९ श्रावण २०८१, बिहीबार

दर्शनशास्त्र परिभाषा

दर्शनशास्त्र
(१) दर्शनको परिभाषा :
♦ दर्शन भनेको जीवन र जगतलाई हेर्ने, वुझ्ने र व्याख्या गर्ने दृष्ट्रिकोण हो । प्रकृति र मानव समाजको भित्री आखा हो । यही
♦आखाले हरेक वस्तुलाई हेर्ने, जाच्ने, वुभ्ने र सोही अनुरुप आफ्नो धारणा र जीवन व्यवहार निर्धारण गर्दछ ।
♦माक्र्सका शव्दमाः ‘हरेक साचो दर्शन आफ्नो समयको वौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो ।’
@ “दर्शन सत्य सम्वन्धी दृष्टिकोण (vision of truth) हो ।”-प्लेटो
@ “दर्शनशास्त्र विज्ञान र धर्मशास्त्र बीचको विषय हो ।”-ब्रट्राण्ड रसेल
@ “दर्शनशास्त्र जगतको विषयवोध गर्ने मानव प्रयाश हो ।”-स.राधाकृष्णन्
@ “दर्शनशास्त्र चिन्तन पद्दति मात्र नभै जीवन पद्दति पनि हो ।” -हिरियन्ना
@ “प्रत्येक दर्शनले एक विश्वदृष्टिकोण अभिव्यक्त गर्दछ ।”-मोरिस कन्फोर्थ
@ “हरेक सच्चा दर्शन आ�नो युगको उच्चतम बौद्धिक सारतत्व हो ।”-कार्ल मार्क्स
(२) दर्शन शव्दको उत्पती :(Origination of Philosophy)
ग्रीक भाषाको philos र Sophia (प्रेम र विवेक) वाट अंग्रेजीमा philosophy हुदै दर्शन शव्दको व्युत्पती भएको देखिन्छ ।
♦ मानव दर्शन करिव पच्चीस सय देखि तिन हजार वर्ष अघि युनानवाट प्रारम्भ भएको हो ।
♦दर्शन शव्दको प्रथम प्रयोगकर्ता पाइथागोरस हुन भने आदर्शवादी दर्शनको जन्मदाता प्लेटो हुन ।
♦थेल्स प्रथम प्रकृतिवादी युनानी दार्शनिक थिए । यस अन्तरगत हेराक्लिट्स, पाइथागोरस र डेमोक्रेट्स लगायतका दार्शनिकहरु पर्दछ ।
♦ हेगेल आध्यात्मवादमा आधारित द्वन्दवादी दर्शनिक थिए भने फायरवाख अधिभूतवादी भौतिकवादी थिए ।
♦ माक्र्स भन्दा अघि थोमस मेन्जर, थोमस मोर, सेन्ट साइमन, चाल्र्स फुरिए र रोवोर्ट ओवेन लगायतकाहरु काल्पनिक समाजवादी र मानवतावादी दार्शनिकहरु थिए ।
♦ जर्मन शाष्त्रीय दार्शनिक हेगेल र फायरवाखको एकलकाटे द्वन्दवाद र भौतिकवादलाई फ्युजन गरेर कार्ल माक्र्सले द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको अन्वेशण गर्नु भयो ।
♦ वहाले दर्शनको वर्गीय सार्वभौमिकता अन्वेशण गर्नु भयो । ऐतिहासिक द्वन्दात्मक भौतिकवाद सर्वहारा वर्गीय दर्शन हो । यो माक्र्सवादी विश्वदृष्ट्रिकोण हो ।
(३) दर्शनको क्षेत्रः(Scope of Philosophy)
♦ जीवन र जगतको अन्तरसम्वन्ध, पदार्थ र चेतनाको अन्तरसम्वन्ध, प्रकृति र समाजलाई सञ्चालन गर्ने चालक नियमहरुको अध्ययननै यसको क्षेत्र हो ।
♦ प्रकृति र मानव समाज एवं चिन्तनका अभिनियमहरु, पदार्थ र चेतना विचको अन्तरसम्वन्धका क्षेत्रहरु र सत्य वा वास्तविकताको ज्ञान एवं जीवन र जगतको विकास वा परिवर्तनका नियमहरुको समग्र पक्षनै दर्शनको क्षेत्र भित्र पर्दछ ।
(४ ) दर्शनको भूमिकाः(Role of Philosophy)
♦ मानिसलाई सा“चो कुरा वुझ्न, सही दृष्ट्रिकोण वा धारणा निर्माण गर्न, मानव समाज रुपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका आम नियमहरु लागु गर्न, पदार्थ र चेतनाको अन्तरसम्वन्धको अध्ययन गर्न र समाजको वास्तविकता वोध गर्न दर्शनको महत्वपूर्ण भूमिका रहेकोछ ।
♦ सर्वहारा वर्गीय दर्शनले संसारलाई वुझ्न, व्याख्या र वदल्न संभव वनाएकोछ ।
(५ ) दर्शनका मौलिक सवालहरुः(Fundamental Principles of the Philosophy)
♦ चिन्तन र सत्ताको सम्वन्धको प्रश्न दर्शनशाष्त्रको मौलिक प्रश्न हो ।
♦ पदार्थ र चेतना मध्ये कुन प्राथमिक हो भन्ने कुराको वकालत गर्दछ ।
♦विश्व वोधगम्य कि अज्ञेय छ भनेर निश्कर्षमा पुग्दछ ।
♦ भौतिक अस्तित्व वा जगत र चेतना वा इश्वरको विचको सम्वन्ध निरुपण गर्दछ ।
♦ भौतिकवादीहरुले पदार्थलाई प्राथमिक, अनादि र अनन्त हुनुको साथै यसैवाट चेतनाको जन्म हुने सच्चाईलाई पेश गर्दछन् । संसार वोधगम्य भएको वकालत गर्दछ ।
♦ आदर्शवादीहरु यसको विरोध गर्दछन् ।
(६) दार्शनिक सिद्धान्तहरुः(Philosophical Theories)
♦ दर्शनमा आदर्शवादी र भौतिकवादी सिद्धान्त रहेकोछ ।
(क) आदर्शवादी वा आध्यात्मवादी दर्शनः– विश्व व्रम्हाण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिवाट पैदा भएको, चेतना वा आत्मालाई सृष्टीको आदितत्व तथा पदार्थको अस्तित्व निर्धारक स्विकार गर्ने साथै संसारलाई वुझ्न नसकिने र अपरम्पार ठान्ने दर्शननै आध्यात्मवादी दर्शन हो ।
(ख) भौतिकवादी दर्शनः– पदार्थलाई सृष्टीको आदितत्व तथा चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने अनि संसारलाई वुझ्न, विश्लेषण गर्न र वदल्न सकिन्छ भन्ने दर्शननै भौतिकवादी दर्शन हो ।
आदर्शवाद
१, चेतना पहिलो वॉ प्राथमिक, चेतनाले स्वयम अस्तित्व निर्धारण गर्दछ ।
२, संसार अज्ञेय छ |
३, ईश्वर सर्बशक्तिमान, निराकार, नित्य, अविनाशी र सर्वव्यापि छन् ।
४, ज्ञान ईश्वरवाट प्राप्त हुन्छ ।
५, मानव संसार ईश्वरको रचना हो ।
६, आत्मा अमर रहन्छ, जीवनको पूर्व जन्म र पुनरजन्म हुन्छ ।
७, धर्मशास्त्रमा लेखिएका कुराहरु सत्य हुन ।
८, प्रतिक्रियावादी वर्गको हित र पक्षपोषण गर्दछ ।
भौतिकवाद
१, पदार्थ पहिलो वा प्राथमिक, पदार्थवाट चेतनाको निर्धारण वॉ विकास हुन्छ ।
२, संसार वोधगम्य वा ज्ञेय छ ।
३, ईश्वर कल्पना हो । आलौकिक र अदृश्य शक्ति छैन ।
४, ज्ञान को श्रोत व्यवहार हो ।
५ समाज वस्तुगत जगतको विकासको परिणाम हो ।
६, यसले विज्ञानमा विस्वास गर्दछ ।
७, पूर्व जन्म र पुनरजन्म हुदैन ।
८,सर्वहारा वर्गको हितको प्रतिनिधित्व र पक्षपोषण गर्दछ ।
[२]द्वन्दात्मक भौतिकवाद( Dialectical Materialism)
(१) परिभाषाः(Definition)
♦ जीवन र जगतलाई द्वन्दवादी ढंगले हेर्ने, वझ्ने र व्याख्या गर्ने साथै परिवर्तनको वाटो देखाउने सर्वहारा वर्गीय दर्शननै द्वन्दात्मक भौतिकवाद हो ।
♦ यो प्रकृति, जीवन, समाज र चिन्तनको सञ्चालन र विकासका सामान्य वा चालक नियमहरुको द्वन्दवादी ढंगले अध्ययन गर्ने पद्धती हो ।
♦संघर्ष, एकता, संघर्ष र पुन नया आधारमा रुपान्तरण सहितको एकता द्वन्दवादको सार हो ।
♦ लेनीनले ‘द्वन्दवाद विपरित तत्वहरुको एकताको सिद्धान्त हो’ भन्नु भएकोछ ।
(२) आदर्शवाद र भौतिकवादः(Idealism and Materialism)
(क) आदर्शवादः– आदर्शवादले जगत र इश्वरको सम्वन्धलाई निरुपण गर्दै ईश्वरलाई आदितत्व र प्रधान ठान्दछ । सारा वस्तुहरु चेतना, विचार र ईश्वरको उपज स्विकार गर्दै अपरम्पार ठान्दछ । आदर्शवादी दर्शनमा वस्तुनिष्ठ र आत्मनिष्ठ गरि दुई शाखाहरु छन ।
(ख) भौतिकवादः– भौतिकवादले वस्तु र चेतनाको सम्वन्ध निरुपण गर्दै वस्तुलाई प्राथमिक वा आदितत्व स्विकार गर्दै संसार वोधगम्य रहेको वकालत गर्दछ । वस्तुहरु अपरम्पार नभएर विज्ञानमा आधारित हुनुको साथै यसलाई वदल्न सकिने मत राख्दछ । भौतिकवादी दर्शनमा पनि स्वतःस्फुर्त, यान्त्रिक र द्वन्दात्मक भौतिकवाद गरि तिन शाखाहरु छन ।
(३) द्वन्दवादी र अधिभूतवादी पद्धतीः(Dialectical and Metaphysical Methodology)
♦ मानव समाजको विकास प्रक्रिया र त्यसका नियमहरुको अध्ययन गर्ने चिन्तन प्रणालीलाई दर्शनशाष्त्रको पद्धती भनिन्छ । यसमा विशेष गरेर द्वन्दवाद र अधिभूतवाद जस्ता दुइ पद्धती पर्दछ ।
(क) द्वन्दवादः – कुनैपनि वस्तु भित्रको संघर्ष अर्थात गति र अन्तरविरोधको अध्ययन गर्ने पद्धतीनै द्वन्दवाद हो । विपरित तत्वहरुको एकताको नियम र वस्तुको परिवर्तनमा आन्तरिक पक्ष निर्णायक हुने मान्यतानै द्वन्दवाद हो । यो वस्तुको अस्तित्व, त्यसमा निहीत नया र पुरानो, जीवनशील र मरणशील, स्थीर र गतिशील एवं निषेधको निषेध नियम जस्ता विरोधी पक्षहरु विचको संघर्षमा आधारित हुन्छ ।
अधिभूतवादी – हरेक वस्तुलाई स्थीर, असंवद्ध, विपरितहरुको एकत्वको नियमलाई अस्विकार गर्नु, वस्तुको परिवर्तनमा वाहय कारणलाई निर्णायक ठान्नु, एकपक्षीय, यान्त्रिक गति र मात्रात्मक विकासको पक्षपोषण गर्नुनै अधिभूतवादी दर्शन हो । यसले विपरितहरुको एकत्वलाई स्विकार गर्दैन । यो अंश र समग्रका विचमा एकरुपता र ती एक आपसमा वदलीन्छ भन्ने कुरालाई अस्विकार गर्ने द्वन्दवाद विरोधी दर्शन हो ।
अधिभुतवाद
१, पदार्थ अपरिर्वतनिय छ । प्रकृति, जीवन, समाज र चिन्तनमा प्रगति एवं परिवर्तन हुदैन ।
२, चेतनाले पदार्थको निर्धारण गर्दछ ।
३, संसार अलौकिक वा वाहिय संसारको कारण चल्छ ।
४,संसारका सवै वस्तु र घटनाहरु पृथक पृथक, असम्वद्ध, स्वतन्त्र र एकपक्षीय हुन्छन ।
५, मात्रात्मक सुधारको मात्र वकालत गर्दछ ।
६, पदार्थको गति वृताकार हुन्छ ।
द्वन्दवाद
१, प्रकृति समाज र चिनतन निरन्तर गतिमान परिवर्तनिय विकासवान हुन्छ ।
२, पदार्थले चेतनाको निर्धारण गर्दछ । चेतनाले पदार्थमा प्रभाव पार्दछ ।
३, अन्तरविरोधको कारण गतिको श्रोत स्वयम् वस्तु वा घटना भित्र हुन्छ ।
४, वस्तु वा घटनाहरु एक अर्कामा सम्वद्ध वा अन्र्तम्वन्धित हुन्छन् ।
५, परिवर्तन मात्रात्मक वाट गुणात्मक तर्फ अघी वढदछ ।
६ पदार्थको गति आरोही हुन्छ ।
(ग) सारसंग्रहवाद (Electicism)
द्वन्दवाद र अधिभूतवादका केही पक्षहरु मिसाइएको अवसरवादी दर्शननै सारसंग्रहवादी दर्शन हो । यो माक्र्सवाद विरोधी टिपनटापने दर्शन हो ।
(४) पदार्थ, गति र चेतनाः(ःMatter, Motion and Sense)
(क) पदार्थः– पदार्थ मानव चिन्तन र चेतना भन्दा पहिला देखिनै अस्तित्वमा रहेको हुन्छ । पृथ्वी, परमाणु, प्रकाश, प्रकृति, समाज, मानव, पशुपक्षी, पूजीवाद र समाजवाद आदि पदार्थका विभिन्न रुपहरु हुन । भौतिकवादले भौतिक पदार्थलाई विश्वको प्राथमिक तत्व स्विकार गर्दछ ।
(ख) गतिः– द्वन्दवादले पदार्थ गतिद्वारा अस्तित्वमा रहने पक्षको वकालत गर्दछ । गति नभएको पदार्थ हुनसक्दैन । पदार्थमा उर्जा हुन्छ अनि उर्जामा गति हुन्छ । पुरानोको अन्त, नयाको उत्पति र मानव चिन्तन सवै आफ्नो ठाउमा परिवर्तन र गतिकै रुप हुन । गति पदार्थको जीवन र विद्यमान अन्तरविरोधको रुप हो ।
(ग) चेतनाः– चेतना पदार्थ र गतिको योगवाट पैदा हुने प्रवर्ग हो । विश्व व्रम्हाण्डमा सर्वप्रथमतः पदार्थ अस्तित्वमा थिए । पदार्थलाई जीवन्तता दिन गति अनिवार्य भयो । पदार्थ र गतिको योगमा कुनै पनि वस्तु प्रति वन्ने धारणा नै चेतना हो । चेतना पदार्थका गतिको सर्वोच्च रुप हो ।
(५) द्वन्दवादका तिन नियमहरुः(Three Law of Dialecticism)
(क) विपरित तत्वहरु विच एकता र संघर्षः– विपरितहरुको एकत्वनै द्वन्दवादको आधारभूत नियम हो । यो नियम अनुसार हरेक वस्तुमा दुइ अन्तरविरोधपूर्ण पक्षहरु हुन्छन र एकआपसमा लडछन् । आफ्नै अस्तित्वको लागि एक अर्कामा निर्भर हुन्छन् साथै दुवै पक्षहरु गतिशील र सजीव हुन्छन् अनि कुनै खास अवस्थामा एक अर्कोमा वदलीन्छन् ।
(ख) मात्राको गुणमा परिवर्तनः– परस्पर विरोधी पहलुहरु विचको संघर्षले मात्रात्मक र गुणात्मक परिवर्तनलाई संभव तुल्याउछ । क्रमिक विकास मात्र हुनु यसको स्वरुप र गुणमा कुनै फरक नदेखिनु मात्रात्मक परिवर्तन हो । वस्तुको स्वरुप र गुणमै फरक देखिनु गुणात्मक परिवर्तन हो । द्वन्दवादले मात्रात्मक हुदै गुणात्मक परिवर्तनको वकालत गर्दछ ।
(ग) निषेधको निषेधः– कुनै एउटा वस्तुलाई निषेध गरि अर्को वस्तु अस्तित्वमा आउने प्रक्रियालाई निषेधको निषेध नियम भनिन्छ । द्वन्दवादी नियममा हेर्दा उस्तै देखिए पनि पछिल्लो वस्तु गुणात्मक रुपमै फरक हुन्छ । आदिम साम्यवादलाई दासयुगले, दासयुगलाई सामन्तवादले, सामन्तवादलाई पूजीवादले अनि पूजीवादलाई समाजवादले निषेध गर्नु निषेधको द्वन्दवादी नियमनै हो ।
(६) द्वन्दवादका प्रमुख प्रवर्गहरु ( Main Categories of Dialectics)
(क) दिक र कालः– दिक भनेको पदार्थले ओगटने ठाउ हो भने काल भनेको पदार्थको निश्चीत अवधी हो । यसवाट भौतिक पदार्थहरु निश्चीत ठाउ र निश्चीत समयावधीमा हुन्छन भन्ने थाहा हुन्छ । पदार्थको अस्तित्वको लागि दिक र काल अपरिहार्य पक्ष हो ।
(ख) सम्पूर्ण र अंशः– द्वन्दवादले अंश र समग्रको विचमा द्वन्दात्मक सम्वन्धलाई स्विकार गर्दछ । अंश अंशद्वारानै सम्पूर्ण वन्ने तथा समग्रको अधिनस्त अंश रहनु द्वन्दवाद हो । समग्र र अंशको वैज्ञानिक संयोजननै द्वन्दात्मक सिद्धान्त हो ।
ग) आवश्यक्ता र स्व्तन्त्रताः– यी दुवै एक अर्कामा अभिन्न रुपले जोडिएका द्वन्दात्मक पक्षहरु हुन । क्रान्तिको नियमहरु वुझ्नु आवश्यक्ता हो भने क्रान्तिमा संलग्न हुनु स्वतन्त्रता हो । लेनीन भन्नुहुन्छः ‘प्रकृतिको आवश्यक्ता प्राथमिक र मान्छेको इच्छा वा संकल्प सहायक हो ।’ यसमा समाजको आवश्यक्ता पहिलो र मान्छेको इच्छा वा स्वतन्त्रता द्वितीय हुन्छ ।
(घ) कारण र कार्यः– द्वन्दवादले कारण र कार्यलाई अन्तरसम्वन्धित पहलु स्विकार गर्दछ । यसले कार्य हुन कारणको आवश्यक्तालाई अनिवार्य ठान्दछ । पूजीवादलाई खतम गरि समाजवाद स्थापित गर्नु कार्य हो । यसको लागि पूजीपती र सर्वहारा वर्ग विच अन्तरविरोध चर्कदै जानु कारण हो ।
(ङ) यथार्थ र संभावनाः– यो द्वन्दवादको महत्वपूर्ण प्रवर्ग हो । हेगेलको अनुसारः ‘संभावनाले आफुलाई वास्तविकतासग जोडेको हुन्छ ।’ वादल लाग्नु संभावना र पानी पर्नु यथार्थ हो । क्रान्तिको दौरानमा सर्वहारा वर्ग सत्तामा जाने संभावना हुन्छ भने क्रान्ति विजय पछि त्यो संभावना वास्तविकतामा परिणत हुन्छ ।
(च) सार र रुपः– सार र रुपको विचमा एकरुपता र अन्तरविरोध हुनुनै द्वन्दवाद हो । यसमा सार निर्णायक र रुप सहायक हुन्छ । सारतत्व र दृश्यहरु विच द्वन्दात्मक सम्वन्ध हुन्छ । दुवैको वैज्ञानिक संयोजन गर्न सक्नुनै द्वन्दवादी प्रवर्गको विशेषता हो ।
(छ) सामन्य र विशिष्टः– यो द्वन्दात्मक भौतिकवादी सिद्धान्त हो । यसले सामन्य वा वैयक्तिक वाट विशिष्ट हुदै सार्वभौम सिद्धान्त निर्माण हुने तथ्यको वकालत गर्दछ । उदाहरणको लागि माक्र्सको साम्यवादी विचार शुरुमा वैयक्तिक वा सामन्य थियो । त्यो क्रमशः युरोपमा फैलिएर विशिष्ट मोडमा पुग्यो र अन्तमा संसारै भरी सार्वभौम वन्न पुग्यो ।
(ज) सापेक्ष र निरपेक्षः– द्वन्दवादले वस्तुमा रहेको सापेक्षता र निरपेक्षताको द्वन्दात्मक सार्वभौमिकतालाई स्विकार गर्दछ । उदाहरणको लागि सर्वहारा वर्गीय क्रान्तिमा जातीय मुद्धा सापेक्ष र वर्गीय मुद्धा निरपेक्ष हुन्छ । यही अन्तरविरोधी प्रवर्गहरुको वैज्ञानिक संयोजन गर्नुनै द्वन्दवाद हो ।
(झ) संश्लेषण र विश्लेषणः– द्वन्दवादी भाषामा विश्लेषण भनेको कुनै वस्तुको व्याख्या गर्नु र संस्लेषण भनेको त्यसलाई वदल्नु हो । अंश अंशमा विभाजित गर्नु विश्लेषण र त्यसलाई समग्रतामा जोडनु संस्लेषण हो । एंगेल्स भन्नु हुन्छः ‘विना विश्लेषण संश्लेषण हुन सक्दैन ।’ यो एक अर्काको परिपूरक हुन्छ ।
३, ऐतिहासिक भौतिकवाद (Historical Materialism)
(१) परिभाषा (Definition)
ऐतिहासिक भौतिकवाद भनेको समाज विकासका सामन्य नियमहरुको विज्ञान हो । यो समाजलाई भौतिकवादी ढंगले हेर्ने, वुझ्ने, व्याख्या गर्ने र वदल्नको निम्ती मार्गनिर्देश गर्ने मालेमावादी विश्वदृष्ट्रिकोण हो । द्वन्दात्मक भौतिकवादी आधारमा समाजलाई अध्ययन र विश्लेषण गर्ने मानव दर्शनलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । मानव समाज र त्यसका विकासका ऐतिहासिक नियमहरुको अध्ययन गर्ने वैज्ञानिक पद्धतीनै ऐतिहासिक भौतिकवाद हो । यो माक्र्सवादी दर्शन हो ।
माक्र्सले इतिहासका निर्माता जनता हुन, श्रमनै भौतिक उत्पादनको मूल्य हो र मानव इतिहास वर्गसंघर्षको इतिहास हो भनेर पुष्टि गर्नुभयो ।
(२) मानव समाज र इतिहासका श्रोतहरु (Humane Society and sources of the History)
♦ पदार्थनै मानव समाज र इतिहासका आदितत्व हुन ।
♦ भौतिक जीवनको समग्र उत्पादन पद्धतीनै मानव समाज वा इतिहासको श्रोतहरु हुन ।
♦ आम सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र वौद्धिक प्रक्रियाहरुको कुल योगनै इतिहासका श्रोतहरु हुन ।
(३) समाज विकासका मुलभूत नियमहरुः(Fundamental Law of Social Development)
♦ पहिलो, समाज विकासका ऐतिहासिक प्रक्रियालाई अभिव्यत गर्ने नियमहरु मध्य विपरितहरुको एकरुपताको नियम हो । यो समग्र ऐतिहासिक प्रक्रिया, विशिष्ट समाज व्यवस्था र चिन्तन सवै क्षेत्रमा सार्वभौम रुपमा क्रियाशील हुन्छ ।
♦दोस्रो, सामाजिक सत्ता र सामाजिक चेतनाको एकरुपताको नियम, उत्पादन शक्ति र उत्पादन सम्वन्धको एकरुपताको नियम तथा आधार र अधिरचनाको एकरुपताको नियम समाज विकासका नियमहरु हुन ।
♦ तेस्रो, नियम भनेको वर्गसंघर्षको नियम हो । यो नियम सवै वर्गसमाजमा सार्वभौम रुपमा लागु हुन्छ । पू“जीवादी समाजलाई ध्वस्त गरी समाजवादी समाज स्थापनाको लागि वर्गसंघर्षको विकल्प छैन । यो माक्र्सवादी समाज विकासको नियम हो ।
(४) उत्पादक शक्ति र उत्पादन सम्वन्धः(Production power and Relation)
♦ उत्पादक शक्ति र उत्पादन सम्वन्ध विच द्वन्दात्मक सम्वन्ध रहेको हुन्छ ।
♦ उत्पादक शक्तिः– भौतिक वस्तुको उत्पादन गर्दा मानिसले प्रकृतिसग सम्वन्ध कायम गर्दै त्यसलाई वुझ्ने र रुपान्तरण गर्ने शक्तिलाई उत्पादक शक्ति भनिन्छ । यसमा मानव श्रम, श्रमका विषय र श्रमको औजारको कुल योगलाई श्रमशक्ति भनिन्छ । यसमा मानव श्रमनै निर्णायक हुन्छ ।
♦ उत्पादन सम्वन्धः– उत्पादनको प्रक्रियामा मानिसहरुको विचको पारस्पारिक सम्वन्धलाई उत्पादन सम्वन्ध भनिन्छ । यसमा स्वामित्वको स्वरुप, उत्पादनमा मान्छेको भूमिका र तिनीहरुको आपसी सम्वन्ध र उत्पादनको वितरणको स्वरुप जस्ता तिन पक्षहरु हुन्छन् । यसमध्य स्वामित्व सवैभन्दा निर्णायक सवाल हो । पूजीवादी र समाजवादी उत्पादन सम्वन्ध आदि…..।
(५) आधार र अधिरचनाः(Base and Superstructure)
♦ यी दुवै प्रवर्गहरु विच पनि द्वन्दात्मक सम्वन्ध रहेको हुन्छ ।
♦ आधारः– माक्र्स भन्नुहुन्छः ‘यी उत्पादन सम्वन्धहरुको कुल योगनै समाजको आर्थिक ढाचा र असली आधार हो ।’ अर्थात उत्पादन सम्वन्धको समग्रतालाई आर्थिक आधार भनिन्छ । आर्थिक आधार र उपरिसंरचनामा आधार प्रधान हुन्छ । यद्यपी यिनीहरु विच द्वन्दात्मक सम्वन्ध रहेको हुन्छ ।
♦ अधिरचनाः– अधिरचना भनेको सरकार, सत्ता, कानुनी तथा राजनीतिक व्यवस्था, दर्शन, राजनीति, नैतिकता र कला जस्ता विचारधारात्मक रुपहरु पर्दछ । यही आर्थिक आधार अनुरुपनै उपरिसंरचनाहरुको विकास हुन्छ । यसकारण पनि यी दुवै पक्षहरुविच अन्योन्याश्रित सम्वन्ध रहेको स्पष्ट हुन्छ । आधार अनुरुप उपरिसंरचना नवने संघर्ष अनिवार्य हुन्छ ।
(६) वर्ग, वर्गसंघर्ष र राज्य र क्रान्तिः(Class, Class–struggle, State and Revolution)
यी अवधारणाहरु परस्पर अन्तरसम्वन्धित रहेका छन ।
♦ वर्गः– लेनीनको शव्दमा ‘वर्ग भनेको एउटा समुह सामाजिक अर्थव्यवस्थाको निश्चित पद्धतीमा आफ्नो स्थानको भिन्नताको कारण अर्को समुहको श्रमलाई हातपार्ने गर्दछ ।’ उत्पादनका साधनहरुको स्वामित्व र नियन्त्रणवाटनै मानव समाज वर्गहरुमा विभक्त भए । एउटा वर्गले अर्को वर्गलाई शोषण र विभेद गर्नेक्रममानै वर्गको जन्म भएको हो । जस्तै दास र दास मालिक आदि ।
♦ वर्गसंघर्षः– वर्ग–अन्तरविरोधपूर्ण समाजमा वर्गसंघष अनिवार्य हुन्छ । यसको निर्धारण भौतिक जीवनका परिस्थितिहरु, उत्पादनका साधनहरु माथिको स्वामित्व, वितरण र सम्वन्धसग गासीएको हुन्छ । राज्यसत्ता विरुद्ध सैद्धान्ति, राजनीतिक र आर्थिक संघर्ष गर्नुनै वर्गसंघर्ष हो । माक्र्सवादी वर्गसंघर्ष सर्वहारा अधिनायकत्व सुनिश्चीत नभएसम्म जारी रहन्छ ।
♦ राज्यसत्ताः– व्यक्तिगत सम्पतीनै वर्ग, वर्गसंघर्ष र राज्यसत्ताको उत्पतीको कारण हो । जीवनको भौतिक तथा आर्थिक परिस्थितिले व्यक्तिगत सम्पति सम्वन्धलाई ध्वस्त पारेपछि मात्र राज्यसत्ताको अन्त हुन्छ । राज्यसत्ता भनेको एउटा वर्गले अर्को वर्गलाई दमन गर्ने निकाय हो । राज्यसत्ता वर्गीय हुनुको साथै सर्वहारा राज्यसत्ता न्यायपूर्ण र वुर्जुवा राज्यसत्ता अन्यायपूर्ण हुन्छ ।
♦ क्रान्तिः– कुनैपनि वस्तुको गुणात्मक परिवर्तननै क्रान्ति हो । वर्गीय राज्यसत्ता शसष्त्र शक्तिमा अडेको हुन्छ । यस विरुद्ध क्रान्ति गर्नको लागि वलप्रयोग अनिवार्य हुन्छ । सशष्त्र क्रान्तिनै समाजवादी समाजको जन्मदाता हो । पूजीवादी राज्यसत्ता अधिनायकत्वको ठाउमा सर्वहारा राज्यसत्ता र अधिनायकत्व स्थापना गर्नुनै सर्वहारा क्रान्तिको मुख्य अभिभारा हो ।
(७) समाज विकासका चरणहरुः(Development Phases of the Society)
उत्पादन पद्धतीको विकाससगै समाजको ऐतिहासिक विकासको प्रक्रिया अघि वढीरहन्छ ।
(क) आदिम साम्यवाद (Primitive Commune) यो चरणमा सामुहीक उत्पादन सम्वन्ध थियो । वन जंगलमा खोजेर उपलव्ध भएको खाद्यपदार्थहरु समानता र सामाजिक न्यायको आधारमा वितरण गरिन्थ्यो । व्यक्तिगत सम्पती नहुनाले त्यहा कुनै वर्गको अस्तित्व थिएन । प्रारम्भमा महिलाको नेत्रृत्व वा मात्रृसतात्मक प्रणाली थियो । यो गोत्र वा कम्युनमा आधारित थियो । यस युगका अन्त तिर निजी सम्पति आर्जन गर्ने प्रवृत्ती वढदै गयो साथै परिवारमा पुरुषको हैकम देखिन थाल्यो । आदिम साम्यवादी समाजको अन्त भयो ।
(ख) दासयुग (Slave Owning Society) आदिम साम्यवादी समाजलाई विस्थापन गर्दै दासयुगको जन्म भयो । योस“गै वर्गको पनि जन्म भयो । यसमा दास र दासमालिक विच वर्गीय अन्तरविरोध थियो । दासमालिकको उत्पादनको साधन तथा दासहरु माथि पूर्ण नियन्त्रण वा स्वामित्व थियो । रोमवाट प्रारम्भ भएको दासयुग पछि अन्यत्र पनि फैलियो । दासहरु माथि दासमालिकहरुले चरम वर्गीय शोषण र विभेद कायम राखे । यसपछि राज्यसत्ता अनिवार्य वन्न गयो । व्यक्तिगत सम्पतिको विकास, गाउ“ र शहर तथा भौतिक र मानसिक श्रमवीच अन्तरविरोध पैदा भयो ।
(ग) सामन्तवादी समाज (Feudalist Society) दासयुगलाई निशेध गर्दै यसैको गर्भवाट सामन्तवादी समाजको जन्म भयो । यसमा दासहरु भूदास दासमालिकहरु सामन्त वा जमीन्दार वर्गको रुपमा अस्तित्वमा आए । यसको मुल आर्थिक आधार भनेको सामन्त वर्गको स्वामित्वमा आधारित भूमिव्यवस्था हो । त्यसवेला सामन्तवादी उत्पादन पद्धती थियो । भूमिपती र किसानहरु विच प्रधान वर्ग अन्तरविरोध थियो । यस्तो समाजमा जिन्सी कुत, नगद कुत र वेठवेगारी जस्ता शोषणका रुपहरु थिए ।
(घ) पूजीवादी समाज (Capitalist Society) सामन्ती समाजको गर्भवाट पूजीवादी समाजको जन्म भयो । मेशीनहरुको आविष्कार पछि शुरु भएको औद्योगिक क्रान्तिले पूजीवादको जन्म भयो । यसपछि सामन्ती उत्पादन पद्धतीमा एकाएक पूजीवादी उत्पादन पद्धतीको विकास भयो । पूजीपती र मजदुर विच प्रधान अन्तरविरोध सृजना भयो । पू“जीवादमा माल उत्पादनमा जोड दिइयो । तर यो जनताको आवश्यक्ता भन्दा पनि पूजीपतीहरुको मुनाफाको लागि थियो । मजदुरको श्रमवाट पैदा भएको अतिरीक्त नाफालाई माक्र्सले अतिरीक्त मुल्यको संज्ञा दिनुभयो । यसमा पूजीपती र मजदुर विच वर्गसंघर्ष चलीरहन्छ ।
(ङ) समाजवादी समाज (Socialist Society) पूजीवादी समाजको गर्भवाट जन्मने समाजवादी समाजमा पनि पूजीपती र सर्वहारा वर्ग विचनै प्रधान अन्तरविरोध हुन्छ । वर्गसंघर्ष कायमै रहन्छ, तर राज्यसत्तामा सर्वहारा वर्गको नेत्रृत्व र अधिनायकत्व रहन्छ । वहुसंख्यक सर्वहारा वर्गले मुठ्ठीभर पूजीपतीहरु माथि नियन्त्रण गर्नुको साथै उत्पादनको साधनहरुको सामाजिकरण युद्धस्तरमा गरिन्छ । यो परिश्रमी र समस्त जनताको समाजवादी स्वामित्वमा आधारित हुन्छ । सामुहिक उत्पादन पद्धती हुन्छ । प्रत्येकले काम गर्नुपर्छ र काम अनुसारको माम यसको आधारभूत पक्ष हो । माक्र्सको शव्दमाः ‘समाजवादी समाज साम्यवादी समाजको पूर्ववेला हो ।’
(च) साम्यवादी समाज (Communist Society) समाजवादी समाजको उच्चतम र उन्नत रुपनै साम्यवादी समाज हो । साम्यवादमा सवैखाले वर्गअन्तरविरोधहरुको अन्त हुनेछ । राज्य, राज्यसत्ता, वर्ग र जातीहरु विलोप हुनेछ । यो वर्गविहीन, उत्पीडनविहीन र राज्यविहीन समाजव्यवस्था हो । व्यक्तिगत सम्पति, गाउ र शहर, शारिरिक र मानसिक श्रमको अन्त हुनेछ । ‘प्रत्येकसग उसको क्षमता अनुसार, प्रत्येकलाई उसको आवश्यक्ता अनुसार’ हुनेछ । साम्यवाद एक विश्व व्यवस्था हो ।
४, ज्ञान सिद्धान्त (Knowledge Theory)
(१) ज्ञान सिद्धान्तः
(क) परिभाषा (Definition)
♦ ज्ञान भनेको पदार्थ वा भौतिक जगतको मानव मष्तिष्क र ज्ञानेन्द्रीयहरुमा पर्ने प्रतिविम्व हो । कुनै पनि वस्तु जगतको विम्व मानव मष्तिष्कमा पुगेर वनेको चेतनाले उक्त वस्तु वा घटनाको अस्तित्व, गुण र सम्वन्धको वोध गर्दछ । यसैलाई ज्ञान भनिन्छ ।
♦ जीवन र जगतमा ज्ञान प्राप्त गर्ने तरिका र ज्ञान तथा व्यहारविचको अन्तरसम्वन्ध आदि विषयहरुको अध्ययन गर्ने दर्शनशाष्त्रको विशिष्ट शाखालाई ज्ञान सिद्धान्त भनिन्छ ।
♦ दुइखाले दर्शन भएजस्तै ज्ञान सिद्धान्त पनि सोही अनुरुप दुइ किसिमका छन ।
♦ आध्यात्मवादले ज्ञानलाई ईश्वरीय देन, मानिसको स्वअनुभव वा संवेदनालाई ज्ञानको श्रोत मान्दछ ।
♦ भौतिकवादीहरुले ज्ञानलाई वस्तुजगतको ऐना मान्दछ ।
(ख) ज्ञानका श्रोतहरु (Sources of Knowledge)
♦ भौतिकवादले ज्ञानको श्रोतः भौतिक विश्व, पदार्थ जगत र मानिस मानिस विचको उत्पादन सम्वन्धि समग्र गतिविधिहरुको प्रतिफल मान्दछ ।
♦ उत्पादनका लागि संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्ष सम्वन्धि व्यवहारनै ज्ञानका असली श्रोतहरु हुन ।
♦ सामाजिक व्यवहारनै ज्ञानको श्रोत हो ।
♦ तर आदर्शवादले ईश्वर, चेतना, स्वअध्ययन र मानव संवेदनालाई ज्ञानको श्रोत मान्दछ ।
(ग) ज्ञानका विधिहरु (Methods of Knowledge)
♦ निरीक्षण र प्रयोगः– कुनै पनि वस्तु प्रतिको ज्ञानलाई अझ विकसित तुल्याउन सो वस्तु माथि गहन निरीक्षण सहित प्रयोगमा जाने पद्धतीनै ज्ञानलाई संमृद्ध वनाउने विधि हो ।
♦ निगमन र आगमनः– कुनै पनि वस्तु प्रतिको ज्ञान सामन्यवाट जटील तर्फ जाने प्रणालीलाई निगमन र विशेषवाट सामन्यतर्फ फर्कीने प्रणालीलाई आगमन भनिन्छ । यी दुवै पक्षहरु विच द्वन्दात्मक सम्वन्ध हुन्छ ।
♦ अमूत र मूर्तः– यी दुवै पहलु विच पनि द्वन्दात्मक सम्वन्ध हुन्छ । कुनै वस्तु प्रतिको सामन्य ज्ञाननै अमूर्त ज्ञान हो भने समग्र र गहन ज्ञान मूर्त ज्ञान हो । अर्थात अपूर्ण वा प्रारम्भीक ज्ञान अमूर्त ज्ञान र पूर्ण वा ठोस ज्ञान मूर्त ज्ञान हो । यही मूर्त ज्ञान नै व्यवहार तर्फ वढदछ ।
♦ ऐतिहासिक र तार्किकः– वस्तु जगतको ऐसतहासिक विकास प्रक्रिया वरीपरीको अध्ययनवाट प्राप्त ज्ञान ऐतिहासिक ज्ञान हो । उता वस्तुगत र इतिहाससम्मत चीजहरुलाई तार्किक दृष्ट्रिले पुष्टी गर्नु ज्ञान प्राप्तीको तार्किक वा उच्चतम विधि हो । इतिहाससम्मत घटनालाई तर्कमा अभिव्यक्त गरेर मात्र तथ्यवाट सत्य पत्तो लगाउन सकिन्छ ।
♦ विश्लेषणवाट संश्लेषणः– एंगेल्स भन्नु हुन्छः ‘विना विश्लेषण संश्लेषण हुनसक्तैन ।’ यसकारण कुनै पनि वस्तुको व्याख्या गर्नु विश्लेषण हो भने त्यसलाई वदल्नु सश्लेषण हो । विश्लेषण भनेको वस्तुको वास्तविक अन्तरविरोध पत्ता लगाउनु हो र सश्लेषण भनेको त्यसको समाधन गर्नु हो । त्यसैले ज्ञान सिद्धान्तमा यी दुवै पक्षहरुको अन्तरसम्वन्ध रहेकोछ ।
(घ) ज्ञानका चरणहरु (Phases of Knowledge)
♦ इन्द्रीय ग्राह्य ज्ञानः– ज्ञान प्राप्तीको थालनी पदार्थ वा व्यवहारवाट हुन्छ । कुनै वस्तु र घटना वारे वाह्य तथा सामन्य जानकारी प्राप्त गर्नु, संवेदना र संस्कारले समृद्ध वन्नु वा प्रत्येक्ष अनुभव लिनु ज्ञानको यन्द्रिीयग्राह्य चरण हो । यसमा संवेदनात्मक, प्रत्येक्ष र अनुभव ज्ञान समेत जम्मा तिन उपचरणहरु हुन्छन । यो ज्ञान प्राप्तीको प्रथम चरण हो ।
♦वुद्धिसंगत वा तार्किक ज्ञानः– इन्द्रिीयग्राह्य वा संवेदना, प्रत्येक्ष र अुनभवको स्तरवाट विकसित हुदै धारणा, निर्णय, निष्कर्ष र नियम वा सिद्धान्तको स्तरमा गुणात्मक ढंगले रुपान्तरित ज्ञानलाई वुद्धिसंगत ज्ञान भनिन्छ । यो ज्ञान प्राप्तीको दोस्रो चरण हो । इन्द्रियग्राह्य र वुद्धिसंगत ज्ञान विच गुणात्मक अन्तर हुन्छ । वस्तुको वह्य र सामन्य ज्ञान मात्र लिनु इन्द्रिय ज्ञान हो । तर सारतत्वको पूर्ण ज्ञान लिनु तार्किक ज्ञान हुन्छ ।
♦ ज्ञान व्यवहारमा फर्कनेः– वुद्धिसंगत ज्ञान प्राप्ती पछि यो व्यवहार तर्फ अघि वढदछ । माओले सामन्य र तार्किक ज्ञान व्यवहारमा फर्कदा एकाएक छलाङ मार्दछ भन्नुभएको थियो । व्यवहारवाट सामन्य हुदै वुद्धिसंगत ज्ञानवाट पुनः व्यवहारमा फडको मार्ने पद्धतीनै माक्र्सवादी ज्ञान सिद्धान्त हो । यसमा कुनै पनि वस्तु माथिको सैद्धान्तिक ज्ञानलाई व्यवहार मार्फत परिवर्तन गर्नु भन्ने अर्थमा वुझ्नु पर्दछ ।
(ङ) ज्ञान र व्यवहार (Knowledge and Practice) व्यवहार भनेको ज्ञानको आधार हो । व्यवहार अर्थात भौतिक क्रियाकलापहरुवाटनै ज्ञान प्राप्त हुन्छ । व्यवहारलेनै सही र गलत ज्ञान छुटयाउदछ । अर्थात ज्ञानको आधारशीला सहि र वस्तुवादी छ कि छैन भनेर जाच्ने वैज्ञानिक कडीनै व्यवहार हो । ज्ञान र व्यवहार अन्तरसम्वन्धित पहलुहरु हुन । व्यवहार, ज्ञान पुनः व्यहारमानै फर्कीने पद्धती माक्र्सवादी ज्ञान सिद्धान्तको अन्तरवस्तु हो ।
नोटः आध्यात्मवादी र वुर्जुवा दर्शनले यसको ठिक विपरित वकालत गर्दछ ।
Minendra Bhandari-Nischal