११ श्रावण २०८१, शनिबार

जनप्रतिनिधि र मेलमिलाप कर्तालाई कानुन सम्बन्धि आधारभुत तालिम

२६ पुस जाजरकोट । कर्णाली प्रदेश , जाजरकोट जिल्ला अन्तरगत नलगाड नगरपालिका काे आयाेजनामा जनप्रतिनिधि र मेलमिलाप कर्तालाई कानुन सम्बन्धि आधारभुत तालिम नगरपालिका काे सभा हल दल्लीमा संचालन भयकाे छ । कार्यक्रम मा अध्यक्षता नलगाड नगरपालिकाका मेयर डम्बर  बहादुर रावतले गर्नु भयकाे र अतिथि हरु जाजरकोट जिल्ला न्यायाधीश केशव राज चापागाई, न्यायधिवक्ता रत्न प्रसाद गिरि र नारायण सापकोटा ,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेपाल सरकारका उपसचिव मान बहादुर गिरि र उप प्रमुख सरिता सिंहकाे विशेष उपस्थितीमा , नगरपालिकाका वडा अध्यक्ष र मेलमिलाप कर्ताहरुकाे क्षमता वृद्धि र उनिहरुले खेल्नुपर्ने भुमिकाका बिषयमा तालिम  संचालन भयकाे हाे ।

कार्यक्रममा विशेष गरि जनप्रतिनिधि र मेलमिलाप कर्ताहरुले गर्नु पर्ने काम कर्तव्य र अधिकारका बिषयमा जिल्ला न्यायाधीश केशव राज चापागाई र द्वाेेय न्यायधिवक्ता गिरि र सापकोटाले प्रशिक्षित गर्नु  भयकाे नलगाड नगरपालिका जाजरकोटका प्रवक्ता सर्बजित बि क ले बताउनु भयाे ।तालिम  २८ गते सम्म चल्ने बताईएकाे छ ।