२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा सिंचाई तथा नदि नियन्त्रण आयाेजनाकाे कार्यलय रहने

काठमाडौं । जाजरकोट खलंगामा  सिचाइ तथा नदि नियन्त्रण कार्यालय स्थापना हुने भएको छ। उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालयका सचिव गाेपाल प्रसाद सिग्देलकाे संयाेजकत्वमा बैशाख १३ गते मन्त्रालय अन्तर्गतको बिभाग जलश्राेत तथा सिचाई बिभाग जावलाखेल ललितपुरमा बसेको बैठकले उक्त निर्णय गरेको थियाे ।  पुन:  बैैशााख २० गते उक्त याेजना कार्यन्वयनका लागि सार्वजनिक गरेकाे हाे ।

उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालयको मातहतमा रहने गरि सिचाइ तथा नदि नियन्त्रण आयोजना कार्यालय जाजरकोटमा स्थापना हुने भएको हो । यस कार्यालय मार्फ संघको कार्यक्षेत्रमा रहेका नदि नियन्त्रण ,सिचाइ र जलश्रोत संरक्षणको कार्य हुने छ ।

जाजरकोट ,सल्यान,रुकुम पुर्व,रुकुम पश्चिम र डोल्पा जिल्लामा सेवाक्षेत्र हुने गरि भेरि नगरपालिका जाजरकोटमा यो कार्यालय स्थापना गर्न लागिएको हो । यस कार्यालयको स्थापनाले जाजरकोटको गौरव थप बढाउने अनुमान गरिएको छ । यस कार्यको लागि  उर्जा जलश्राेत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतलाई अहिले जाजरकोटिले खुलेर प्रशंसा गरेका छन।