११ श्रावण २०८१, शनिबार

जनसाङ्गितिक प्रस्तुति कार्यक्रम सम्पन्न

काठमाडौं । प्रगतिशील तथा जनवादी कलाकारहरुकाे संयुक्त प्रस्तुति राष्ट्रका लागी संगित अभियात्रा अन्तर्गत जनसंगितिक कार्यक्रम सम्पन्न भयकाे छ ।

साेमबार काठमाडौं काे कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे हलमा संचालन भयकाे कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल , झलनाथ खनाल , पुर्व सभामुख कृष्ण बहादुर महरा , सुचना संचार तथा प्रविधि मन्त्री रेखा शर्मा , साँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुधन किराँती,नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , नेकपा मशालका महासचिव शन्त बहादुर नेपालीकाे बिशेष सहभागीता रहेकाे कार्यक्रममा प्रगतिशील तथा जनवादी कलाकार हरुले राष्टभाव र जनवादी गित ,नृत्य,नाटक र संगितद्वारा मनाेरन्जन तथा सम्पूर्ण कम्युनिस्ट एक हुनु पर्ने खालका भाव सहितका गित प्रस्तुत गरेका थिए।

कार्यकममा चर्चित जनवादी गायक जीवन शमाले चाहिँदैन मलाई सिसाकाे महल र  ‘सिमली छायामा बसी, भरिया लामो सास फेरेको….’ बोलको गीत गाउन सुरु गर्दै थिए । दर्शकहरबाट हुटिङ भयो । हुटिङकै बिचमा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मञ्चमा गय। उनीसँगै  नेपाल कम्युनिस्ट पार्टीका  महासचिव विप्लव जनवादी श्रजक मणीथापाका साथमा सबै अतिथिहरु मञ्चमा उक्लिए । सबै अतिथि  नाच्न सुरु गरेपछि फेरी हुँटिङले हल गुञ्जायमान भयो । संगै नाच्न थाले झलनाथ खनाल, कृष्ण महरा ,सुधन किराँती,नेकपा महासचिव विप्लव ,प्रवक्ता प्रकाण्ड,  र मणी थापा लगायतका सबै कलाकार हरुकाे सामुहिक नाँचले हल गुन्जायमान भयकाे थियाे ।

कलाकारले टुटफुट भएका कम्युनिस्ट पार्टीहरुलाई एक भएर अपुरो क्रान्तिलाई पुरा गर्न नेताहरुलाई सुझाव दिए ।

कार्यक्रमको सुरुवात सन्देशमूलक गीत ‘आउ मिलाउँ हाम्रा हातहरु…’ बाट भएको थियो । सामूहिक प्रस्तुती रहेको यो गीतले सबै कम्युनिस्टहरुलाई एकतावद्ध भएर लाग्न सन्देश दिएको थियो । गीत प्रस्तुत भइरहदा प्रधानमन्त्री प्रचण्ड लगायतका नेताहरूको मन प्रफुल्ल भयकाे थियाे । सबैलाई एउटै मञ्चमा देख्न पाउँदा कलाकारहरुमा सकारात्मक उर्जा भरिएको थियो ।

नेपालको ७ दशक बढी लामो कम्युनिस्ट आन्दोलनको इतिहास र करिब दुई तिहाइ नजिक कम्युनिस्ट जनमत हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीहरुको नेतृत्वमा पटकपटक सरकार निर्माण हुदै आईरहेको तर कम्युनिस्ट विचार र राजनीति अनुसारका आर्थिक तथा सामाजिक कार्यक्रमहरु लागु हुन नसकीरहेको बेला कलाकारहरुले आफ्ना गित सङ्गीतबाट एकतावद्ध हुन दवाव दिएका थिए । सबै कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुनुको विकल्प नरहेको कलाकारहरुकाे सन्देश थियाे ।

ऐतिहासिक चुनवाङ बैठकमा प्रस्तुत भएको ‘टुटफुट खण्डित र आत्मसमर्पणका  कुरा नगर, बरु वीरता, बिजय र एकताको कुरा गर…’ बोलको गीतमा जनवादी कलाकार मोहित श्रेष्ठ र बिद्रोहीकाे कमान स्वरमा सबै कलाकार हरुकाे सामुहिकतामा प्रस्तुत गर्दा सबैले एकै स्वरमा हुटिङ् गर्दै समर्थन गरेका थिए । उनीहरुको गीतले नेपालका कम्युनिस्टहरुले बिगतको समिक्षा गर्नुपर्ने र नयाँ आधारमा नयाँ यात्रा तय गर्न प्रेरित गरेको थियो ।

कार्यक्रममा जनबादी कलाकारहरु माधव प्रधान, उदय श्रेष्ठ, जीवन शर्मा, मणी थापा, चिरन पुन, मोहित श्रेष्ठ, बिद्रोही, निलिमा पुन, रेश्मी पुन, सरस्वती महरा, अनु शर्मा, नारायण शर्मा, हिमशिखर लगाएतका कलाकारहरुले आ आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए भने संगितकारहरुले अन्तिम सम्म विभिन्न बाजाबजाई हल पुरै संगितमय बनायका थिय। चैत ४ गते कैलालीको धनगढीबाट सुरु भएको साङ्गीतिकअभियात्रा देशका प्रमुख शहर हुदै सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आएर समापन भएको थियो ।