११ श्रावण २०८१, शनिबार

युवा बिद्यार्थी बिदेश पलायन हाेईन , दलाल र माफियाहरुलाई लखेट्ने अभियानमा लाग्नु पर्छ : पुर्ण बहादुर सिंह

३ फाल्गुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत का केन्द्रीय सचिवालय सदस्य , पुर्व अखिल क्रान्तिकारी का अध्यक्ष,  युवा नेता पुर्ण बहादुर सिंहले युवाहरु अब बिदेशीकाे दास भयर पलायन हाेइन  (सुन साईलि –  भन साइला) जस्ता गितमा हाेईन दलाल र माफिया हरुलाई लखेट्ने अभियानमा सामेल हुनु पर्ने बताय ।

बहुमत निकट अखिल क्रान्तिकारी कमर्श क्याम्पस समितिकाे आयाेजजामा नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बाेल्दै सिंहले उक्त कुरा बतायका हुन ।

सिंहले थप भने नेपाललाई बुद्ध र सगरमाथाको देशले चिन्निनु पर्नेमा बिडम्बना  श्रमिक  जन्माउने कारखाना, दलाल माफिया र भ्रष्टाचारकाे देशका रुपमा चिनाउने ब्यवस्था रहेकाेले याे अवस्थाबाट मुक्त हुन सबैले अग्रगामी साेचका साथ  अगाडि बड्नुपर्ने र  जमाना फेसबुकबाट टिकटकमा बदलियकाे  छ त्यसैले युवा, बिद्यार्थीहरुले पन्चायत ,सामन्तवादी र दलाल तन्त्रकाे  साेचमा नभयर अग्रगामी र बैज्ञानिक साेचमा ,समाज रुपान्तरण संगै बैज्ञानिक समाजवादी शिक्षा तिर सबैले लाग्नुपर्ने र आफ्ना काम कर्तव्य  र अधिकार के हाे ?राेज्नु पर्छ ,र आगामी चैत ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा सबैले बल ,मान र नेत्र भयकाे संगठन र ब्यक्तिलाई राेज्नुपर्ने बताय ।

कार्यक्रम कमर्श क्याम्पसकाे प्राङ्गणमा भयकाे थियाे । कार्यक्रम काे संचालन कृष्ण खड्का , अध्यक्ष्ययता कमर्श क्याम्पस समितिका  संयाेजक गणेश थापा ,अन्य अतिथि  नेकपा बहुमत उपत्यका ब्युराे ईन्चार्ज :अविरल ,संगठन का केन्द्रीय सचिव नवराज भट्ट सचिवालय सदस्य नविन खड्का , गाेबिन्द बिष्ट कमर्श क्याम्पस प्रमुख ध्रुब प्रसाद सिलवाल  र संगठनका केन्द्रीय सदस्यहरु  र अन्य  बिद्यार्थी हरुकाे सहभागीतामा कार्यक्रम संचालन भयकाे थियाे ।

बिचबिचमा साँस्कृतिक प्रस्तुति सहित कार्यक्रममा नव आगन्तुक बिद्यार्थी हरुलाई स्वागत गर्दै कार्यक्रम समापन भयकाे थियाे ।