२ फाल्गुन जाजरकोट । भेरि नगरपालिका वडा न.२ डिंगा गाउ जाजरकोट निवासी पुर्व जनमुक्ति सेनाका कमान्डर ३९ बर्षिय नरबहादुर थापा ( जलन) को घर नजिकैको भिरमा लडेर मृत्यु भयकाे हाे भएको हो ।
उनी बिगत दस बर्षिय जनयुद्धका बेला जनमुक्ति सेनाका कमान्डर थिय ।
१ फाल्गुन जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी ( बहुमत) जाजरकोटको प्रशिक्षण कार्यक्रम नलगाड नगरपालिका ५ मा सम्पन्न भएको छ ।
जिल्ला संयोजक हिमालको अध्यक्षता र पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज संगम को प्रमुख अथितिमा केन्द्रीय सदस्य तथा डोल्पा जाजरकोट जिल्ला ईन्चार्ज धमिल, सल्लाहकार समिति सदस्य हर्क र हरिशको आथित्यतामा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो ।
२८ ओैं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध र विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने शहिदहरु प्रति श्रद्धाञ्जली तथा उच्च सम्मान ब्यक्त गर्दै प्रशिक्षण कार्यक्रम सुचारू भएको हो । जिल्ला स्तरको उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला ईन्चार्ज धमिलले वर्तमान परिवेशमा दलाल सत्ताले जनतालाई दुःख र संकटमा पार्दै जाँदा जनताको मेरुदण्ड र सर्वहारा वर्गको अग्रदस्ताको रुपमा पार्टीलाई लिनको निमित्त जनतासंग नियमित जोडिन र जनसम्बन्ध रा...
जाजरकोट ।ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा न.५ को दम्दाला गाउँ नजिकै ट्याक्टरले किच्दा साेहि दम्दाला गाउका एक जना पुरुषको ज्यान गएको हाे ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष रोकाका अनुसार पाँचकाटिया देखि दम्दाला जाँदै गरेको ट्याक्टर सडकमा रोकेर चालक तल ओर्लिएको वेला ट्याक्टरमा सवार व्यक्तिले गियर चलाएपछि दुर्घटना भएको हो ।
ओरालोमा रोकेको ट्याक्टरको गियर चलाउँदा गुडन थालेपछि हाम फाल्न खोज्दा पछाडिको टायरमा च्यापिएर ती पुरुषको मृत्यु भएको बताईएको छ । प्रहरी घटनास्थल तर्फ गईरहेको डिएसपी रोकाले बताए ।...
जाजरकोट नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउका मान बहादुर रोकायाको शुक्रबार राति घर नजिकै रहेको भिरबाट खसेर मृत्यु भएको हाे । घटनाकाे कसरी घटेको हाे भन्ने थप अनुसन्धान भईरहेकाे बताएको छ ।
नेपालका कम्युनिष्ट पार्टीहरु समाजवादको गीत गाउँछन् । वास्तवमा मेरो बुझाइमा यो हो । समाजवाद एक वामपंन्थी देखि टाढा–वामपन्थी हो । आर्थिक दर्शन र आन्दोलनले आर्थिक प्रणालीहरूको दायरालाई समेट्छ जसमा उत्पादनका साधनहरू सामाजिक स्वामित्वको प्रभुत्व हुन्छ । विपरित निजी स्वामित्व एक शब्दको रूपमा, यसले आर्थिक,राजनीतिक र सामाजिक सिद्धान्तहरू र त्यस्ता प्रणालीहरूको कार्यान्वयनसँग सम्बन्धित आन्दोलनहरूलाई वर्णन गर्दछ । सामाजिक स्वामित्व राज्य÷सार्वजनिक, समुदाय, सामूहिक, सहकारी, वा कर्मचारी हुन सक्छ । कुनै एकल परिभाषाले धेरै प्रकारका समाजवादलाई समेट्दैन् ।
सामाजिक स्वामित्व एक साझा तत्व हो । समाजवादका विभिन्न प्रकारहरू बजारको भूमिका र स्रोत बाँडफाँडमा योजना, संगठनहरूमा व्यवस्थापनको संरचनामा र तल वा माथिको दृष्टिकोणमा आधारित हुन्छन्, केही समाजवादीहरूले पार्टी, राज्यको पक्षमा छन् । सरकार, विशेष गरी विद्य...
२३ माघ जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ ।
खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा आईतवार सुरु भएको हो ।
२६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु भएको थियो ।
उद्धघाटन समारोहमा बोल्दै मन्त्री मल्लले बालबालिकामा रहेको प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने भएको हुँदा यस्ता खाले प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो ।
प्रतियोगितामा विभिन्न खेलहरु भलिबल, दौड, तेक्वाण्डो, कराँते, कबर्डी, हाइजम्प, लङ्म लगायका खेलहरु हुने आयोजकले जनाएको छ, भने प्रतियोगितामा नगरपालिका भित्रका दश बिद्यालयहरुले सहभागिता जनाएका छन् ।
...
जाजरकोट
कुशे गाउँ पालिका जाजरकोटमा प्रथम राष्ट्रपति रनिङ सिल्ड एंवम दाेश्राे अध्यक्ष कप हुने भयकाे छ ।
माघ २६ देखि २८ गते सम्म गाउपालिकाकाे वडा न ६ स्थित दुर्गा देबि माद्यामिक बिद्यालय भार्मामा हुने उक्त कार्यक्रममा विभिन्न खेलकुद हरु संचालन हुने छन ।कार्यक्रम उद्धघाटनका लागि गाउपालिका ले सबैमा निम्तो गरेकाे छ ।
...
१९ माघ जाजरकोट ।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गरेको छ । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा (बहुमत) ले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोट का ईन्चार्ज धमिलले राज्यले आफ्ना जायज मागलाई सजिलै नसुने देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । देशका विभिन्न कारागारमा रहेका नेता–कार्यकर्तालाई झूट्टा मुद्दा खारेज गरी जेलबाट मुक्त गराउन पार्टी निरन्तर सङ्घर्षमा लाग्ने उनको भनाइ थियो ।
‘देश बनाउन, राष्ट्रिय स्वाधीनता बचाउन, जनतालाई अधिकार सम्पन्न बनाउन भनी भ्रष्टाचारीलाई तह लगाउँदै सङ्घर्षमा होमिएका युवाहरूमाथि अन्याय गरी जेलमा अत्याचार गर्ने अनि देश लुटेर बर्बाद बनाउने दलालहरूलाई मालिक बनाउने दलाल व्यवस्थाको अन्...
१८ माघ जाजरकोट।जाजरकोट सदरमुकाम देखि एक किलोमिटर टाढाकाे दुरिमा रहेको भेरि नगरपालिका वडा न ४ बाेहरा गाँउ बिचकाे भिरमा ट्याक्टर दुर्घटना भयकाे छ ।
ट्याक्टर सडक देखि पाँच सय मिटर तल खसेकाे छ । गाेदाममा रहेकाे चामल खलंगा देखि कुशे गाउँपालिका लिनकाे लागि लाेड गर्दै गर्दा उक्त ट्याक्टर दुर्घटना भयकाे हाे । दुर्घटनामा परि चालक साहु कुशे गाउपालिका वडा न ७ का नबराज जैशीकाे खुट्टामा चाेट लागि गम्भीर घाईते भयकाले उपचारका लागि नेपालगन्ज लिईसकेकाे र उनका भाइ लाेकेश जैशी र कुशे ५ का हरिचन्द्र सिंहकाे अवस्था सामान्य रहेकाे छ।
...
१६ माघ जाजरकोट । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी जाजरकोटले आईतबार शिक्षा बिकाश तथा समन्वय ईकाइ कार्यलय जाजरकोटलाई आठ बुदेँ ज्ञापनपत्र बुझाएको छ ।
सरकारी तथा निजि शिक्षण संस्थाहरुमा भईरहेकाे अनियमितता, चर्काे शुल्क लगायत राजनीति दलका नेता , जनप्रतिनिधि ,संसद र मन्त्री हरुले निजि शिक्षण संस्थामा लगानी गरिरहेकाले याे कार्य बन्द गर्न र संगठनले बिगतमा भन्दै आइरहेको मागहरु यथाशीघ्र लागू गर्न संगठनका अध्यक्ष बिशाल सिंहद्वारा हस्ताक्षर ज्ञापनपत्रमा भनियकाे छ ।
ज्ञापनपत्र हेर्नुहाेस :...