११ श्रावण २०८१, शनिबार

नलगाड नगरपालिका ले फाल्गुन १० गते शैक्षिक बहस कार्यक्रम गर्ने

जाजरकोट । जिल्लाको नलगाड नगरपालिकाले यही फागुन १० गते शैक्षिक बहसको आयोजना गरेको छ । जिल्लाको निर्वाचन (क) को शैक्षिक सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना गरेको हो ।

१० गते आयोजना गरिएको शैक्षिक बहस कार्यक्रम नलगाड नगरपालिकाको दल्लीमा हुने भएको छ ।जिल्लाको निर्वाचन (क) को शैक्षिक अवस्थालाई सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जानकारी दिए ।

जिल्लाको निर्वाचन (क) शैक्षिक अबस्थाका विषयमा प्रदेश सांसदलाई बोध गराउन नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना गरेको हो, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने–‘निर्वाचन (क) मा रहेका अन्तरपालिका तथा स्थानीय तहहरुबीच शैक्षिक बिकासमा हासिल गरेका अनुभवहरुलाई आदान–पदान गर्न हामीले शैक्षिक बहसको आयोजना गरेका हौं ।’

निर्वाचन (क) का सबै स्थानीय तह र सवै माध्यामिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा विकास गर्न सुर्खेत जिल्लाको बड्डीचौर स्थित जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले शैक्षिक बहस कार्यक्रमलाई सहजीकरण गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत गिरीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत गिरीले दिएको जानकारी अनुसार शिक्षाका बिषयमा कर्णाली प्रदेश संसदमा उठाउनुपर्ने बिषयहरुलाई शैक्षिक बहस कार्यक्रमले तय गर्ने लक्ष्य लिएको छ । निर्वाचन (क) को शैक्षिक अबस्था सुधार तथा शैक्षिक बिकासको योजनामा लागिपर्न प्रदेश साँसद सहित सरोकारवालाहरुको सामुहिक प्रतिवद्धता गराउने शैक्षिक बहस कार्यक्रमको अर्को लक्ष्य रहेको छ ।

निर्वाचन (क) बाट कर्णाली प्रदेश सभा सदस्य बेदराज सिंहको प्रमुख आथित्यतामा आयोजना गरिएको शैक्षिक बहस कार्यक्रममा नलगाड, भेरी नगरपालिका र बारेकोट, कुशे गाउँपालिकाका शिक्षा शाखा प्रमुखहरु, सबै माध्यामिक बिद्यालयका प्रधानाध्यापकहरु र विद्यालय व्यवस्थापन समितिका सबै अध्यक्षहरु सहितको सहभागीतामा शैक्षिक बहस कार्यक्रम संचालन गर्न लागिएको नलगाड नगरपालिकाले जानकारी दिएको छ ।