११ श्रावण २०८१, शनिबार

ठुला भ्रष्टाचारीहरुका फाइल खाेले सरकारलाई समर्थन गर्ने : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं ।प्रज्ञाप्रतिष्ठानकाे सभा हलमा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे महिला संगठन काे प्रथम महाधिवेशनकाे उद्घाटन कार्यक्रम लाई सम्बाेधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले सरकारले ठूला भ्रष्टाचारका फाइल खोले समर्थन गर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमको प्रशंसा गरेका छन् । महाधिवेशनलाई  आइतबार सम्बोधन गर्दै उनले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताएका बताय ।

सम्बोधनको क्रममा उनले भने,‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै पुर्व मन्त्री , उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ ,विगतका वाइडबडी काण्ड, ललिता निवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन र क्यान्टोनमेन्टमा घाेटाला काण्ड प्रचण्डकै सिङमा लागेकाे छ त्याे के हाे ? ती सबै काण्ड लाई प्रष्टता गर्नुहाेस प्रचण्ड कहिले सम्मा प्रधानमन्त्री बन्ने राप्रपाकाे समर्थन रहने कुरा ब्यक्त गरे । उद्घाटन कार्यक्रम काे अध्यक्षता महिला संगठनकि अध्यक्ष अन्जना शाह रावलले र संचालन सचिव कुमारी तामाङले गरेकि थिईन भने स्वागत मन्तब्य अध्यक्ष शाहले गरेकि थिईन,भने सबै बिभाग का प्रमुख हरुले शुभकामना मन्तब्य राखेका थिए र  बन्दसत्र कार्यक्रम अहिले साेहि हलमा भईरहेकाे छ । निर्वाचन प्रणाली मार्फत नयाँ नेतृत्व चयन गरिने कार्यक्रममा जानकारी गराइएको छ ।