२३ भाद्र २०८१, आईतवार

जाजरकोट युवा संगठन नेपालले बुझायाे , प्रशासनलाई ध्यानाकर्षण पत्र

जाजरकोट ।

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको केन्द्रिय समितिको निर्णय  अनुसार आज प्रधानमन्त्री कार्यालय तथा देशका सबै जिल्ला प्रसासन कार्यालयहरुमा,  ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम  अनुरुप आज जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र, युवा संगठन नेपाल जाजरकोटले  बुझाएको छ। जिल्ला प्रशासन कार्यलय जाजरकोट मा गई युवा संगठन का प्रतिनिधि हरुले उक्त पत्र बुझायका हुन ।

ध्यानाकर्षण पत्रमा बिशेष गरि
१- वैदेशिक रोजगार ब्यवसायिहरुले निम्त्याएका समस्याहरु
२- बित्तीय संघ संस्थाहरुले निम्त्याएका समस्याहरु
३- मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरु
लगायत बिषयबस्तुहरु रहेका छन ।

ध्यानाकर्षण पत्र :