११ श्रावण २०८१, शनिबार

नेकपा बहुमत जाजरकोटकाे संयाेजकमा : हिमाल

लेखक : शुनिल सिंह जाजरकोट

३ फाल्गुन जाजरकोट ।नेकपा (बहुमत) जाजरकोटकाे पाँचौ पुर्ण बैठकले ठगेन्द्र बहादुर सिंह  (हिमाल) लाई संयाेजकमा चयन गरेकाे छ ।

नलगाड नगरपालिका ५ म फालगुन १ र २ गते भयकाे बैठक तथा प्रशिक्षण बाट हिमाल लाई सर्वसहमतिवाट संयाेजकमा अनुमाेदन  गरियकाे हाेे ।  पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली ब्युरो  ईन्चार्ज संगम काे प्रमुख अथितिमा केन्द्रीय सदस्य तथा डाेल्पा – जाजरकोट जिल्ला ईन्चार्ज धमिल ,सल्लाहकार समिति सदस्य  हर्क र  हरिशकाे आथित्यतामा उक्त कार्यक्रम सन्चालन भयकाे थियाे।जनयुद्ध दिवशकाे अबसरमा सन्चालित उक्त प्रशिक्षण तथा बैठक  संचालन  भयकाे थियाे ।

बैठकको प्रारम्भमा विभिन्न मुक्तिकामी  आन्दाेलनमा आफ्नो जिवनलाई बलिदानि गर्नुहुने ज्ञात अज्ञात सहिद प्रति १ मिनेट माैनधारण गरि श्रद्धाञ्जली अर्पन गरियकाे थियाे । कार्यक्षेत्रमा रहेकाले सबै कमिटि र जवस माेर्चावाट आफ्नो मातहतको रिपोर्ट राखेका थिय । बैठकमा उठेका बिषय तथा पार्टीकाे पछिल्लो कार्यक्रमकाे बारेमा केन्द्रिय सदस्य तथा डाेल्पा जाजरकोट इन्चार्ज कः धमिलले स्पष्ट पारेका थिय  ।उक्त बैठकले जिल्लामा भैरहेका भ्रष्टाचार , बिकाश निर्माणकार्यमा भैरहेकाे अनियमितता र ढिलासुस्ती काे बिरुद्ध संघर्ष गर्ने निर्णय गरेकाे र पार्टीकाे एरिया भेला/ बैठक गरि संगठन मजबुत गर्ने निर्णय गरियाे। केन्द्रीय कार्यक्रमअन्तरगत जिल्लामा संघर्षका कार्यक्रम गर्ने साथै पार्टीकाे एरिया कार्यक्षेत्रमा थपघट भयकाे , उक्त बैठकले ब्युराे कमिटीबाट अनुमाेदित हिमाल लाई जिल्ला संयाेजकमा अनुमाेदित गरेकाे हाे ।

जिल्ला  स्तरकाे उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला ईन्चार्ज  धमिलले बर्तमान परिवेशमा दलाल सत्ताले जनतालाई दु:ख र संकटमा झनै पार्दै जादा जनताकाे मेरुदण्ड र श्रवहारा बर्गकाे अग्रदस्ता काे रुपमा पार्टीलाई लिनकाे निमित्त जनतासंग नियमित जाेडिन र जनसम्बन्ध एवम कार्यक्रम लाई थप उर्जाका साथ अघि बढाउन प्रेरित गर्नुभयाे । प्रदेश ईन्चार्ज  संगमले बर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पार्टीको कार्यदिशा कार्यनिति तथा रणनीति सम्बन्धि महत्त्वपूर्ण प्रशिक्षण दिनुभयकाे थियाे । उहाले पार्टीले अहिले लिईरहेकाे कार्यदिशाले बैज्ञानिक समाजवाद काे जन्म संगै दलाल संसदिय ब्यबस्थाकाे अन्त्य गर्ने र यसकाे निमित्त सम्पुर्ण बामपंथी प्रगतिशील तथा क्रान्तिकारी हरुकाे धुर्बिकरण र जनताकाे संघर्ष संगै पार्टीको सकृयता निरन्तर रहने कुरा बताउनु भयाे । कार्यक्रमका अध्यक्ष हिमालले  अन्तमा जिल्लामा भईरहेका सबै समस्याको समाधानकाे पाटाे खाेज्न पार्टीले दिएकाे जिम्मेवारी पूरा गर्ने र जस्तोसुकै चुनाैतिहरुकाे सामना गर्ने  प्रणका साथ बैठक समापन गरेका थिय ।

प्रेस विज्ञप्ति :