२३ भाद्र २०८१, आईतवार

कति मज्जाले भन्दिनछन् मान्छे हरु

लेखक : तिलक बिष्ट :अखिल क्रान्तिकारी केन्द्रीय सदस्य

कति मज्जाले भनिदिन्छन मान्छेहरु ….!
प्रचण्डलाई जेल कोच्नु पर्छ !
माओवादीहरु आतंककारी हुन !!
कानुन सबैको बराबर लाग्छ !
हो सहि भन्दै हुनुहुन्छ तपाइहरु ”
प्रचण्डलाई थुन्नु पर्छ ।
प्रचण्ड मात्र किन ?

बाबुराम , बैद्य ,बिप्लव र धर्मेन्द्रहरु ,,
महरा, प्रकाण्ड ,बादल ,जनार्दन र सुदर्शनहरु
अझ आफ्नै व्यवसाय गरिरहेका जनयुद्धका
चर्चित कमान्डर लोकेन्द्र बिष्टहरुलाइ पनि नछोडौ।
मिल्छ भने मसानघाटबाट फर्काउ र

पोष्ट बोगटिलाइ पनि थुँनौ।
नछोडौ ती जनयुद्धमाप्राण त्यागेका

दिल बहादुर रम्तेल, मन बहादुर रावल ,
कृष्णसेन इच्छुक जित , वासु र चुनु गुरुङहरुलाई
तिनिहरुलाइ पनि नछोडौ
सहिद परिवारलाइ पनि आतंककारी जन्माएको आरोपमा जेल कोचौ !
लडाइको क्रममा घाइते भएर
जीवन मरण को दोसाधमा अल्झेका हरुलाई
ह्विलचियरबाटै उठाउ र कारागार चलान गरिदिउ
जनयुद्धमा सहभागी भएका सबै पुर्वजनमुक्ती सेनाहरु
माओवादिका कार्यकर्ताहरु सबैलाइ थुनिदिऊ
किनकी
जनयुद्धले गर्दा निरंकुश राजतन्त्र ढल्याे
प्रचण्डले नेतृत्व गरेर लाखौ जनता बिद्रोहकाे  मैदानमा आए
माओवादीले गर्दा
यौटा नागरिकले बोल्न पायो
महिलाहरु पितृसत्ताबाट मुक्त भए
गरिब किसानको छोरोले पढ्न पायो
खान नपाउने ले खान पाए
निमुखाहरु बोल्न सिके
अनपढ हरु पढ्न जाने
सहाराबिहिनहरुले सहयात्री पाए
त्यो सब गल्ती माओवादीहरुकै हो।
क्या मज्जाले भनिदिनुहुन्छ माओवादीहरु आतंककारी ”
रोल्पाका थबाङ बस्तिमा गएर सोध्नुहोस
माओवादीहरु कस्ता थिए
रुकुमका खारामा गएर सोध्नुहोस
जनसेनाहरु कसरी लड्थे ?
जाजरकोटका जुनि बस्तिमा गएर हेर्नुहोस,
माओवादिले कल्पना गरेको समाजबाद कस्तो थियो?
सहिद परिवारका घर घरमा गएर सोध्नुहोस,
के तपाइको सन्तान आतंककारी थियो भनेर
घाइते योदालाइ सोध्नुहोस ?

साच्चिकै माओवादी कस्ता हुन्छन भनेर ,
काठमाडौका महलहरुमा बसेर जनयुद्ध देखिदैन,
तारे होटेल र बारहरुमा मस्ती गरेर संघर्ष भोगिदैन।
मन्त्री र सत्ताको लागि चाकडी गर्नेहरुले बिद्रोह जान्दैनन
सम्राज्यवादले लादेको शिक्षा प्रणालिका स्कुलहरुमा
माओवाद सिकिदैन।
भगवान पुजेपछी सफल भैइन्छ भन्ने

अन्धभक्त सोच बोकेकाले मार्क्सबाद जान्दैनन बिज्ञानलाई बुझ्दैनन र परिवर्तनलाई स्विकार्दैनन् । अनि बाैलाउछन ।।।