११ श्रावण २०८१, शनिबार

२४ वर्ष सम्म वेपत्ता भयका एक ब्यक्ति सम्पर्कमा आय

जाजरकोट ।जाजरकोटको भेरी नगरपालिका वडा नं.२ तिमीलेका बेपत्ता भनिएका एक व्यक्ति  २४ वर्षपछि सम्पर्कमा आएका छन् । वि.सं. २०५६ देखि हालसम्म बेपत्ता भयका  टिकाराम पुन २४ वर्षपछि सम्पर्कमा आयका हुन ।

स्थानीय शिक्षक रुद्र बहादुर वलीसँगको भिडियो कलमार्फत सम्पर्कमा आयका पुन हाल ९ लाख रुपैयाँ लगानी गरि आफ्नै स्याउ , आलु बगैंचा र घर बनाइ कृषि पेसामा संलग्न रहि एक्लो जीवन बिताईरहेका छन, ।उनि हाल भारतको उत्तराखण्ड, जिल्ला उत्तरकासी, पोष्ट अफिस–नेटवार, तहसिल–मोरी, गाउँ–गौरादी भन्ने ठाउँमा बस्दै आयकाे खबर छ । पुनको घरमा श्रीमती, दुई छोरा, दुई छोरी छन।

आफुले भिडियो कलमार्फत सम्पर्क गरेको र हाल उहाँले उक्त स्थानमा स्याउको बगैंचा तयार गरी कृषी पेसामा जिवन बिताइरहनुभएको जानकारी दिएको शिक्षक वलीले दिनुभयो ।

वेपत्ता पुन तत्तकालिन नेकपा माओवादीकाे साधारण सदस्य समेत भयकाे र साेहि आराेपमा २०५४ सालमा राज्य पक्षबाट पाँचकटिया प्रहरी चाैकिले  गिरफ्तार गरि यातना समेत दियकाे कारण उनी लगायत साेहि गाउका भद्र बहादुर वलि ,जैकला वलि ,कर्ण बहादुर वलि ,गाेपिराम वलि ,भद्रशिला वलि ,चन्द्र बहादुर वलि ,नरसिंह खड्का ,लालमति खड्का र गणेश डांगीलाई  गिरफ्तार गरि यातना दियकाे कारणले उनी २०५६ साल देखि घर छाेडेर वेपत्ता भयका थिय ।पुनका आफन्तले उनीलाई विभिन्न माध्यम बाट खाेजिरहदा पनि उनी कतै पनि नभेटेपछि, उनि भेट्टिने कुरामा आशा समेत गरियकाे थिएन ।उहाँका कान्छा छोरा कर्णबहादुर पुनले आफुहरुले एक्कासि बुवा जीवितै सम्पर्कमा आएको कुरा सुन्दा सपना जस्तो भएको बताए । अब छिट्टै बुवा भयको सम्पर्क ठेगानामा गएर बुबालाई भेटेर घर ल्याउने कान्छा छोरा कर्णले तुफान न्युज डटकमलाई जानकारी दियका छन ।

हाल उनकाे वेपत्ताकाे लिष्टमा नाम नभयकाे र साेहि समयमा गिरफ्तार परि यातना पायका कसैकाे नाम पनि द्धन्द्ध पिडितकाे लिष्टमा नाम नभयकाे कारण गुनासो सबैकाे रहेकाे छ ।