११ श्रावण २०८१, शनिबार

जुम्लामा घर जलेर एक जनाएको मृत्युु एक घाइते

लेखक : गिता कुमारी शाही

गिता कुमारी शाहि  जुम्ला

२४ माघ जुम्ला । कर्णाली राजमार्ग भन्दा आधा घण्टाकाे दुरी टाढा रहेकाे  जुम्लाको चन्दनाँथ नगरपालिका  वडा १ को भन्डारी बाँडा गाँउमा साेमबार मध्य राती एक घर जलेर नस्ट भयको छ ।

यस क्लवका सदस्य तथा पूर्व खेलाडी लाेक बहादुर भण्डारी काे घर आगलागी भई पूर्ण क्षति हुनुका साथै उनकी  १३ वर्षे छाेरी बन्दना भण्डारीकाे  मृत्यृ भएकाे र घरमुली भण्डारी पनि घाइते भयका छन । उक्त घरमा सात जना परिवार बस्दै आयको र थप बिवरण आउन बाँकी रहेकाे  जिल्ला प्रहरी कार्यलय जुम्लाका  प्रहरी निरीक्षक धर्म राज जोशी ले बताए।