११ श्रावण २०८१, शनिबार

जनयुद्धका क्षणहरु झन सुनाैला र प्रिय बन्दै गईरहेका छन बाकि अबिभारा हामी पूरा गर्नेछाै ; : कन्चन

१ फाल्गुन काठमाडौँ : २८ औँ जनयुद्ध दिवसका अवसरमा नेकपा (बहुमत )केन्द्रीय कार्यलयद्वारा आयाेजित कार्यक्रममा बाेल्दै संयाेजक  कञ्चनले जनयुद्धका ती क्षणहरु अविस्मरणीय सुनाैला र गाडा बन्दै गईरहेका , क्रान्तिलाई अगाडि बढाउनका लागि झन प्रिय र सुनाैला दिनका रुपमा स्थापित भईरहेका र वैज्ञानिक समाजवाद प्राप्तिका लागि मस्तुरकाे रुपमा हार्विनकाे स्वर दिईरहेकाे बताय ।

संयोजक कञ्चनले भनेका छन्, ‘नेपाली श्रमिक, उत्पीडित जनता र राष्ट्रको मुक्तिको महान् उद्देश्य लिएर सञ्चालन गरिएको जनयुद्ध घोषणा भएको २८ वर्ष भएको छ । यस सन्दर्भमा सर्वप्रथम हाम्रो पार्टी सहिद, बेपत्ता योद्धाहरूप्रति अमिट सम्झना गर्नुका साथै घाइते योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण श्रमजीवी, उत्पीडित वर्गमा शुभकामना व्यक्त गर्दछ ।’

संयाेजक कन्चनले भने नेपाली  जनता अहिले भ्रष्टाचार, महँगी, वित्तीय संस्थाको लुटबाट आक्रान्त भएका छन , ‘अहिले संसदीय व्यवस्था वैचारिक, राजनीतिक रूपमा भ्रष्ट भएको छ ।नेपालमा कम्युनिस्ट पार्टीको टुठफुटकाे ईतिहास लाई अब हामिले निर्माण गरेकाे कार्यक्रम र कार्यदिशाबाट अन्त्य हुने र यसै मार्फत सबै क्रान्तिकारी  बिचार , लक्ष्य र उदेश्य मिल्ने कम्युनिस्ट पार्टी संग निकट भबिस्यमै एकता गरेर अगाडि बढ्ने उद्घघाेष गरेका छन ।

थप उनलेे भने सदियौँ देखि शोषण, दमन र उत्पीडनमा परेका जनताले मुक्तिको अनुभूति गरेका थिए । इतिहासमा नै पहिलोपटक महिला, दलित, जनजाति, क्षेत्रीय उत्पीडनमा परेका निमुखाहरू बाेल्न सक्ने भएका थिए । आफ्नो मुक्तिका खातिर आफैँ हतियार उठाउन सक्षम भएका थिए । एक्काईसौँ शताब्दीमा माओको निधनपछि नेपालमा जनवादको अभ्यास गरिएको थियो । त्यसैले जनयुद्ध महान् छ, गर्व गर्नलायक छ । हामी जनयुद्धलाई यही रूपमा ग्रहण गर्दछौँ । स्मरण गर्दछौँ । साथै जनयुद्धका बाँकी कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने कठिन तर जाज्वल्यमान र समानतामूलक राज्यसत्ता निर्माणको बाटोमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

पुरानो बानेश्वर काे डानिङ पार्ककाे हलमा संचालित कार्यक्रमकाे अध्यक्ष्यता संयाेजक कन्चनले र  संचालन केन्द्रीय कार्यलय सदस्य दिपकले गरेका थिय भने स्वागत मन्तब्य केन्द्रीय सदस्य आजादले गरेका थिय ।  पार्टी प्रवक्ता सुदर्शन र केन्द्रीय सचिवालय सदस्य गम्भीरले शुभकामना मन्तब्य राखेका थिय भने अन्तर्राष्ट्रिय गित र शहिदहरुप्रति उच्च सम्मान गर्दै कार्यक्रम सुचारू  भयकाे थियाे । बिच बिचमा  साँकृतिक प्रस्तुति  र कार्यक्रममा सहिद परिवार र घाइते परिवारकाे तर्फबाट राकेश ले सबै सहभागीहरुलाई राताे अविर लगायर शुभकामना आदानप्रदान र अन्तमा चियापान गरेर जनयुद्ध दिवश कार्यक्रम  सम्पन्न भयकाे थियाे ।