२३ भाद्र २०८१, आईतवार

जाजरकोट खलंगा बजार अनुगमन, ३० हजार बराबरकाे म्याद सकियका अखाद्य बस्तु नष्ट

जाजरकोट ।जिल्लाको सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा संयूक्त बजार अनुगमन गरिएको हो ।
मंगलबार सदरमुकामका थाप्ले, नयाँ बस्ती, ठाँटी र न्यूरोड बजारमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख महेन्द्र भडेलले जानकारी दिए ।

पसलहरु बाट म्याद गुज्रेका खाद्यान्नहरु बरामद गरी नष्ट गरिएको छ । झण्डै ३० हजार बराबरको खाद्यान्न बरामद गरी नष्ट गरिएको प्रमुख भडेलले बताए । ‘पहिलेका भन्दा अहिले बजार सुधार हुदै गएको छ, उनले भने, ‘तर अहिले नवीकरण गर्नेको संख्या कम छ ।’ उद्योग वाणिज्य संघले पनि ताकेता गर्नुपर्नेमा जोड गरे ।