११ श्रावण २०८१, शनिबार

सहिद तथा बेपत्ता याेद्दा सन्तति फाउन्डेसनमा नयाँ नेतृत्व

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले नयाँ नेतृत्व चयन गरेको छ । गोकर्णको जगडोलस्थित सहिद तथा बेपत्ता स्मारकमा सम्पन्न फाउन्डेसनको दोश्रो साधारणसभाबाट नयाँ नेतृत्व भएको हो ।साधारणसभाले निवर्तमान अध्यक्ष नविन पोखरेल र महासचिव अटल आचार्यको प्रतिवेदन एकमतले पारित गरेको छ । साधारणसभामा माओवादी आन्दोलन निकट सबै घटकका नेताको उपस्थिति रहेको थियो ।

निर्वाचित नयाँ समितिको अध्यक्षमा सन्दिप पुन, उपाध्यक्षहरुमा प्रकाश बास्तोला र नग्मा माली, महासचिवमा जटिल कार्की, सचिवमा युन्छोहाङ माबो लिम्बु र कोषाध्यक्षमा दीपशिखा नाथ चयन भएका छन् । सदस्यहरुमा चुडामणि चलाउने, सन्तोष लम्साल, अर्चना ठाकुर, समिरा राई, सन्जिता लामिछाने, पार्बती खड्का र राजु महतो रहेका छन् ।