११ श्रावण २०८१, शनिबार

त्रिविद्वारा हतारमा गर्न खाेजियकाे परिक्षा पुनर्विचार गर्

१८ माघ काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी त्रिवि विशेष क्याम्पस समितिले विद्यार्थीलाई बोझ थोपर्ने गरी आफ्नो अक्षमता लुकाउन हतारमा गर्न खोजिएको परीक्षा विद्यार्थीको मागबमोजिम पुनर्विचार गर्न त्रिवि परीक्षा नियन्त्रकसँग माग गरेको छ ।

समितिका इन्चार्ज गोविन्द बिस्टको नेतृत्वमा परीक्षा निरीक्षकलाई बुझाइएको ज्ञापनपत्रमा त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परीक्षातालिका पुस २९ गते सार्वजनिक गरेको, फागुन ७ गतेसम्म दोब्बर दस्तुरमा परीक्षा फाराम भर्ने मिति राखिएको छ तर हतार–हतार फागुन १० गते नै परीक्षा गर्ने त्रिविको निर्णय सच्याउन विद्यार्थीले लामो समयदेखि गरिरहेको आन्दोलनप्रति त्रिविले साधेको मौनताप्रति सङ्गठन गम्भीर बनेको उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘विगतदेखि कार्यतालिका व्यवस्थित गर्न नसकेको त्रिविले आफ्नो कमजोरी र अक्षमता अकस्मात् विद्यार्थीको टाउकोमा थोपरिदिने कुरा हाम्रो सङ्गठनलाई स्वीकार्य छैन । तत्काल त्रिविले वार्षिक कार्यतालिका निर्माण गरी व्यवस्थित कार्यान्वयन गर्न माग गर्दै विद्यार्थीहरूलाई बोझ थोपर्ने गरी आफ्नो अक्षमता लुकाउन हतारमा गर्न खोजिएको परीक्षा विद्यार्थीको मागबमोजिम पुनर्विचार गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ । अन्यथा सङ्गठन कडा सङ्घर्ष गर्न बाध्य हुनेछ ।’ईन्चार्ज गाेविन्द बिष्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनियकाे छ ।

ज्ञापन पत्र :