२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा ट्याक्टर दुर्घटना : तीन जना घाइते

१८ माघ जाजरकोट।जाजरकोट  सदरमुकाम देखि एक किलोमिटर टाढाकाे  दुरिमा रहेको भेरि नगरपालिका वडा न ४ बाेहरा गाँउ  बिचकाे भिरमा ट्याक्टर दुर्घटना भयकाे छ ।

ट्याक्टर सडक देखि पाँच सय मिटर तल खसेकाे छ । गाेदाममा रहेकाे चामल  खलंगा देखि कुशे गाउँपालिका  लिनकाे लागि  लाेड गर्दै गर्दा उक्त ट्याक्टर दुर्घटना भयकाे हाे । दुर्घटनामा परि चालक साहु  कुशे गाउपालिका वडा न ७ का नबराज  जैशीकाे खुट्टामा चाेट लागि गम्भीर घाईते भयकाले उपचारका लागि नेपालगन्ज लिईसकेकाे  र उनका भाइ लाेकेश जैशी र कुशे ५ का हरिचन्द्र सिंहकाे अवस्था सामान्य रहेकाे छ।