११ श्रावण २०८१, शनिबार

बेपत्ता याेद्धा पुर्ण पाैडेलकाे नाममा प्रतिष्ठान घाेषणा

कास्की ,पाेखरा । जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता पारीएका योद्धा तथा तत्कालीन अखिल (क्रान्तिकारी) का नेता पूर्ण पौडेलको स्मरणमा `पुर्ण पौडेल प्रतिष्ठान” घोषणा गरिएको छ।

बुधबार पोखरामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव  विप्लव जन्ता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र का महासचिव देवीप्रसाद गुरुङ ,नेकपा बहुमतका केन्द्रीय सदस्य गाेकुल पराजुली ,सहिद सन्तति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष प्रकाश बास्तोल , नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री यज्ञ बहादुर थापा ,  माओवादी (क्रान्तिकारी ) का केन्द्रिय सदस्य नारायण अधिकारी लगायतकाे सहभागीतामा कार्यक्रम भयकाे थियाे ।

कार्यक्रमका वक्ता नेकपाका महासचिव विप्लवले परिवर्तन, आन्दोलन, विज्ञान, खोज, क्रान्तिको मुल्य हुन्छ र यो मुल्य चुकाउदाको पिडा हामीमा सबैभन्दा बढी छ भन्दै लडाई नसकिएको बताए।  सहिद तथा बेपत्ताहरु कुनै पार्टीको लागी भएका थिएनन् उनीहरु त जनताका लागी सहिद बनेका थिए , बेपत्ता भएका थिए भन्दै जबसम्म सहिद -बेपत्तका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहने आफुहरु उनीहरुको सपना पुरा गर्न निरन्तर क्रान्तिको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाए।

त्यस्तै अर्का वक्ता पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले “शान्तिप्रकृया अनुसार सत्यनिरूपण तथा छानविन आयोगले आफ्नो काम पुरा गर्न सकिरहेको छैन। विभिन्न बहाना बनाएर आजसम्म टुंगो लगाएको छैन भन्दै सत्यनिरूपण आयोग मार्फत यी काम पुरा गर्न जरुरी रहेको बताए।

कार्यक्रममा माओवादी केन्द्रका महासचिव एवमं पूर्व मन्त्री  देव गुरुङले “सबै प्रकारका त्याग बलिदानले नै क्रान्ति भएको बताय । बेपत्ता योद्धा पौडेलका दाजु केदार पौडेललाई प्रतिष्ठानकाे अध्यक्ष र जीवनसङिनी आस्थालाई सचिव घोषणा गर्दै कार्यक्रम समापन गरिएको थियो।