११ श्रावण २०८१, शनिबार

राष्ट्रिय स्वास्थ्यकर्मी संगठन जाजरकोट जिल्लाकाे अध्यक्षमा अमर जंग शाह निर्वाचित

जाजरकोट जिल्ला  सदरमुकाम खलंगामा शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जिल्ला अधिवेशन  सम्पन्न भएको छ । अधिवेशनले अमर जंग शाहको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

सम्पन्न प्रथम एकता जिल्ला अधिवेशनले उपाध्यक्षमा प्रेम प्रसाद न्यौपाने र मोहन खड्कालाई निर्वाचित गरेको छ भने, सचिवमा योज्ञेश्वर बस्नेतलाई निर्वाचित गरेको छ । सह–सचिवमा पदम रोकाय, कोषाध्यक्षमा भवानी मल्ल निर्वाचित भएकी छन् । त्यसैगरी सदस्यहरुमा काली बहादुर परियार, झरणा शाही, तप्त बहादुर चन्द, नरेन्द्र ध्यार, नेप्लिजा पुन, भिम बहादुर शाही, सन्दीप बुढा मगर, चन्द्र बहादुर पुन र प्रकाश नेपाली निर्वाचित भएका छन् ।

“जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिवद्रता, सम्पुर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको ऐक्यवद्रता” भन्ने मुल नाराका साथ आयोजना गरिएको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र जिल्ला कार्यसमितिका सदस्यहरुको कार्यकाल सफलताको शुभकामना दिदै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य गगन बहादुर खड्का (जीवन), पार्वती विक (शान्ता), गणेश प्रसाद सिंह (खगेन्द्रसेन), युवराज आचार्य (साकार) वीर बहादुर रावत (सौगात), केन्द्रिय सल्लाहकार मन बहादुर रावल (विजय), कर्णाली प्रदेश समितिका उपाध्यक्ष ढकवीर राना, जिल्ला समन्वय समितिका संयोजक टेक बहादुर रावल (दर्शन) लगाएतका नेताहरुले बधाई मन्तव्य राखेका थिए ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय सचिव आरबि थापा, केन्द्रिय सदस्य सहदेव बस्नेत, प्रेम बहादुर शाही लगाएतका नेताहरुले संगठनका नीति तथा कार्यक्रमको बिषयमा प्रशिक्षणमुलक भनाई राखेको नव निर्वाचित अध्यक्ष शाहले जानकारी दिएका छन् ।