११ श्रावण २०८१, शनिबार

कुशे गाउपालिका जाजरकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जाजरकोट । कर्णाली प्रदेश जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयकाे छ ।

बिहिवार गाउँ पालिकाे काे कार्यलय थर्पु भार्माकाे प्राङ्गणमा  सुन्दर शान्त र समृद्ध गाउँ कुशे गाउपालिकाकाे सान , बिकासका पुर्वाधार निर्माण गर्ने हाम्राे अभियान ! भन्ने मुल नारा सहित आर्थिक वर्ष २०७९/ ०८० काे बार्षिक कार्यक्रमहरुकाे उपलब्धि र सिमा समस्याका बिषयमा सुनुवाइ गरियकाे गाउँ पालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताय ।

अध्यक्ष बस्नेतले भने कुशे गाउँ पालिकालाई शिक्षा ,स्वास्थ र बिकासका पुर्वाधारका क्षेत्रमा बजेटलाई प्राथमिकतामा राखि काम गरियकाे र प्रदेस र संघीय सरकारबाट आउने बजेटलाई पनि बिशेष गरि यहि शिर्षकमा प्राथमिकता दियकाे र आगामी आव २०८०/०८१का लागि सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट ब्यवस्थापन गर्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा गाउपालिका अन्तर्गतका सबै कर्मचारी वडा अध्यक्ष ,  सदस्यहरू , र सराेकारवाला निकाय सबैकाे सहभागी रहेकाे थियाे ।