर्वाचित भएका छन् ।
“जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिवद्रता, सम्पुर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको ऐक्यवद्रता” भन्ने मुल नाराका साथ आयोजना गरिएको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जि...
जाजरकोट ।
नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको केन्द्रिय समितिको निर्णय अनुसार आज प्रधानमन्त्री कार्यालय तथा देशका सबै जिल्ला प्रसासन कार्यालयहरुमा, ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अनुरुप आज जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र, युवा संगठन नेपाल जाजरकोटले बुझाएको छ। जिल्ला प्रशासन कार्यलय जाजरकोट मा गई युवा संगठन का प्रतिनिधि हरुले उक्त पत्र बुझायका हुन ।
ध्यानाकर्षण पत्रमा बिशेष गरि
१- वैदेशिक रोजगार ब्यवसायिहरुले निम्त्याएका समस्याहरु
२- बित्तीय संघ संस्थाहरुले निम्त्याएका समस्याहरु
३- मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरु
लगायत बिषयबस्तुहरु रहेका छन ।
ध्यानाकर्षण पत्र :
...
जाजरकोट ।
नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जनतालाई डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने लघुवित्त र मिटर ब्याजीहरुलाई प्रतिबन्ध लगाएको घोषण गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका जिल्ला इन्चार्ज पौरख सी र जिल्ला सेक्रेटरी बिराजन सीले आज लघुवित्तलाई जाजरकोट जिल्लामा प्रतिबन्ध गरिएको विज्ञप्ति जारी गरि यस्तो गरेका हुन्।
बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध समेत गरेका छन।
आफुहरुकाे शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन।
साथै विज्ञप्तिमा भनिएको छ,‘बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध गर्दछ।अन्यथा जनताको वित्तीय न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुनेछौं ।’...
जाजरकोट ।
जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ ।
मंगलबार गाउपालिकाकाे सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिहंले जन्तेलेकको टावर सञ्चालनमा आएपछि बारेकोट र नलगाडका जनतामा संचारको पहुँच पुगेकोमा खुसी ब्यक्त गर्दै नेपाल टेलिकमलाई धन्यवाद दिनुका साथै अन्य क्षेत्रमा पनि टावर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्लाका ७ वटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याइएको र यसबाट बारेकोट गाँउपालिका र नलगाड नगरपालिकाका अधिकांश भेगका सेवाग्राही लाभ...
जाजरकोट ।
नेकपा एमाले पार्टीले संचालन गरेको दुई महिने ‘मिसन ग्रास रुट’ अभियानको उद्घाटन गर्न जाजरकोट पुगेका नेकपा एमालेका सचिव याेगेश भट्टराईले पत्रकार भेटघाट कार्यक्रममा सरकार गठनको बेलामा गरिएका सहमतिहरु कार्यान्वयन गर्न नेकपा (माओवादी केन्द्र) ईमान्दार हुनुपर्ने बतायका हुन । गत पुस १० गते सरकार गठन गर्ने वेलामा नेकपा एमाले, (माओवादी केन्द्र) लगाएतका सात राजनीतिक पार्टी बीच उच्च स्तरीय लिखत सहमति भएको बताउदै पूर्वमन्त्री भट्टराईले सत्ता गठबन्धन दल भित्रका पार्टीलाई उच्च स्तरीय लिखत सहमति भन्दा बाहिर पठाउन विदेशी चलखेल भईरहेको आरोप लगाए ।
नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल उम्मेदवार बनेमा नेकपा एमाले पार्टीलाई स्वीकार्य हुने पार्टी सचिव योगेश भट्टराईले बताएका छन् । प्रेस चौतारी नेपाल, जाजरकोटले बुधबार आयोजना गरेको पत्रकार भेटघाट...
जाजरकोट ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) बारेकाेट गाउँ कमिटी जाजरकोटकाे प्रथम भेला सम्पन्न भयकाे छ ।
विभिन्न गाउबाट पंञ्चे बाजा सहित सयाैकाे सहभागितामा गाँउपालिकाकाे लिम्सामा आम सभा सहित कार्यक्रम संचालन भयकाे थियाे । कार्यक्रमकाे अध्यक्षता पालिका संयाेजक बिश्व ले गरेका थिय , भने संचालक प्रेम केसिले गरेका थिए, साे कार्यक्रममा अतिथि पार्टीका जिल्ला संयाेजक हिमाल , नलगाड ईन्चार्ज दिनेश, ,युवा जन स्वयम,सेवकका जिल्ला अध्यक्ष पदम र अखिल (क्रान्तिकारी )जिल्ला अध्यक्ष विशाल सिंह काे उपस्थितिमा रहेकाे थियाे।
भेलाले पाँच जना सचिवालय सदस्य सहित ११सदस्यको टिम निर्माण गरेकाे छ ।बर्तमान दलाल सरकार र दलाल सरकारले निम्त्याएको संकटलाई चिरफार गर्दै पार्टी भित्रकाे संसदिय संशोधनवाद ,जुझारु अर्थवाद र आत्म सुरक्षा वादबाट पार्टीलाई बचाउदै जनताकाे बिच गएर बैज्ञा...
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोट आयाेजक कमिटीको बैठक पार्टीका जिल्ला अध्यक्ष खिम बहादुर शाहि ,उपाध्यक्ष गाेपाल बटाला उप सचिव गाेपाल नेपाली र कार्यलय सचिव कर्ण बहादुर शाहिकाे काे विशेष उपस्थितिमा खलंगा स्थित पार्टी कार्यलयमा आज सम्पन्न भयकाे हाे ।
बर्तमान अवस्थामा नेपाली युवा/ युवतिहरुमा रहेका बेरोजगारका कारणले कुलत र डिप्रेसनका समस्या छन । यसकाे खाडल मेट्नका लागि सबै युवाहरुले जिल्लामा महा अभियान थालेर सामाजिक कार्यमा जाेडिनु पर्ने र संसार युवाहरूको हातमा निर्भर रहने हुनाले सबै ले आफ्नो कर्तव्य बाेधका साथ फिल्डमा खट्नुपर्ने पार्टी अध्यक्ष शाहिले प्रशिक्षित गर्नु भयकाे जनाईएकाे छ ।
आगामी फाल्गुन १३ देखि २६ गते सम्म सबै पालिकाहरुमा भेला गर्ने र चैत ४,५ र ६ गते जिल्ला अधिवेशन गर्ने गरि बैठक सम्पन गरियकाे जिल्ला आयाेजक समिति का सदस...