२३ भाद्र २०८१, आईतवार

भेरि नगरपालिका जाजरकोटमा रनिङ्ग शिल्ड तथा चाैँथाे मेयर कप सुरु ।

२३ माघ जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ ।

खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा आईतवार  सुरु भएको हो ।

२६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु भएको थियो ।

उद्धघाटन समारोहमा बोल्दै मन्त्री मल्लले बालबालिकामा रहेको प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने भएको हुँदा यस्ता खाले प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो ।

प्रतियोगितामा विभिन्न खेलहरु भलिबल, दौड, तेक्वाण्डो, कराँते, कबर्डी, हाइजम्प, लङ्म लगायका खेलहरु हुने आयोजकले जनाएको छ, भने प्रतियोगितामा नगरपालिका भित्रका दश बिद्यालयहरुले सहभागिता जनाएका छन् ।