३१ असार २०८२, मंगलवार

Tag: जाजरकोट

२०७९ सालको बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति करिष्मा सिंह र युवराज सिंहले पाय

२०७९ सालको बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति करिष्मा सिंह र युवराज सिंहले पाय

Breaking News, शिक्षा, संस्कृति, समाचार
गुमथले, टालेगाउँ (जाजरकोट) : नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंहद्वारा बाबाआमाको स्मृति र सम्मानमा स्थापित ‘बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति’ यस वर्ष कतिष्मा सिंह र युवराज सिंहले प्राप्त गरेका छन् । आफूले अध्ययन गरेको जनकल्याण आधारभूत विद्यालय कुशे २, गुमथलेमा अध्ययनरत छात्रछात्रामध्ये दुईजना मेधावी छात्रछात्रालाई प्रदान गरिने पाँच-पाँच हजार राशिको छात्रवृत्ति यस वर्षका लागि उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा करिष्मा सिंह  र कक्षा ८ मै अध्ययनरत छात्र युवराज सिंहले प्राप्त गरेका हुन् । बिन्दासरा सिंहको निधनको आठौँ स्मृति दिवसका सन्दर्भमा विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा बितु सिंह र बिन्दासरा सिंहका जेठा छोरा गोरखबहादुर सिंहले छात्रवृत्ति हस्तान्तरण गरेका हुन् । नेकपा (बहुमत) का सचिवालय सदस्य सिंहले बुबा बितु सिंह र आमा बिन्दासरा सिंहको स्मृति र सम्मानमा ‘बि...
शैक्षिक सुधारका लागि  प्रमुख प्रशासकीय अधिकृत गिरीको १५ बुद्दे सुझाव ।

शैक्षिक सुधारका लागि प्रमुख प्रशासकीय अधिकृत गिरीको १५ बुद्दे सुझाव ।

Breaking News, शिक्षा, समाचार
१४ मंसिर, जाजरकोट । विद्यालय निरीक्षण र अनुगमन पछि नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नगरपालिका भित्रका शैक्षिक संस्थालाई १५ बुद्दे सुझाव दिएका छन । सरकारी विद्यालयमा शैक्षिक सुधारमा सरकारले गरेको लगानी अनुसार अवस्था सुधार गर्ने विषय नगरपालिकाको केन्द्रबिन्दुमा रहेको उनले बताएका छन । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्ने विषय केन्द्रविन्दुमा परेको र यदि मानव विकासको लागि वनेका विद्यालयहरूवाट अपेक्षित नतिजा हासिल हुन सकेन भने आफुहरु अझै धेरै पछाडि पर्ने निश्चित भएको समेत प्रमुख प्रशासकीय अधिकृत गिरीले औल्याएका छन । अब विद्यालयहरू हरेक व्यक्तिको पहिलो प्राथमिकतामा पर्नु जरूरी रहेको र विशेषगरी विद्यालयका मुख्य actors भनेका प्रअ र शिक्षक भएको र ७० प्रतिशत भन्दा वढी भूमिका शिक्षकसँग नै जोडिने उनको ठम्याइँछ । अनुगमनका क्रममा नगर प्र...
जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

जाजरकोट प्रतिनिधि सभामा शक्ति बहादुर बस्नेत विजयी

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, समाचार
८ मंसिर जाजरकोट । नेकपा माओवादी केन्द्रका उप महासचिव  शक्ति बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बस्नेत जाजरकोटबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। बस्नेत ०७० र ०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाटै निर्वाचित भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।...
जाजरकोटमा प्रदेश सभा तर्फ गठबन्धनका सिंह र शाह निर्वाचित ।

जाजरकोटमा प्रदेश सभा तर्फ गठबन्धनका सिंह र शाह निर्वाचित ।

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
७ मंसिर, जाजरकोट । जाजरकोटमा प्रदेश सभा तर्फ नेपाली कांग्रेसले बिजय हात पारेकाे छ । एक मात्रै निर्वाचत क्षेत्र रहेको जाजरकोटमा प्रदेशसभा (क) मा वेदराज सिंह  र (ख)  मा राजीविक्रम शाह निर्वाचित भएका हुन् । सिंहले नेकपा एमालेका डम्बरबहादुर सिंह र शाहले एमालेकै खिमबहादुर शाहीलाई पराजित गरेका हुन् । कांग्रेसका सिंहले १८ हजार ५४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२४७० मत पाए । यस्तै कांग्रेसका शाहले १६०४० मत ल्याउँदा उनका प्रतिस्पर्धी शाहीले १०५३० मत ल्याए । प्रतिनिधि सभा काे मत परिणाम आउन अझै बाकि रहेकाे छ । ...
जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

जाजरकोट प्रदेश सभा (ख)बाट राजिव बिक्रम शाह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
७मंसिर जाजरकोट । जाजरकोट प्रदेश सभा अन्तर्गत (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह विजयी भएका छन्। उनी १६ हजार ४० मतसहित प्रदेश सांसद चुनिएका हुन्। शाहले नेकपा एमालेका  खिमबहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे। एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन्। शाह विशेषतः प्रतिनिधि सभामा अन्तिमपटक चुनाव लड्न चाहेका थिए। तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन्। शाह राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव राख्ने नेता हुन्। शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग हारेका थिए। शाह यसअघि दोस्रो संविधान सभा सदस्य बनेर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन्। शाह निर्वाचित (ख) मा ४६ हजार ४९४ मतदाता रहेकामा २९ हजार २६ मत खसेको थियो।...
जाजरकोटमा जम्मा ६५९६२ मत खस्याे

जाजरकोटमा जम्मा ६५९६२ मत खस्याे

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
 जाजरकोट ।२०७९/ मंसिर ४ गते भयकाे प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि  जाजरकोटमा केही मत केन्द्र मा सामान्य बिवाद भयपनि शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भयकाे छ  । एक प्रतिनिधि सभा र दुई प्रदेश सभाका लागि  जिल्लामा  ३ नगर पालीका र ४ गाउपालिका रहेका छन । जस अनुसार भेरि नगरपालिकामा १३६४२, नलगाड नगरपालिकामा १०२८१, छेडागाड नगरपालिकामा १३४१८,बारेकाेट गाँउपालिकामा ८३४०, शिवालय गाउँ पालिका ५०१७,कुशे गाउँ पालिकामा ७५०३, जुनिचाँदे गाउँपालिकामा ७६६७र अस्थाई केन्द्र काे ९४ गरि कुल  ६५९६२ मत खसेकाे छ । आज बिहान सम्म सबै ठाउका मतपेटिका जिल्लामा पुगिसकेका र अबकाे केही पछि सर्वदलीय बैठक बसि  मत नतिजा सुरु  हुने बताईएकाे छ ।...
जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
जाजरकोट : जाजरकोटमा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले नेकपा (बहुमत) जाजरकोट जिल्लाका दुई नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । जाजरकोटको नलगाड नगरपालिका ८ को जिपुवा मतदान केन्द्रमा नेकपा (बहुमत) जाजरकोटका पचासौँ कार्यकर्ता संसदीय व्यवस्थाविरुद्ध नारा लगाउँदै मतदान केन्द्र स्थलतर्फ अगाडि बढेपछि केही समय मतदान नै स्थगित भएको थियो । प्रदर्शनका क्रममा नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालका जिल्ला अध्यक्ष पदम हमाल  र नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति सदस्य आक्रोशलाई प्रहरीले गिरफ्तार गरेको छ ।...
जाजरकोटका प्रतिनिधि सभाका उम्मेदवार  शक्ति बस्नेतकाे  पृष्ठभूमि :

जाजरकोटका प्रतिनिधि सभाका उम्मेदवार शक्ति बस्नेतकाे पृष्ठभूमि :

Breaking News, निर्वाचन, राजनीति
जाजरकोट ।नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि सं २०२८ साल वैशाख ०१ भेरी नगरपालिका– ०१ कालेगाउँमा उनको जन्म भएको हो । बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा उनको जन्म भयो । उनका तीन दाजुभाई रहेका छन् । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन भने, उनकी एक मात्र सन्तान छोरी संगम बस्नेत रहेकी छिन् । बस्नेतले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । राजनीतिक यात्रा:  ग्रामीण वर्ग संघर्षलाई उठान गरेर सशस्त्र वर्ग संघर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना प्राप्त गर्ने मार्ग दर्शनवाट अभिप्रेरित युवा शक्ति बहादुर वस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका थिए । बस्नेत २०४८ स...
जाजरकोटमा बन्याे तीन कराेड, उनन्तीस लाखकाे  जडिबुटी प्रसाेधन केन्द्र भवन ।

जाजरकोटमा बन्याे तीन कराेड, उनन्तीस लाखकाे जडिबुटी प्रसाेधन केन्द्र भवन ।

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार, स्वास्थ
जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी कोरिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१ कालेगाउँ धल्दामा निर्माण भइहरेको छ । सरकारी स्वामित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी कोरिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका व्यापारी अहिले यहाँ प्रशोधन नहुँदा लुम्बिनी प्रदेशको नेपालगन्जमा लिने गरेका छन् । रु तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ । सरकारी स्वामित्वमा ...
म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

Breaking News, चुनाव, निर्वाचन, राजनीति, शिक्षा, स्वास्थ
कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी अफ्रिकी मुलुक सेयरालियोनबाट जाजरकोट फर्किएका छन् । उनको वर्तमान सपना हो, सांसद बन्ने । ‘म सपना बोकेर फर्किएँ, सांसद बन्ने’, उनी भन्छन्, ‘सपना मेरो होइन, जाजरकोटी जनताको सपना, जसले मलाई आफ्नो प्रतिनिधि भएको हेर्न चाहेका छन् ।’ भदौ पहिलो साता फर्किएका कार्कीले जाजरकोटबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जिल्लालाई रुपान्तरण गर्न र अर्थहीन राष्ट्रिय नीति र कानुन खारेज गरी समयानुकुल र दीर्घकालीन महत्व राख्ने नीति निर्माण गर्न सांसद बन्न चाहेको उनको भनाई छ । अहिले दलहरूले गलत तरिकाले स्वार्थपूर्तिका लागि राजनीतिक खेल खेलिरहेको बताउँदै उनले जिल्ला र राज्यभित्र बढ्दै गएको अराज...