२ कार्तिक २०८१, शुक्रबार

पुर्व जनमुक्तिसेना कर्णाली प्रदेशकाे भेला , साैगात संयोजक

सुर्खेत।पुर्व जनमुक्ति सेना नेपाल कर्णाली प्रदेशको भेलाबाट बीर बहादुर रावत सौगातलाई संयोजक चुनेको छ । सुर्खेतमा भएको पहिलो भेलाबाट पुर्व ब्रिगेड कमाण्डर बिर बहादुर रावत सौगातलाई संयोजक चुनेको हो ।

कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट सहभागी पुर्व जनुमक्ति सेना नेपालले संगठन निमार्ण गरेको हो । पुर्व जनमुक्ति सेनाहरुको समस्या समाधान, वहिर्गमित पुर्व जनमुक्ति सेनाहरुको समास्या, घाइते अपागंहरुको समस्या सामाधानका लागि संगठन निमार्ण गरेको बताइएको छ । ३५ सदस्यीय समितिमा सह संयोजक लिला महरा कल्पना रहेकी छन ।

भेलामा पुर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आन्तरीक मामला मन्त्री कृष्ण जिसी  नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीलगायतका अतिथिहरुको उपस्थीति रहेको थियो । भेलामा बिभिन्न जिल्लाबाट प्रतिनिधहरुको सहभागी रहेको थियो ।