११ श्रावण २०८१, शनिबार

स्ववियु निर्वाचन बिद्यार्थीकाे सुखदुःख मा साथ दिने र बिद्यार्थीद्वारा अनुमाेदित हुनु पर्छ । इ.नवराज भट्ट

३ फाल्गुन काठमाडौं ।अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव एवम् नेकपाका युवा नेता नवराज भट्टले आगामी स्ववियु निर्वाचनमा वास्तविक विध्यार्थीको नेता विध्यार्थी Character को , कलेजमा अध्ययनरत , आम विध्यार्थीको एजेन्डा स्थापित गराउने , विध्यार्थिको शुख र दु:ख मा साथ दिने आम विध्यार्थी मार्फत अनुमोदित भएको निर्वाचित हुन पर्ने बताए ।

नेकपा (बहुमत) निकट अखिल ( क्रान्तिकारी ) नेपाल कमर्श क्याम्पस समितिकाे आयाेजजामा नव-आगन्तुक बिद्यार्थीहरुलाई स्वागत कार्यक्रममा विशिस्ट अतिथिको रुपमा बाेल्दै नेता भट्टले अखिल (क्रान्तिकारी )ले देशै भर विध्यार्थी Character भएको वास्तविक विध्यार्थी नेता , कलेजमा अध्ययनरत , आम विध्यार्थीको एजेन्डा स्थापित गराउने , विध्यार्थिको शुख र दु:ख मा साथ दिने, समग्र शैक्षिक रुपान्तरण गर्ने प्रतिबद्ध भएको टिम सहितको स्ववियु प्यानल घोषणा गरिने उक्त कार्यक्रम मार्फत बताए । त्यसैगरी २८ बर्षे उमेर हद  अखिल क्रान्तिकारीको एजेन्डा थियो जुन हामिले २०७३ सालको स्ववियु निर्वाचन बाट अभ्यास गरिसकेको थियौ । अब जसको नीति उसैको नेतृत्व हुन पर्ने र त्यो अन्तर्गत आम विध्यार्थीको रोजाई हुने नेता भट्टले जनाए ।


उक्त कार्यक्रम नेपाल कमर्श क्याम्पसकाे प्राङ्गणमा भयकाे थियाे । कार्यक्रमकाे प्रमुख अतिथी सङ्गठनका फ्याक्सन इन्चार्ज पूर्ण बहाडुर सिंह , विशिस्ट अतिथी सङ्गठनका केन्द्रीय सचिव इ. नवराज भट्ट , संचालन कृष्ण खड्का , अध्यक्ष्ययता कमर्श क्याम्पस समितिका  संयाेजक गणेश थापा ,अन्य अतिथि  नेकपा बहुमतका केन्द्रीय सदस्य क. अविरल विरल ,सङ्गठनका सचिवालय सदस्य नविन खड्का , गाेबिन्द बिष्ट कमर्श क्याम्पस प्रमुख ध्रुब प्रसाद सिलवाल  र संगठनका केन्द्रीय सदस्यहरु  र अन्य  बिद्यार्थी हरुकाे सहभागीतामा कार्यक्रम संचालन भयकाे थियाे।

अन्त्यमा नेता भट्टले नेपाल कमर्श क्याम्पस स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी ) लाल किल्लाको रुपमा स्थापित हुने बिश्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रममा थुप्रै सास्कृतिक प्रस्तुति , नृत्य , गजल, चुटकिला, हास्यब्यङ्ग सहित कार्यक्रममा नव आगन्तुक बिद्यार्थी हरुलाई स्वागत गर्दै कार्यक्रम समापन भयकाे थियाे ।