११ श्रावण २०८१, शनिबार

जाजरकोट कुशेमा शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न

जाजरकोट । कर्णाली प्रदेश , जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका जाजरकोटकाेमा सकरात्मक अनुशासन,सामाजिक संवेगात्मक ,सिकाई र लैङ्गकि समता एवम् सामाजिक समावेशीकरण सम्बन्धि कुशे गाउपालिका भित्रका प्राथमिक तहका शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भयकाे छ ।

बिहिवार संचालन भयकाे कार्यक्रम  २५६७ ओै बुद्ध जयन्तीको अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा कुशे र पहाडी बिकास क्षेत्र अभियान जाजरकोटकाे आयोजना तथा सेभ द चिल्ड्रेनकाे आर्थिक सहयाेगमा कुशेका ९ वटै वडा अन्तर्गतका बिद्यालका  २५ जना प्रतिनिधि शिक्षक र शिक्षिकाहरुकाे सहभागीतामा गाउपालिकाकाे सभाहलमा तालिम संचालन भयकाे हाे ।

गाउपालिका शिशा युवा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाह, राेष्टर प्रशिक्षक तथा थर्पु मा.बि ढिमेका शिक्षक टेक बहादुर मल्ल , पहाडी बिकास क्षेत्र अभियान कुशेका शिक्षा संयाेजक अरुण पहाडी ,पहाडीकि फिल्ड अफिसर भगवती गिरि , सेभ द चिल्ड्रेन कुशेका शिक्षा संयोजक नवराज बि.सि.ले कार्यक्रमलाई सहजिकरण गरेका थिए ।

बिशेष गरि बाल बालिकाहरुलाई कसरी अनुशासित र बाल केन्द्रित बिद्यालय बनाउन सकिन्छ र उनिहरुका रुचिअनुसार कसरी शिक्षण गर्ने भन्ने बिषयमा सहभागी शिक्षकहरुलाई प्रशिक्षित र उपायबारे प्रष्ट पारियकाे थियाे। साथै बालबालिकाहरुमा खेल बिधिकाे माध्यम बाट प्रभावकारी र दिगाे ढंगले शिणण गरेर सिकाई उपलब्धि बढ्ने र अन्तर्निहित क्षमताको बिकास हुने बिश्वास लिइयकाे छ  । तीन दिन सम्म संचालन  भयकाे कार्यक्रम सनिवार समापन गरियकाे थियाे ।