११ श्रावण २०८१, शनिबार

एनआईसी लघुबित्तका कर्मचारी लाई कालाेमाेसाेदलि कार्वाही

जाजरकोट । एन .आई. सि.लघुबित्त जाजरकोट शाखाका कर्मचारी लाई नेकपा का कार्यक्रताहरुले  कालाेमाेसाे दलि कार्वाही गरेका छन ।

भेरि नगरपालिका वडा न ११ का स्थानीय बासिहरुले उक्त बित्तीय संस्थाले चर्काे ब्याजदर असुलेको , पटकपटक घरमा ताला लगाउने धम्की दियकाे ,घर छाेड्ने अवस्था मा पुर्यायकाेले स्थानीयकाे रिपोर्टकाे आधारमा  कालाेमाेसाे दलि कार्वाही गरियकाे नेकपा बिप्लव जाजरकोट का सेक्रेटरी बिराजन सि ले बताए ।अझै जन्तालाई चर्काे ब्याजमा डुवाई स्थानीय लाई मारमा पार्ने यस्ता ठक बित्तीय संस्थाहरुलाई थप  कार्वाही गर्ने सेक्रेटरी सि ले बिज्ञप्ति मार्फत ऐक्यबद्धता पत्र  सार्वजनिक गरेका छन ।