११ श्रावण २०८१, शनिबार

जाजरकोट ट्याक्टरले च्यापेर एक जनाकाे मृत्यु

जाजरकोट ।ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा न.५ को दम्दाला गाउँ  नजिकै ट्याक्टरले किच्दा  साेहि दम्दाला गाउका एक जना पुरुषको ज्यान गएको हाे ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष रोकाका अनुसार पाँचकाटिया देखि दम्दाला जाँदै गरेको ट्याक्टर सडकमा रोकेर चालक तल ओर्लिएको वेला ट्याक्टरमा सवार व्यक्तिले गियर चलाएपछि दुर्घटना भएको हो ।

ओरालोमा रोकेको ट्याक्टरको गियर चलाउँदा गुडन थालेपछि हाम फाल्न खोज्दा पछाडिको टायरमा च्यापिएर ती पुरुषको मृत्यु भएको बताईएको छ । प्रहरी घटनास्थल तर्फ गईरहेको डिएसपी रोकाले बताए ।