Tag: जाजरकोट

बेपत्ता नागरिकको डायरी
चरा र चौपायाँले पनि बास बसेकाे त्याे साँझ ,
मैले आफ्नै घरमा पनि बास बस्न पाइन
फुल टिपेझै कुन बतासले चढाइदियाे
कुन ढुङ्गे इश्वरकाे गाेडामा ??
बाेकेर आँखाभरि जलविन्दु आकास,
कुन स्वर्गकाे नगरीमा छु म ?
महाशय,म एक बेपत्ता नागरिक !
म हराउदा म मात्र हराइन ,
म सगै आमाबाकाे जवान छाेराे हरायाे
जसले नविराइ खुवाउनु थियाे
क्षयराेगकाे निशुल्क ओखति
म सगै हरायाे ।
तरुणि श्रीमतिकाे लाेग्ने
जसले किनिदिनु थियाे
आउने दशैमा एकसराे धाेति।
म सगै हरायो
नाबालक सन्तानकाे बाबू
जसले भर्ना गरिदिनु थियाे
यसैपाली स्कुलमा ।
महाशय ,म एक बेपत्ता नागरिक
मेराे जिन्दगी च्यातिदा
संगसंगै च्यातियाे सविधानकाे एउटा पाना
सगै च्यातियाे मानवताकाे किस्सा
कतै दाेबाटाे र चौबाटाेमा मेरि आमाले
छाति पिटिरहेको देख्नु भयाे भने भनिदिनु
म एक्लै छैन , याे अदृश्य स्थानमा
कतै मेरी श्रीमतीले ढाेका उघारै राखेकि छ भने...

कति मज्जाले भन्दिनछन् मान्छे हरु
कति मज्जाले भनिदिन्छन मान्छेहरु ....!
प्रचण्डलाई जेल कोच्नु पर्छ !
माओवादीहरु आतंककारी हुन !!
कानुन सबैको बराबर लाग्छ !
हो सहि भन्दै हुनुहुन्छ तपाइहरु "
प्रचण्डलाई थुन्नु पर्छ ।
प्रचण्ड मात्र किन ?
बाबुराम , बैद्य ,बिप्लव र धर्मेन्द्रहरु ,,
महरा, प्रकाण्ड ,बादल ,जनार्दन र सुदर्शनहरु
अझ आफ्नै व्यवसाय गरिरहेका जनयुद्धका
चर्चित कमान्डर लोकेन्द्र बिष्टहरुलाइ पनि नछोडौ।
मिल्छ भने मसानघाटबाट फर्काउ र
पोष्ट बोगटिलाइ पनि थुँनौ।
नछोडौ ती जनयुद्धमाप्राण त्यागेका
दिल बहादुर रम्तेल, मन बहादुर रावल ,
कृष्णसेन इच्छुक जित , वासु र चुनु गुरुङहरुलाई
तिनिहरुलाइ पनि नछोडौ
सहिद परिवारलाइ पनि आतंककारी जन्माएको आरोपमा जेल कोचौ !
लडाइको क्रममा घाइते भएर
जीवन मरण को दोसाधमा अल्झेका हरुलाई
ह्विलचियरबाटै उठाउ र कारागार चलान गरिदिउ
जनयुद्धमा सहभागी भएका सबै पुर्वजनमुक्ती सेनाहरु
माओवादिका...

जाजरकोटमा सहिद परिवारलाई सम्मान कार्यक्रम सम्पन्न
जाजरकोट।धर्मेन्द्र बास्ताेला,कन्चन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) जाजरकोटले सहिद सप्ताह काे अबशरमा सहिद परिवारलाई सम्मान गरेकाे छ ।फागुन २० गते सनिवार नेकपा ( बहुमत ) नलगाड नगर इन्चार्ज दिनेश काे सभाअध्यक्षतामा जिल्ला संयाेजक हिमाल काे प्रमुख आथित्यतामा नलगाड नगरपालिका ५ सिर्केमा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि संयोजक हिमालले सहिद परिवारलाई विशेष सम्मान गर्दै सहिदको सपना माथि कुठाराघात गर्ने अधिकार काेहि कसैलाई नभयकाे र क्रान्तिकारी पार्टिका नेता र कार्यक्रताहरुले नेपाली कम्युनिस्ट आन्दोलन र सहिदकाे रगतकाे आहलमा बसेर जसरि सहिद लाई भर्याङ बनायर महलमा पुगेर सहिदकाे सपना चकनाचुर पार्ने गद्दार हरुकाे बिरुद्ध पार्टी जिल्लामा ससक्त रहने साथै सहिदका सपना पूरा गर्ने बाटाेमा पार्टी लागिरहेकाे र श्रवहारा वर्गकाे अग्रदस्ता भयर अघि बढेकाे बताउनु भयाे ।
...

निर्माण ब्यावसायी संघ जाजरकोटकाे अध्यक्षमा रण बहादुर कार्की
जाजरकोट ।
निर्माण व्यवसायी संघ जाजरकोटको अध्यक्षमा रण बहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बुद्धिबहादुर खत्रीले ३७ मत प्राप्त गरेका थिय ।

जाजरकोटमा १३ओैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
१६ फाल्गुन जाजरकोट । जाजरकोटमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
मंगलबार देखि भेरी नगरपालिकाको वडा नं. १३ कुदुमा रहेको भगवति माद्यामिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ३ नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तहको सहभागिता रहेको छ ।
उद्घाटनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले सर्वांगीण विकासको आधार स्तभ खेलकुद क्षेत्र भएको बताए । राष्ट्रको शान गौरवलाई सदैव उच्च राख्ने खेलकुदको आर्दशलाई सबैले आत्मसात गर्ने बेला आएको बताए ।
३० स्वर्ण पदका लागि हुने खेलमा भलिवल, कबड्डी, तेक्वान्दो एथलेटिक्स, कराँते खेलको प्रतियोगिता हुने खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।
जिल्ला समन्वय प्रमुख, उपप्रमुख, जाजरकोटका सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष,प...

एनआईसी लघुबित्तका कर्मचारी लाई कालाेमाेसाेदलि कार्वाही
जाजरकोट । एन .आई. सि.लघुबित्त जाजरकोट शाखाका कर्मचारी लाई नेकपा का कार्यक्रताहरुले कालाेमाेसाे दलि कार्वाही गरेका छन ।
भेरि नगरपालिका वडा न ११ का स्थानीय बासिहरुले उक्त बित्तीय संस्थाले चर्काे ब्याजदर असुलेको , पटकपटक घरमा ताला लगाउने धम्की दियकाे ,घर छाेड्ने अवस्था मा पुर्यायकाेले स्थानीयकाे रिपोर्टकाे आधारमा कालाेमाेसाे दलि कार्वाही गरियकाे नेकपा बिप्लव जाजरकोट का सेक्रेटरी बिराजन सि ले बताए ।अझै जन्तालाई चर्काे ब्याजमा डुवाई स्थानीय लाई मारमा पार्ने यस्ता ठक बित्तीय संस्थाहरुलाई थप कार्वाही गर्ने सेक्रेटरी सि ले बिज्ञप्ति मार्फत ऐक्यबद्धता पत्र सार्वजनिक गरेका छन ।
...

राष्ट्रिय स्वास्थ्यकर्मी संगठन जाजरकोट जिल्लाकाे अध्यक्षमा अमर जंग शाह निर्वाचित
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अमर जंग शाहको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
सम्पन्न प्रथम एकता जिल्ला अधिवेशनले उपाध्यक्षमा प्रेम प्रसाद न्यौपाने र मोहन खड्कालाई निर्वाचित गरेको छ भने, सचिवमा योज्ञेश्वर बस्नेतलाई निर्वाचित गरेको छ । सह–सचिवमा पदम रोकाय, कोषाध्यक्षमा भवानी मल्ल निर्वाचित भएकी छन् । त्यसैगरी सदस्यहरुमा काली बहादुर परियार, झरणा शाही, तप्त बहादुर चन्द, नरेन्द्र ध्यार, नेप्लिजा पुन, भिम बहादुर शाही, सन्दीप बुढा मगर, चन्द्र बहादुर पुन र प्रकाश नेपाली निर्वाचित भएका छन् ।
“जनताको स्वास्थ्य सुरक्षा हाम्रो प्रतिवद्रता, सम्पुर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको ऐक्यवद्रता” भन्ने मुल नाराका साथ आयोजना गरिएको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम एकता जि...

जाजरकोट युवा संगठन नेपालले बुझायाे , प्रशासनलाई ध्यानाकर्षण पत्र
जाजरकोट ।
नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको केन्द्रिय समितिको निर्णय अनुसार आज प्रधानमन्त्री कार्यालय तथा देशका सबै जिल्ला प्रसासन कार्यालयहरुमा, ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अनुरुप आज जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र, युवा संगठन नेपाल जाजरकोटले बुझाएको छ। जिल्ला प्रशासन कार्यलय जाजरकोट मा गई युवा संगठन का प्रतिनिधि हरुले उक्त पत्र बुझायका हुन ।
ध्यानाकर्षण पत्रमा बिशेष गरि
१- वैदेशिक रोजगार ब्यवसायिहरुले निम्त्याएका समस्याहरु
२- बित्तीय संघ संस्थाहरुले निम्त्याएका समस्याहरु
३- मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरु
लगायत बिषयबस्तुहरु रहेका छन ।
ध्यानाकर्षण पत्र :
...

आतंक मच्चाउने लघुबित्त,र मिटर ब्याजिलाई नेकपा जाजरकोटले प्रतिबन्ध लगाउने
जाजरकोट ।
नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जनतालाई डर, त्रास, धम्की, आतंक, दबाब दिई अनुचित आर्थिक नाफा असुल्ने लघुवित्त र मिटर ब्याजीहरुलाई प्रतिबन्ध लगाएको घोषण गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका जिल्ला इन्चार्ज पौरख सी र जिल्ला सेक्रेटरी बिराजन सीले आज लघुवित्तलाई जाजरकोट जिल्लामा प्रतिबन्ध गरिएको विज्ञप्ति जारी गरि यस्तो गरेका हुन्।
बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध समेत गरेका छन।
आफुहरुकाे शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तिय अपराधिहरूले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन।
साथै विज्ञप्तिमा भनिएको छ,‘बैंक तथा वित्तिय संस्थाहरूले वर्तमान चर्को व्याज न्युनिकरण गरी एक अंकमा कायम गर्न अनुरोध गर्दछ।अन्यथा जनताको वित्तीय न्यायका लागि जुनसुकै संघर्षमा जान बाध्य हुनेछौं ।’...