११ श्रावण २०८१, शनिबार

खेम थपलियाकाे नाट्यकृति कमरेड फिप्टि पर्सेन्ट सार्वजनिक

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयाेजक खेम थपलियाद्वारा लिखित नाट्यकृति कमरेड फिप्टि पर्सेन्ट सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न भयकाे छ ।

बुधबार काठमाडौंको अनामनगर स्थित संबाद डबलीमा संचालन भयकाे उक्त कार्यक्रमकाे अध्यक्षता लेखक खेम थपलियाले र संचालन अम्बिका चन्द ओलि ले गर कि थिईन भने स्वागत मन्तब्य महासंघका सदस्य राेजनले गरेका थिय ।

अतिथि  नेकपा बहुमतका संयाेजक धर्मेन्द्र बास्तोला कन्चन, कार्यलय सदस्य उदय बहादुर चलाउने (दिपक ),लाल बहादुर बि सि (शार्दुल) ,सचिवालय सदस्य समरजंग ,अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष  प्रा.डा.जगदीशचन्द्र  भण्डारी,नेकपा बहुमतका प्रकाशन तथा प्रचार  बिभाग प्रमुख  अशाेक सुवेदी ,नाट्यकार तथा लेखक  विजय बिष्फाेट ,वामबिष्लेषक  नरेन्द्र जंग पिटर , बिष्लेषक तथा समाजिक अभियान्ता बद्री चाैलागाई , रक्तिम साँस्कृतिक परिवार संयाेजक नारायण शर्मा लगायत बिभिन्न कवि ,लेखक र कलाकार हरुकाे सहभागीतामा कृति सार्वजनिकरण तथा परिचर्चा कार्यक्रम सम्पन भयकाे थियाे । लेखक थपलियाका बिभिन्न शिर्षकका दुई दर्जन भन्दा बढि कृृतिहरु प्रकाशन भयका छन ।

कार्यक्रममा मन्तब्य राख्दै सबै बक्ताले थपलियाकाे कमरेड फिप्टि पर्सेन्ट नाट्य कृति समाजवादी यथार्थमा आधारित समकालीन परिवेशलाई जाेडेर माओवादी आन्दोलनमा आयकाे पछिल्लो बिचलनका विविध सन्दर्भलाई उजागर गरेकाे र माक्र्सवादी बिश्वदृष्टिकाेण अनुसार समसमायिक बिषयमा नाट्य कलाले भरियकाे कुरा ब्यक्त गरे । लेखक थपलियाले : कमरेड फिप्टि प्रर्सेन्ट , उज्यालो भयकाे छैन र  बद्री अखडामा शिर्षकमा ३ वटा नाट्यक्रमलाई जाेडेर कृति निर्माण गरेका छन ।