११ श्रावण २०८१, शनिबार

जाजरकोट नेकपा बहुमतकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

लेखक : शुनिल सिंह

१ फाल्गुन जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी ( बहुमत) जाजरकोटको प्रशिक्षण कार्यक्रम नलगाड नगरपालिका ५ मा सम्पन्न भएको छ ।

जिल्ला संयोजक हिमालको अध्यक्षता र पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज संगम को प्रमुख अथितिमा केन्द्रीय सदस्य तथा डोल्पा जाजरकोट जिल्ला ईन्चार्ज धमिल, सल्लाहकार समिति सदस्य हर्क र हरिशको आथित्यतामा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो ।

२८ ओैं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध र विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने शहिदहरु प्रति  श्रद्धाञ्जली तथा उच्च सम्मान  ब्यक्त गर्दै  प्रशिक्षण कार्यक्रम सुचारू  भएको हो । जिल्ला स्तरको उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला ईन्चार्ज धमिलले वर्तमान परिवेशमा दलाल सत्ताले जनतालाई दुःख र संकटमा पार्दै जाँदा जनताको मेरुदण्ड र सर्वहारा वर्गको अग्रदस्ताको रुपमा पार्टीलाई लिनको निमित्त जनतासंग नियमित जोडिन र जनसम्बन्ध राख्न र कार्यक्रम लाई थप उर्जाका साथ अघि बढाउन प्रेरित गरे ।

प्रदेश ईन्चार्ज संगमले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पार्टीको कार्यदिशा कार्यनीति तथा रणनीति सम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिएका थिए ।उनले पार्टीले अहिले लिईरहेको कार्यदिशाले बैज्ञानिक समाजवादको जन्म संगै दलाल संसदीय व्यवस्थाको अन्त्य गर्ने र यसको निमित्त सम्पुर्ण बामपंथी प्रगतिशील तथा बिचार  मिल्ने  क्रान्तिकारीहरुको धुर्बिकरण र जनताको संघर्ष संगै पार्टीको सकृयता  निरन्तर रहने कुरा बताए । कार्यक्रमका सञ्चालक तथा अध्यक्ष हिमालले उक्त प्रशिक्षण कार्यक्रम समापन गरे । जिल्ला कमिटीको बैठक मंगलबार बिहान बाट सुरु हुनेछ बताएको छ  ।