११ श्रावण २०८१, शनिबार

राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले चैत ४,५ र ६ गते जिल्ला अधिवेशन गर्ने

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोट आयाेजक कमिटीको बैठक पार्टीका जिल्ला अध्यक्ष खिम बहादुर शाहि ,उपाध्यक्ष  गाेपाल बटाला  उप सचिव गाेपाल नेपाली र कार्यलय सचिव कर्ण बहादुर शाहिकाे काे विशेष उपस्थितिमा खलंगा स्थित पार्टी कार्यलयमा आज सम्पन्न भयकाे हाे ।

बर्तमान अवस्थामा नेपाली युवा/ युवतिहरुमा रहेका बेरोजगारका कारणले कुलत र  डिप्रेसनका समस्या छन । यसकाे खाडल मेट्नका लागि सबै युवाहरुले जिल्लामा महा अभियान थालेर सामाजिक कार्यमा जाेडिनु पर्ने  र संसार युवाहरूको हातमा निर्भर रहने हुनाले सबै ले आफ्नो कर्तव्य बाेधका साथ  फिल्डमा खट्नुपर्ने पार्टी  अध्यक्ष शाहिले प्रशिक्षित गर्नु भयकाे जनाईएकाे छ ।

आगामी  फाल्गुन १३ देखि २६  गते सम्म सबै पालिकाहरुमा भेला गर्ने र चैत ४,५ र ६ गते जिल्ला अधिवेशन गर्ने गरि बैठक सम्पन गरियकाे  जिल्ला आयाेजक समिति का सदस्य अशाेक बहादुर सिंहले बताय ।