२३ भाद्र २०८१, आईतवार

जाजरकोट कुशेमा बिद्यालय सुधार अभियान सुरु

जाजरकोट । कर्णाली प्रदेश ,जाजरकोट जिल्ला अन्तरगत कुशे गाउँ पालिकामा बिद्यालय सुधार अभियान सुरु भयकाे छ ।

पालिकाका ,नेपाल राष्ट्रिय मा.बि. समाकाेटमा २०७९ चैत २९, जनता मा.बि समाईलामा २०८० बैशाख २ र थर्पु मा.बि ढिमेमा २०८० बैशाख ५ गते बिद्यालय स्तरिय शैक्षिक बहस सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयका छन ।

बिद्यालयमा बिद्यार्थीहरु नियमित भर्ना हुन नसक्नु ,बिद्यार्थीकाे बार्षिक परिक्षाफल र चलनचल्ती परिक्षा प्रणालीका बारेमा शिक्षक , बिद्यार्थी र अबिभावक बिच एक आपसमा प्रश्न र जवाफकाे माध्यमबाट आपसका कमजोरी र लापरबाही बारे छलफल भयकाे थियाे ।

कार्यक्रमकाे आयाेजना सम्बन्धित मा.बि र सहजीकरण पहाडी क्षेत्र बिकाश अभियान जाजरकोट अवसर दाेेश्राे अभियानका फिल्ड अधिकृत रेशम बहादुर शाहीले गरेका थिय । कार्यक्रम कुशे गाउपालिका अन्तर्गत का वडा न ५ र ७ मा बिगत तीन महिनादेखि निरन्तर संचालनमा रहेकाे र याे कार्यक्रम शैक्षिक सत्र २०८० मा बिद्यालयहरुमा नियमित बिद्यार्थी सहभागीतालाई प्रभावकारी बनाउने फिल्ड  अधिकृत शाहीले बताय ।

शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रममा शैक्षिकसत्र २०८०मा बिद्यार्थी भर्ना अभियानलाई व्यापक बनाउने ,बिद्यार्थीहरुकाे दैनिक हाजिर हुने बिषयमा सबै पक्षले याेजनाबद्ध ढंगले काम गर्ने , निचोड सहित सबै अबिभावकहरुले हाम्रो बालबालिका हरुलाई निरन्तर बिद्यालय पठाउने छाै ! हामी हाम्रो बालबालिकाहरुकाे पढाइमा कुनै बाधा पुर्‍याउने छैनाै ! शिक्षकहरूले पनि हामी नियमित बिद्यालय मा उपस्थित भई शिक्षण गर्ने छाै र बालबालिकाकाे पढाइ प्रति सम्वेदनशिल रहनेछाै ।भनी सबैकाे साझा हष्ताक्षर सहितकाे ब्यानर प्रत्येेक बिद्यालयमा टासिंएको कार्यक्रम सहजिकरण फिल्ड अधिकृत रेशम बहादुर शाहीले बताय ।