२ कार्तिक २०८१, शुक्रबार

स्ववियु निर्वाचन राजनितीक दलकाे हैसियत नाप्ने थलाे हैन , आन्दोलनकाे साझा माेर्चा हाे : शुनिल सिंह

लेखक : सुनिल सिंह

स्वतन्त्र बिद्यार्थी युनियन ( स्ववियु ) बलिदानिपुर्ण संघर्ष बाट प्राप्त नेपाली बिद्यार्थीकाे साझा संस्था हाे।पञ्चायती निरंकुस कालाे शासनले सबै संगठन माथि प्रतिबद्ध लगाई स्वतन्त्र रुपमा राजनैतिक गतिविधि गर्ने र अभिव्यक्ति गर्ने माैलिक अधिकार माथि हत्या गरेपछि नया बिकल्प र आन्दोलनकाे ससक्त साधन र संघर्षको रुपमा स्ववियु काे सुरुवात भयकाे थियाे ।गरिमामय इतिहास काे जगमा स्थापित स्ववियुकाे गरिमाकाे रक्षा रुपान्तरण बिकाश र समय सापेक्ष बिद्यार्थीकाे आशा भराेषा र बिश्वासकाे केन्द्र बनाउन हामी सबैको दायित्व हाे। बि सं २००७ साल देखि हाल सम्म सबै संघर्षहरु निर्णायक बिजयमा नपुग्दै सम्झौतामार्फत आंसिक उपलब्धिमा सिमित बन्न पुगे ब्यबस्थाकाे नाम र नेतृत्वकर्ता पात्र मात्रै फेरिय तर समाजकाे आधारभुत उपरिसंरचना बदल्न नसक्दा जनताकाे जीवनस्तर फेरिन सकेकाे छैन । यतिबेला मुलुककाे राजनैतिक ,सामाजिक, आर्थिक, शैक्षिक स्तर संकट र अस्तब्यस्त छ । राजनैतिक पात्रहरु एकअर्कालाई दाेसाराेपन गरि संसदिय ब्यबस्थाकाे असफलता र कमजाेरि लाई ढाकछोप गर्ने प्रबिधि छ। यरिस्थितिमा क्रान्तिकारी युवा बिद्यार्थी हरुकाे संघर्षरत एक निर्णायक आन्दाेलन काे जरुरि छ ।

दलाल संसदिय ब्यबस्थाकाे बिकल्पमा बैज्ञानिक समाजवाद जनताको चाहना र संकटको समाधान हाे ।बर्तमान राजनैतिक संकटकाे अग्रमागि निकासकाे लागि नेकपा बहुमत ले संसदिय ब्यबस्थाकाे अन्त्य सामाजिक रुपान्तरण राजनैतिक स्थिरता शान्ति समृद्ध र स्वाधीनता सहितकाे स्वाधीन संयुक्त सरकारकाे एजेन्डा अघि बढाएकाे छ।यसकाे साथ अखिल ( क्रान्तिकारी ) शिक्षामा आमूल रुपान्तरण गर्न सम्पुर्ण बामपंथी प्रगतिशील जनतान्त्रिक शक्तिहरु बिच एकताबद्ध भयर अघि बढ्नु अहिलेको आबश्यकता हाे।
आसन्न स्ववियु काे निर्वाचन शैक्षिक र राजनैतिक अधिकारका निम्ति संघर्ष गर्ने शसक्त माेर्चा हाे। याे माेर्चामा स्ववियु लाई मिनि संसद काे रुपमा बुझ्ने ब्याख्या गर्ने स्ववियुकाे दुरुपयोग गर्ने यथास्थितिवादी ,प्रतिक्रियावादी ,संसाेधनवादि र क्रान्तिकारी शक्ति बिच निर्णायक संघर्ष हुन्छ ।याे संघर्षमा प्रतिगामि र पश्चगामि बिचारकाे पराजय र अग्रगामी बिचार र शक्तिकाे बिजय अबस्य हुनेछ ।
नेपाली बिद्यार्थीकाे साहसपूर्ण संघर्षको बलबाट बिसं २०२० मा त्रिभुवन बिश्वबिद्धालयमा स्ववियु काे स्थापना भयपनि २०२४ सालमा मात्रै बैधानिकता प्राप्त गरेकाे थियाे। निरंकुश पञ्चाय लाई घुडा टिकाएर स्थापना भयकाे स्ववियु २०२९ मा खारेज हुन पुग्याे । दमनले बिद्यार्थी आन्दोलन झुकेन बरु बिद्यार्थीकाे ससक्त र बलिदानि पुर्ण आन्दोलनभई जसकाे बलमा २०३६ सालमा पुनः स्ववियु काे स्थापित भयाे ।बिद्यार्थी आन्दोलनकै बलमा पञ्चायती ब्यबस्थाकाे भबिष्यवारे जनमत संग्रह घाेषणा भयाेे। स्ववियु जहिले पनि शैक्षिक तथा राजनैतिक आन्दोलनकाे अग्रिम माेर्चा बन्याे । त्रिभुवन मा २०३६ साल देखि निर्वाचण हुँदै आयपनि २०७३ सालमा केही क्याम्पसमा निर्वाचन भयता पनि २०६५ देखि अधिकांस क्षेत्रमा निर्वाचन हुन सकेन। आसन्न निर्वाचन मुखैमा आईपुग्दा स्ववियु काे बुझाई र अभ्यास काे सन्दर्भमा गम्बिर समीक्षा गर्न जरुर छ । गाैरबशालि ईतिहास बाेकेकाे स्ववियु आज किन बदनाम छ ।याे सस्था आफ्नो भुमिकामा किन खराे उत्रन सकेकाे छैन? स्ववियु प्रति किन प्रशन र आसंका जन्मिय? स्ववियु ले किन बिश्वसनियता गुमाउदै छ?यतिका लामाे समय स्ववियु काे निर्वाचन किन हुन सकेन? गम्भीरतापुर्वक समीक्षा गर्न जरुर छ। स्ववियु काे समयसापेक्ष रुपान्तरण गर्दै यसकाे गरिमा बचाउन जरुरि छ ।यस्ताे गर्न नसकेमा समयले हामिलाई धिक्कार्ने छ।

स्ववियु सत्ता र प्रसासनकाे चाकडि गर्ने थलाे हाेईन , आन्दोलनको साझा माेर्चा हाे।
आज स्ववियु लाई हेरिन गलत बुझाई र प्रयाेगले गर्दा स्ववियु असफल हुँदै छ । आज स्ववियु गुन्डागर्दी दलालि , दादागिरी ,गर्ने क्याम्पसमा ठेक्कापट्टामा कमिसन खाने , क्याम्पस काेष र कल्याणकारी काेषकाे दुरुपयोग गर्ने छात्रवृत्ति ,छात्रावास मा नातावाद कृपावाद गर्नु परिक्षामा चिठ चाेर्ने ब्यबस्था गर्न दवाव सिर्जना गर्ने कमजोर बिद्यार्थी प्रधानाध्यापक लाई धम्क्याउने प्रध्यापक कर्मचारी नियुक्तिमा भाग खाेज्ने ,क्याम्पस प्रध्यापक संग मिलेर भ्रष्टाचार मा संलग्न भई अनैतिक कार्य गर्ने प्रबिधि ले स्ववियु काे अस्तित्व नामेट हुने देखिन्छ । यस्ता यस्ता प्रबिधि काे निसेध गरिनु पर्छ । स्ववियु काे गलत बिकृत र संसदिय बुझाईले आज स्ववियु भ्रष्टाचार ,बिकृति ,गुन्डागर्दीकाे अखडा बन्दै छ जसकारण याे सस्था ले बिश्वसनियता गुमाउदै छ । आसन्न निर्वाचनमा यस्तो प्रबिधि काे अन्य संगै अखिल क्रान्तिकारी लाखाै बिद्यार्थीकाे नेतृत्वदायि भुमिका निर्वाह गर्ने छ । स्ववियु लाई पार्टीकाे हैसियत नाप्ने थलाे भन्दा पनि आन्दोलन काे प्रतिबद्धता काे आधारमा चुनिने र राष्ट्रियता ,जनतन्त्र , जनजिविका र शैक्षिक आन्दोलन काे निम्ति संघर्ष गर्ने हुनुपर्छ । अवकाे स्ववियु वर्तमान शिक्षा प्रणालिकाे बिकल्पमा आन्दोलनरत साझा माेर्चा बनाईनु पर्छ ।कुनैपनि बिद्यार्थीले रक्सि ,पेट्रोल ,पैसा र र लाेभमा नपरि आम बिद्याथि काे लागि संघर्षरत संगठन लाई साझा जिम्मेवार बाेध हुने तरिकाले उभ्याउन जरुर छ ।

लेखक सिंह : नेकपा बहुमत निकट अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष हुन