११ श्रावण २०८१, शनिबार

आतंक मच्चाउने लघुबित्त,र मिटर ब्याजिलाई नेकपा जाजरकोटले प्रतिबन्ध लगाउने

जाजरकोट ।

नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले  जनतालाई डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने लघुवित्त र मिटर ब्याजीहरुलाई प्रतिबन्ध लगाएको घोषण गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका जिल्ला इन्चार्ज पौरख सी र जिल्ला सेक्रेटरी बिराजन सीले आज लघुवित्तलाई जाजरकोट जिल्लामा प्रतिबन्ध गरिएको विज्ञप्ति जारी गरि यस्तो गरेका हुन्।
बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध समेत गरेका छन।
आफुहरुकाे शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन।
साथै विज्ञप्तिमा भनिएको छ,‘बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध गर्दछ।अन्यथा जनताको वित्तीय न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुनेछौं ।’
यस्तो भनिएको छ बिज्ञप्तीमा
प्रेस बिज्ञप्ती
लघु बित्तीय संघसस्था प्रतिबन्ध लगाइएको बारे

हाम्रो महान तथा गौरबशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी निरन्तर रुपमा जनताको अधिकार प्राप्तिका लागि र बैज्ञानिक समाजवादी ब्यबस्था स्थापनाका लागि संघर्ष गरिरहेको छ ।आज देशको सार्बभौमसत्ता , राष्ट्रियता, स्वाधिनता,जनाधिकार र जनजिविकाको दृष्टिकोणले नेपाली समाज ईतिहासकै चरम संकटको अवस्थामा गुर्जिरहेको छ । भ्रष्टाचार, दलालिकरण, माफियाकरण, कमिसनखोर, चर्को बैंक ब्याजदर, कालोबजारी, दैनिक उपभोग्य सामानको मूल्य वृद्धि र सामाजिक बिभेदले जनताको जीवन अत्यन्त संकटग्रस्त बन्दै गएको छ । साथै पछिल्लो समय बित्तिय संस्थाहरुले जनतालाई अनुचित नाफाको मनसाय राखी ॠण प्रवाह गरेर सानो साँवा रकमको सयौं गुणा बढी असुल उपर गरिसक्दा पनि अँझै विभिन्न दबाबमा रकम असुल्नुले जनताको जीवन मरणको अवस्थामा पुगेको छ।गाउँ समाजमा रहेका बिपन्न तथा न्यून वर्गका नागरिकहरुलाई सामुहिकतामा शेर सदस्य बनाई उनिहरुबाट बचत उठाउने र तिनै शेर सदस्यहरुलाई जमानिमा राखी बिना धितो ब्यबसाय संचालन गर्न र अरुलाई उद्दमी बनाउन भनेर ७ प्रतिशत ब्याजदरले ॠण दिएको, अहिले करिब १८ प्रतिशत ब्याज असुल गरि श्रमिक जनतालाई मर्न बाध्य र घरबार बिहिन बनाउने बित्तिय संस्थाहरु प्रती हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी जाजरकोटको गम्भीर ध्यानाकर्षण भएको छ ।

बित्तिय संस्थाको अमानवीय आर्थिक शोषणले गर्दा जनता मर्न बाध्य भएका छन्, धेरै वस्तिहरु घरबार बिहिन भएका छन् । हाम्रो अध्ययन अनुसन्धानबाट जाजरकोट जिल्लाका विभिन्न वस्तिमा यस्ता अपराधिक संस्थाहरुले दमन गरिरहेको, शोषण गरिरहेको, डर, धम्की, त्रास देखाई रकम असुल गरिरहेको खुल्न आएकोछ । सम्पत्ति हडप्ने कार्यले जनतालाई मर्न बाध्य र घरबार बिहिन बनाईरहेका बित्तीय संस्थाले चर्को ब्याजदर न्यूनीकरण गरि एक अंकमा कायम नगरुन्जेल सम्माका लागि जाजरकोट जिल्लामा दलाल पुँजिवादी बर्गद्वारा संचालित बित्तिय संस्थाहरुलाई प्रतिवन्ध लगाईएको ब्यहोरा आम जनसमुदायमा जानकारी गराउँदछौँ । हाम्रो पार्टीको शान्तिपुर्ण आग्रहलाई बेवास्ता गर्दै जनताको बिचमा गएर आश्वासन देखाउने, भ्रम सृजना गर्ने, दुख दिने र डर, धम्कि, त्रासमा रकम असुल्ने, वचत उठाउने जस्ता कार्य गरेको पाईएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिन चाहान्छौँ । अन्यथा जनताको न्यायको लागि पार्टी जस्तोसुकै संघर्षमा जान बाध्य हुनेछ । त्यसबाट हुने क्षती सम्बन्धित संस्थाहरुले ब्यहोर्नुपर्नेछ  भनी जारि बिज्ञप्तिमा भनियकाे छ ।

 बिज्ञप्ति :