३ श्रावण २०८२, शनिबार

Tag: जाजरकोट

कुशे गाउपालिका जाजरकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कुशे गाउपालिका जाजरकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । कर्णाली प्रदेश जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयकाे छ । बिहिवार गाउँ पालिकाे काे कार्यलय थर्पु भार्माकाे प्राङ्गणमा  सुन्दर शान्त र समृद्ध गाउँ कुशे गाउपालिकाकाे सान , बिकासका पुर्वाधार निर्माण गर्ने हाम्राे अभियान ! भन्ने मुल नारा सहित आर्थिक वर्ष २०७९/ ०८० काे बार्षिक कार्यक्रमहरुकाे उपलब्धि र सिमा समस्याका बिषयमा सुनुवाइ गरियकाे गाउँ पालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताय । अध्यक्ष बस्नेतले भने कुशे गाउँ पालिकालाई शिक्षा ,स्वास्थ र बिकासका पुर्वाधारका क्षेत्रमा बजेटलाई प्राथमिकतामा राखि काम गरियकाे र प्रदेस र संघीय सरकारबाट आउने बजेटलाई पनि बिशेष गरि यहि शिर्षकमा प्राथमिकता दियकाे र आगामी आव २०८०/०८१का लागि सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट ब्यवस्थापन गर्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा गाउपालिका अन्तर्गतका सबै कर्मचार...
जाजरकोट कुशेमा बिद्यालय सुधार अभियान सुरु

जाजरकोट कुशेमा बिद्यालय सुधार अभियान सुरु

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट । कर्णाली प्रदेश ,जाजरकोट जिल्ला अन्तरगत कुशे गाउँ पालिकामा बिद्यालय सुधार अभियान सुरु भयकाे छ । पालिकाका ,नेपाल राष्ट्रिय मा.बि. समाकाेटमा २०७९ चैत २९, जनता मा.बि समाईलामा २०८० बैशाख २ र थर्पु मा.बि ढिमेमा २०८० बैशाख ५ गते बिद्यालय स्तरिय शैक्षिक बहस सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयका छन । बिद्यालयमा बिद्यार्थीहरु नियमित भर्ना हुन नसक्नु ,बिद्यार्थीकाे बार्षिक परिक्षाफल र चलनचल्ती परिक्षा प्रणालीका बारेमा शिक्षक , बिद्यार्थी र अबिभावक बिच एक आपसमा प्रश्न र जवाफकाे माध्यमबाट आपसका कमजोरी र लापरबाही बारे छलफल भयकाे थियाे । कार्यक्रमकाे आयाेजना सम्बन्धित मा.बि र सहजीकरण पहाडी क्षेत्र बिकाश अभियान जाजरकोट अवसर दाेेश्राे अभियानका फिल्ड अधिकृत रेशम बहादुर शाहीले गरेका थिय । कार्यक्रम कुशे गाउपालिका अन्तर्गत का वडा न ५ र ७ मा बिगत तीन महिनादेखि निरन्तर संचालनमा रहेकाे र...
वेलिब्रिज पुल भाँचिदा २ जनाकाे ज्यान गयाे ७ जना घाइते

वेलिब्रिज पुल भाँचिदा २ जनाकाे ज्यान गयाे ७ जना घाइते

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट  । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका ९ जनामध्ये दुईजनाको मृत्यु भएको छ ।जाजरकोट-डोल्पा सडकअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई श्रमिकको ज्यान गएको हो । ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत बहराइच घर भएका अन्दाजी ४० वर्षीय कामदार पुरोस्लिम चमारको घटनास्थलमै र बहराइचकै अर्का कामदार धर्मेन्द्र गौतम भन्ने हर्जन चमार छन् । घाइते हर्जनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते सातजनामध्ये क्रेनका २५ वर्षीय चालक नीरजकुमार चौधरी सामान्य घाइते भएका छन् । नवलपरासी घर भएका चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ...
नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा

नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा

Breaking News, खेल, राष्ट्रिय, समाचार
जाजरकोट ।नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा चयन भएका छन् । बिहिबार जिल्ला सदरमुकाम जाजरकोट खलंगामा नेपाल गोजुरियो कराते दो संघको जाजरकोट शाखा गठन कार्यक्रमबाट अध्यक्षमा भेरि नगरपालिका वडा न. १ का प्रेम विश्वकर्मा चयन भयका हुन । जिल्ला खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमूख जय प्रसाद आचार्यको रोहबरमा बसेको बैठकले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा लोकराज शाही,सचिवमा प्रकाश घर्ति मगर र कोषाध्यक्षमा बिश्वक्रान्ति  शाही चयन भएका छन् । सदस्यमा जितेन्द्र बुढा,अर्जुन विक र लोकेन्द्र वि गरि सात सदस्य जिल्ला समिति गठन भएको अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् । जाजरकोटको कराते क्षेत्रको विकासमा अतुलनिय योगदान पुर्‍याउन , जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जय प्रसाद आचार्यले गठन भएको नयाँ कार्य समितिलाई शुभकामना व्यक...
बैंकमा रहेकाे भिड्भाड अन्त्य गर्न पहल थालेका छाै : उपप्रमुख- थापा

बैंकमा रहेकाे भिड्भाड अन्त्य गर्न पहल थालेका छाै : उपप्रमुख- थापा

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । छेडागाड नगरपालिका जाजरकोट थलहमा रहेको ग्लोबल आई.एम.ई बैंक शाखामा हुने भिडभाड कम गर्न नगरपालिकाले पहल गरिरहेको नगर उपप्रमुख चन्द्र बहादुर थापाले बताएका छन । भिडभाड कम गर्न सो बैंकलाई नगरपालिकाको केन्द्र मनाघाटमा थप काउन्टर थप्न भने पनि जनशक्ति अभाव देखाएर पन्छिन खोजेकाले अर्को बैंकको शाखा ल्याउने पहल भईरहेको उपप्रमुख थापाले  बताए । थलहमा बैंकको एउटा शाखा मात्र हुँदा स्थानीयले कारोबारको लागि निकै सास्ती खेप्नु परेको गुनासो गर्दै आएको उनको भनाइ छ । थप बैंकको शाखा स्थापना भए नगरपालिकाले बैङ्किङ प्रणालिवाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य पनि सहज हुने उनले बताए । यस्तै नगरपालिकाको आगामी शैक्षिक योजना निर्माणका लागि कार्यदल गठन गरिएको र स्थलगत प्रतिवेदन सहित सुझाव पेश भएपछि थप कार्यक्रम प्रभावकारी बनाउन नगरपालिका लाग्ने उपप्रमुख थापाको भनाइ छ । नगरपालिकाले भुमि आयोग द्व...
जाजरकोट कुशेमा गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न

जाजरकोट कुशेमा गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट । कुशे गाउँपालिकामा  गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि तय गरेको  गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका ९ वटै वडामा रहेका दिदी–बैनीसंग भेटघाट गरेर “ गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम” सम्पन्न गरेको उपाध्यक्ष देविका सिंह आरसीले जानकारी दिएकी छन् । उपाध्यक्ष सिंह आरसीले दिएको जानकारी अनुसार गाउँपालिकाका ९ वटै वडामा रहेका ६० बर्षमुनिका २८६ जना एकल महिलालाई न्यानो सउल वितरण गरिएको छ । त्यसैगरी ९ वटै वडामा रहेका प्रति बिधुवा तथा गर्भवती महिलालाई ३ लिटर खाने तेल, ३ पोका आयोडिनयुक्त नुन, ३ चक्की सावुन र १ नङकट वितरण गरिएको उपाध्यक्ष सिंहले बताएकी छन् । महिला दिदी–बैनीहरुको घरमा आफै पुगेर उक्त सामाग्री वितरण गरेकी उपाध्यक्ष सिंहले वितरण गरेर मौजदात रहेको सबै सामाग्री सम्...
चाैथाेपटक मन्त्री बनेका शक्ति बस्नेत पश्चिम का बलिया खम्बा

चाैथाेपटक मन्त्री बनेका शक्ति बस्नेत पश्चिम का बलिया खम्बा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत चौथो पटक मन्त्री बनेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै बस्नेतलाई उर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रीमा नियुक्त गरेका हुन् । जाजरकोटबाट तीन पटक चुनाव जितेका बस्नेत चौथो पटक मन्त्री बनेका छन् । कर्णालीको दुर्गम पहाडी जिल्ला जाजरकोटबाट सबैभन्दा धेरै चुनाव जित्ने र मन्त्री बन्ने नेतामा पनि बस्नेत नै पर्दछन् । पूर्व गृहमन्त्री समेत भइसकेका बस्नेत पटक पटक मन्त्री बन्नुमा कुनै खास योजना र प्रसिद्धि कमाएको विगत छैन । माओवादी अध्यक्ष प्रचण्डको विश्वासपात्र भएकै कारण पटक पटक सत्तामा शक्ति पुग्ने गरेको माओवादी नेताहरु बताउँछन् । माओवादी केन्द्र शान्ति प्रक्रियामा आएसँगै ०६४ को पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री भएका थिए । ०७० को दोस्रो सं...
जाजरकोटमा एसईइ तयारी पूरा : ४ हजार ६ सय ५६ बिद्यार्थी सहभागी हुँदै

जाजरकोटमा एसईइ तयारी पूरा : ४ हजार ६ सय ५६ बिद्यार्थी सहभागी हुँदै

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट । माद्यामिक शिक्षा परीक्षा (एसईई ) मा जाजरकोट बाट चार हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला भित्रका ७४ माद्यामिक विद्यालयका चार हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए । उनका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ४ हजार ५ सय ५३ रहेका छन् । जसमा २ हजार २२३ जना छात्र छन् भने २ हजार ३ सय ३० जना छात्रा रहेका छन् । प्राविधिक धारतर्फ २४ छात्र र ३५ छात्रा गरी जम्मा ५९ जना एसइइमा सहभागी हुनेछन् । यस्तै ग्रेडवृद्धि तर्फ १७ जना छात्र र २६ जना छात्रा गरी ४५ जना सहभागी हुनेछन् । प्राविधिक तर्फ एक जना विद्यार्थी सहभागी हुने छन् । भेरी नगरपालिका भित्रका ८ सय ५ विद्यार्थी सहभागी हुने प्रमुख मल्लले बताए । यस्तै, नलगाड ६६२, छेगाडाड ९९५, बारेकोट ५३७, कुशे ६८९,जुनीचाँदे ५७९ र शिवालय गाउँपालिका बाट ३८९ जना विद्या...
मेराे गुरु धन्यवाद

मेराे गुरु धन्यवाद

कविता, मनाेरन्जन, शिक्षा, समाचार
मेराे प्याराे गुरु धन्यवाद छ । हिजाे हजुरले हात समातेर क लेख्न सिकाउनु भयाे आज म हजुरकै लागि एउटा कविता लेख्ने काेसिस गर्दैछु । हिजाे हजुरले अ  सुन्न  चिच्याउनु भयाे , आज म उच्च शिक्षा पढ्न तैनाथ भयकि छु । हिजाे हजुरले १ भन्न रिसाउनु भयाे , आज म हजुरकै कारणले छलाङ हानेकि छु । तर हजुरलाई उहीँ अवस्थामा देख्दैछु । प्रतेक प्रियिएडमा सफलताको बारे सिकाउनु भयाे , सफल बन्ने सपना  सिकाउनु भयाे , सफलताको बाटाेमा हिडिरहेकि छु । पढ्ने ,लेख्ने जागर नहुदा हाैसला बढाउनु भयाे , हाम्राे भबिस्यबाणी  गरिदिनु भयाे , मेराे प्याराे गुरु धन्यवाद ।। हाम्रो दाेश्राे गार्जेन बनिदिनु भयाे , हामीलाई छाेरि र छाेराकाे दर्जा दिनु भयाे । कहिलै दुखि नहुने उपाय दिनु भयाे , निराशा नहुने ज्ञानकाे ज्वति दिनु भयाे । धन्यवाद छ मेराे गुरु , शिक्षित जीवन दिनु भयाे । हाम्रा...
भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका  प्रकाश सिंह विजयी

भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका प्रकाश सिंह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । मध्यपश्चिम विश्वविद्यालय अन्तरगत आंगिक क्याम्पसका रुपमा सदरमुकाम खलंगामा रहेको जाजरकोटकाे पहिलाे क्याम्पस भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा  नेपाल बिद्यार्थी संघका प्रकाश सिंह विजयी भयका छन ।आईतबार भएको निर्वाचनमा सिंहले ११० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका छविराज सिंहले ८० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूका प्रेम विश्वकर्माले ४० मत प्राप्त गरेका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका भुपेन्द्र नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका पुष्पराज वलीले ५१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका अखिल क्रान्तिकारीका विनोद राज गोसाई निर्वाचित भएका छन् । उनले १२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रतिमा खत्री...